ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: किरात धर्मवालम्बीहरुका लागि> सत्यहाङ्मा कोलोनी.

किरात धर्मवालम्बीहरुका लागि> सत्यहाङ्मा कोलोनी.

Image title

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक तथा विभिन्न दृष्टिकोणले बहु आयमिक देश भएता पनि यहाँका हरेक जनताहरु बिचमा अक्षुण एकता, भाईचारा तथा सामंज्यस्यता रहेकाले विश्वकै अनुपम एबम उदारणीय देश हो भन्दा सायत अत्युक्ती नहोला । त्यस्तै नेपाली जनता माझ विभिन्न प्रकारका धर्महरु मान्ने प्रचलन रही आएको सबैमा सर्बबिधितैछ । त्यस्तै विभिन्न धर्महरु मध्ये किरात धर्म पनि विश्वकै प्राचिन धर्म हो । नेपालको राष्ट्रिय बिभुति तथा किरात धर्मका भगवान श्री महागुरु फाल्गुनन्द लिङ्देन द्धारा पुनरउत्थान गरिएको यो धर्मको उद्गमस्थल नेपालको पूर्वीभाग इलाम जिल्ला बाझो गा.बि.स. वडा नं-९  लारुम्बा हो । यो धर्म नेपालको कुना काप्चा हुँदै विश्वभरी फैलिएर तिब्र गतिमा अघि बढी रहेको छ । प्रकृति पूजालाई आधार बनाउने यो धर्म ब्याप्त चर तथा अचर अर्थात सजिब तथा निर्जीव बस्तुको असाध्यै ख्याल गरि संरक्षण र सम्बर्धन गर्नु पर्दछ भन्ने कुरालाई मनै देखि आत्मासाथ गर्दछ । Image title

हाल यो धर्मको संरक्षण बर्तमान धर्मगुरु श्री सेईङ अङ्सीमाङ आत्मनन्द लिङ्देन तथा सेइङ अङ्सीमाङ पबित्र हाङमा साँवा लिङदेनद्धारा संरक्षण, प्रचार, प्रसार एबम् बिकास हुँदै छ । बर्तमान धर्म गुरु ज्युको प्रत्यक्ष प्रशिक्षण निगरानी एबम् विचारमा लाखौ लाख चेलाभुलाहरुले नेपाली समाजलाई अनुशासित, मर्यादित, गतिशिल एबम् बिकशित बनाउनको लागि रातदिन लागि पर्नु भएको छ । किरात धर्मका अनुयायीहरु सायित्विक आहार तथा सायित्विक बिहारलाई आत्मसात गर्दछन । सद्गुणले मात्र हामी सबैको कल्याण गर्दछ भनेर मान्यता राख्ने यो किरात धर्म मान्ने समुदाय असाध्यै अनुशासित मानिन्छ । बिश्व शान्ति तथा मानब एकतालाई जोड दिदै आउनुभएको बर्तमान धर्मगुरुद्धारा निर्देशित विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरु देश बिकासको लागि कोसे ढुङ्गा साबित भैसकेको कुरा सबैको अगाडि छर्लङ्ग भएको छ ।

Image title

के हो सत्यहाङ्मा कोलोनी ? 

१.बिश्वब्यापी प्रचलित एकिकृत बस्तीको अबधारणालाई नेपाल सरकारले पनि अवलम्बन गरे बमोजिम बन्न गईरहेको किरात धर्मवालम्बिहरुको भब्य एबम सभ्य बिकशित मानब बस्ती ।

२) पृथ्बी सबैको साझा घर हो भन्ने मान्यतालाई आत्मसात गर्दै सन्तुलित समाजको बिकास ।

३) एकिकृत, गतिशील, अनुशासित तथा धार्मिक समाजको बिकास गर्दै देश विकासको लागि एक जमर्को ।

४) अत्याधुनिक प्रविधिले सु-सज्जित एक नमुना बस्ती ।

यसका आकर्षणहरु  Image title

१) किरात धर्मको मूल्य र मान्यता अनुसार एक सभ्य समाज ।

२) एकै आकार, प्रकारका  सम्पूर्ण भवनहरु जुन वास्तुशास्त्र अनुसार बनि भूकम्प प्रतिरोधी बन्नेछन ।

३) नेपाल सरकारको भवन निर्माण सम्बन्धि बनेको पछिल्लो निर्देशिका अनुसार सबै बाटोहरु कमसेकम २० फिट चौडाका हुनेछन । त्यस्तै समय समयमा हुने भूकम्प जस्ता प्राकृतिक प्रकोप आउदा चाहिने प्रशस्त खुला चौरी ।

४) इको सिस्टमको ख्याल गरि सजीव तथा निर्जीव बस्तुहरुको उचित ब्यबस्था ।

५) मिनी क्लिनिक रही आकस्मिक स्वास्थ्य उपचारको ब्यबस्था ।

६) स्वास्थ्य रहनाको लागी जिम तथा फिटनेस हल, महिला र पुरुषको छुट्टा छुट्टै स्विमिङ पुलको ब्यबस्ता ।

