ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: पर्यटकको ध्यान खिचिरहेको छ “चपेटीले” ।

पर्यटकको ध्यान खिचिरहेको छ “चपेटीले” ।

२७ पुष, झापा:- विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, पर्यटकिय गन्तब्य “चपेटी” ।

झापाको दमकबाट उत्तर तर्फ पर्ने इलाम जिल्लाको चुलाचुली-९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भएपछि झापा र मोरङ्को आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीको यात्रा तय पश्चात यो ठाउमा पुगिन्छ । चिसापानी-रवि सडक अन्तर्गत बाटो नजिकै रतुवा खोला आसपासको क्षेत्रमा पर्ने ति ठाउँमा रहेको प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु जान थालेका हुन् ।

बेलडाँगी हुँदै सो क्षेत्रमा जादाँ भुटानी शरणार्थी शिविर र नजिकै रहेको किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम अर्थात मन्दीरहरु र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिचिरहेको छ ।

चुलाचुलीका स्थानीयबासी राजेन्द्र केरुङ्ले दिन प्रतिदिन हिउँद लागेसंगै त्यहाँ डेटिङ जाने युवायुवतीका साथै, शैक्षिक भ्रमण र वनभोजका लागि जाने मानिसहरु बढिरहेका बताए । उनले पर्यटकहरुको त्यस ठाउँमा बढ्दो आकर्षणले आफुहरुलाई समेत उत्साहित बनाएको बताउँदै त्यस क्षेत्रमा सुविधा युक्त रिसोर्ट तथा रेष्टुरेन्ट व्यवसायको सम्भावना समेत बढेको बताए । दमक, गौरादह, उर्लाबारी, शरणामती, तोपगाछी लगायतका ठाउँबाट त्यस क्षेत्रमा शैक्षिक भ्रमण र वनभोजका लागि दिनहुँ दुई – चार समुह बस, ट्याक्सी, कार मोटरसाइकल जस्ता निजी सवारी साधन लिएर पुग्ने गरेका छन् ।

दमकबाट छोटो दुरीमा रहेको र त्यहा नजिकैसम्म दमक रवि सडकको आशिंक खण्ड कालोपत्रे समेत भएका कारण सुविधा पुगेको हो । सो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिए दमकदेखी चुलाचुली सम्मको व्यवसायिक विकास हुने सम्भावना प्रवल रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाइँ बताउछन् । त्यहाँको प्राकृतिक सौन्दर्यता पहिलेदेखी भएपनि सडकको ठाउँ ठाउँमा आवश्यक खोला खोल्सीमा पुल तथा कल्भर्ट निर्माण गर्दै खाली क्षेत्र संरक्षण गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने र यस क्षेत्रकै विकासले फड्को मार्ने दमक उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका दमक १ का घनेन्द्र सुब्बा बताउँछन् ।

यहाँ केही पूर्वाधार बनाउन सके दमकमा बढ्दो शहरीकरणमा थप टेवा पुग्ने र आरामदायी तथा शान्त र स्वच्छ वातावरण खोज्न अन्यत्र जानु नपर्ने दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रोशन गौतम बताउँछन् । Copied गोपाल झापाली (कारोवार दैनिक)

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*