७) बिभिन्न समयमा कार्यक्रम तथा मनोरन्जनको लागि सामुदायिक भवन ।

८) भोलिका देशका कर्णधार वाल-वालिकाहरुको लागि स्कुल एवम् खेल मैदान ।

९) किरात धर्मगुरु सेईङ अङ्सीमाङ श्री आत्मनन्द लिङ्देनज्यु को आवागमनको लागि अत्यावश्यक एवम् अत्याधुनिक आश्रमको उचित व्यवस्था ।

१०) अनुशासित, गतिशील र विकसित समाजको लागि माङहिमको निर्माण गरि उचित व्यवस्थापन ।

११) आफ्नै मिनिरल वाटर र बिजुली उत्पादनको उचित व्यवस्था ।

१२) जीवनको उत्तरार्धमा चाहिने बृद्धा आश्रमको व्यवस्था ।

Image title

सत्यहाङ्मा कोलोनीमा घडेरी खरिद गर्नको लागि सामान्य जानकारी तथा आचार संहिता :-

१) सत्यहाङ्मा कोलोनी भित्र प्रत्येक घडेरी दश-दश धुरका हुनेछन र सोहि घडेरीमा प्रत्येक एउटा घर बनाउनु पर्नेछ ।

२) सकेसम्म व्यापारिक दृस्टीकोणले घडेरी खरिद गर्न चाहने ग्राहकहरुलाई निर-उत्साहित गरिनेछ । अर्थात घडेरी सकेसम्म सुन्दर आवासको लागि मात्र बिक्रि गरिनेछ ।

३) किरात धर्मावलम्बिहरुलाई मात्र घडेरी बिक्रि गरिनेछ ।

४) सत्यहाङ्मा कोलोनीको योजनालाई सम्पन्न गर्न योगदान गर्नुहुने महानुभावहरुलाई उचित सम्मानका साथ् शिलालेख तथा स्मारिकामा समेटिनेछ ।

५) सत्यहाङ्मा कोलोनीको संचालनको लागि एक स्थायी संचालक समितिको गठन गरिने छ । र सोहि समितिको मातहतमा रही कोलोनिलाई अनुशासित एवम् सव्य-भब्य रुपमा संचालन गरिनेछ ।

६) सत्यहाङ्मा कोलोनीमा क र ख अर्थात २ बर्गका घडेरी उपलब्ध हुनेछन । “क” वर्ग भन्नाले प्रति धुर १,५०,०००/- (एक लाख पचास हजार) । अर्थात १० धुरको जम्मा १५,००,०००/- (पन्ध्र लाख) लाग्नेछ ।

७) “ख” वर्ग भन्नाले प्रति धुर १,२०,०००/- (एक लाख बिस हजार) । अर्थात प्रति घडेरी जम्मा १२,००,०००/- (बाह्र लाख) कायम गरिएको छ । जुन मूल्य कुनै बेला पनि परिवर्तन हुन सक्नेछ ।

८) नगदमा घडेरी किन्ने महानुभावहरुले भाग्य चिठ्ठा कार्यक्रममा भाग लिन पाउनुहुनेछ । भाग्य चिठ्ठा को पुरस्कार राशी निम्न अनुसारको छ ।

Image title

क) प्रथम पुरस्कार – नगद रु ५,००,०००/-

ख) दोश्रो पुरस्कार – नगद रु ३,००,०००/-

ग) तेश्रो पुरस्कार  – नगद रु १,००,०००/-

घ) सान्तवना पुरस्कार  २२ जनालाई जनही रु ५०,०००/- प्राप्त गर्नेछन । तर किस्ताबन्दीमा किन्ने ग्राहक बर्गलाई यो उपहार चिठ्ठा कार्यक्रममा समावेस गरिनेछैन ।

९) किस्ताबन्दी घडेरी किन्न चाहनुहुने महानुभावहरुलाई पनि ब्यबस्था गरिएको छ ।
किस्ताबन्दीमा घडेरी खरिद गर्नलाई  पहिला आफ्नो जानकारी गराई चाहिए जतिको घडेरी निशुल्क बुकिङ गर्नुपर्दछ । निशुल्क बुकिङगरेको १० दिन भित्र वा सोहि दिन रु १,००,०००/- (एक लाख) जम्मा गर्नुपर्नेछ । त्यस पछी निम्नानुसार ३ किस्तामा ३०% मिति २०७२ साल फाल्गुण १५ गते । दोश्रो किस्ता ३०% मिति २०७३ कार्तिक १५ गते ।

Image title(नोट :-२ किस्तामा घडेरीको रकम चुक्ता गर्नेहरुलाई पनि उपहार चिठ्ठा कार्यक्रममा सरिक गराइनेछ । पुरस्कार राशी सहित सत्यहाङ्मा कोलोनीको लोगो अंकित १/१ तोला चादीको मेडल प्रदान पुज्यनीय किरात धर्मगुरुको बाहुलीबाट प्रदान गरिनेछ ।

१०) बिशेस अनुरोध आएमा फाइनान्सको ब्यबस्था गरिनेछ । “धन्यवाद” !

अन्य बिस्तृत जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्नु सक्नुहुनेछ ।

फाल्गुनन्द ट्राभल्स एण्ड टुर्स प्रा.लि.

दमक-११, झापा, नेपाल फोन नं ०२३-५८५७१६/ ०२३-५८५०७४

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*