ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.1 ताप्लेजुङ जिल्ला (Taplejung District) :: पवित्र आस्था र विश्वाश कि साक्षत प्रतीमुर्ती “पाथिभरा देबी”

पवित्र आस्था र विश्वाश कि साक्षत प्रतीमुर्ती “पाथिभरा देबी”

timthumb82a4पुर्बी नेपालको ताप्लेजुङ् जिल्लामा अबस्थित नेपालीहरुको पवित्र आस्थाको केन्द्रबिन्दु “पाथिभरा देबी” को दर्शनका लागि नेपाल, भारत र भुटान सम्मका तिर्थयात्रीहरु आफ्नो मन भित्रको भारी इच्छा, चिन्ता र तपस्यालाई पुरा गर्न लगभग वार्षिक एकलाख भन्दा बडी तिर्थ यात्री आउने गरेकाछन । यस् देवस्थलको नाम पाथिभरा रहनुमा डाँडाको आकार ‘भरिएको पाथी झै’ देखिने र शिरमै/डाँडामै “भगवतिको देवस्थल” (देबीको थान) रहेको कारण र सबै तिर्थ यात्री वा भक्तजनहरुको मनोकान्क्षालाई पुरा गरी बिशेषता बोकेकै कारण पाथिभरा नाम रहन गएको जनश्रुती पाईन्छ । जसरी भरिएको पाथी विश्वाश र सत्यको लागि पूर्ण हुन्छ, त्यस्तै स्वच्छ, पवित्र, सत्य र पूर्ण रहेकी छिन् पथिभरा ।

समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाईमा अबस्थित पाथिभरा देबिको मन्दिर क्षेत्रमा हमेशा ० डिक्री सेन्ट्रिग्रेट तापक्रम रहने गरेको छ । बिभिन्न जातका लालिगुरास र बिभिन्न जातका काणधारी रुखहरुको घना जंगल भित्र अबस्थित आस्थाकी पवित्र देबिको उत्पती कसरी भयो र पूजाआज कसरी गर्न थालियो भन्ने बारे एक रमाइलो किम्बदन्ती रहेको पाईन्छ । परापुर्बकालमा पाथिभरा देबिको मन्दिर रहेको क्षेत्रमा तल्लो भेगका बासिन्दाले भेडिगोठ लगेर राख्ने गर्दथे रे ! आफ्नो भेडिगोठ एक चोकबाट अर्को चोकमा लाने क्रममा हाल देवस्थल रहेकै ठाउमा भेडाहरु चराउदै लादा बास बस्ने समय (बेलुकी पख) भएछ । साझ परे पछी गोठालो भेडा थन्काउन गोठ बनाइ बास बसेछ । दिनभरिको थकाईले गोठालो सुतेछ र रातिको समयमा बिउँझीन पुगी उठेर भेडाको बथान तिर गएछ, त्यँहा जाँदा बथानका भेडाहरु थिएनन । सबै भेडा एक्कासी हराएकोले गोठालो अत्यन्तै चिन्तित हुन स्वाभाबिक नै थियो । आज यो के अनर्थ भएको होला भन्दै जङलमा चारै तिर खोज्यो । मध्य रात भएको थियो सम्भब भएसम्म यताउता खोज्यो तर कतै नदेखे पछी मलाई यो के को बिपत पर्यो हे भगवान ! भन्दै फेरी गोठालो आफु बस्ने खाली भेडिगोठमा फर्केर अाई मनमा धेरै पिर लिदै भगवानको नाम सम्झदै सुत्यो । सुती सकेपछी दिनभरिको थकानले निदाउन पुगी सपना देखेछ र सुतेको गोठालालाई सपनामा सुन्दर कन्याको रुपमा देबी उत्पती भै आफ्नो परिचय बताउन थालिन् । “म यस् ठाउँ कि देबी हुँ” तिमीलाई आझ धेरै पिर परेको छ, तर तिमीले पिर मान्नु पर्दैन, तिमीले तिम्रा सबै भेडाहरु मध्ये सबै भन्दा ठुलो थुवा भेडा मलाई भोग दीइ मलाई सत्य सम्झेर पूजा गरिदिने भाकल गरेमा तिम्रा सबै भेडाहरु फर्काइ दिनेछु भनी बचन दीइन र ति कन्या त्यहाबाट अलप भईन । उज्यालो हुन एक पहर मात्र बाँकी रहेको रहेछ । त्यतिकैमा उक्त गोठालो झल्यास्स बिउँझीन पुगेछ । उठेर हातमुख धोयो । आफ्नो सारा भेडा हरएकोमा चिन्तित गोठालोले सपनामा देबी आएर भनेको कुरालाई सम्झियो । एक चित्त भएर हातजोडी हजुरले भने झै म पूजा गर्नेछु भनी देबिलाई विश्वाश दिलाउदै भाकल गर्यो । त्यतिकैमा बिहान् उज्यालो भयो, यसो चोकमा हेर्दा त सबै भेडाहरु उग्राउदै बसिरहेका थिए । उसको खुशीको सिमा रहेन, मन मस्तिस्कले भ्याउन्जेल देबिको नाम पुकार्न थाल्यो, नभन्दै अचम्म गरी नजिकै चोकको पूर्व पट्टी प्राकृतिक थान थपना रहेको देख्यो । त्यसइ ठाउमा फुल पातिहरु जम्मा गरी भेडाको ठुलो थुवालाई भोग दियो र सोही समय देखी पाथिभरा देबीको पूजा आराधना शुरु भएको भन्ने भनाइ रहेको छ ।

यस्तो किम्बदन्ती बोकेको एतिहासिक पाथिभरा देबिको दर्शन गर्न आउने जो कोहिको भाकल पुरा गरी दिएको वास्तविकताहरु धेरैले अभिब्यक्ती गर्ने गरेको पाईन्छ । जन्मै देखी बोली नआउने धेरै ब्यक्तीहरुको घर बाटै भाकल गरी पछी मन्दिरमा अाइ माताको दर्शन गरेपछी बोली आएको, सर्प झै घस्रिएर हिंड्ने ब्यक्ती भाकल पस्चात ढाकरमा ल्याइ देबिको दर्शन गराएपछी मन्दिर देखी नै हिंडेर आफ्नो घर गएको, साथै धेरै बर्षसम्म बालबच्चा नभएकाको देबिको दर्शन गरे पछी सन्तान प्राप्त भएको, प्रेममा बिछोड भएकाको देबिको दर्शन पस्चात पुनर्मिलन भएको, यती मात्र नभइ गरीबले माताको दर्शन गरे सम्पन्न हुँदै गएको, बिध्यार्थिले दर्शन गर्दा सत्मार्गमा लागि राम्रो प्रगती गरेका आदी प्रमाणका आधारमा ताप्लेजुङ् मात्र होइन नेपाल र भारतका बिभिन्न ठाउमा आस्था र विश्वाशकी देबी पथिभरा चर्चित बनेकी छिन् ।

यहाँ आउने आन्तरिक तथा बाह्य तिर्थ यात्रीले विश्वको तेस्रो हिमाल कन्चनजङ्हा र अर्को प्रख्यात हिमाल कुम्भकर्ण लगायत ७००० मिटर भन्दा माथिका २० वटा भन्दा बढी चुचुरोसँग आमुन्ने सामुन्ने रहेर साक्षात्कार गर्ने मौका पाउनेछन । त्यो भन्दा पनि पाथिभरालाई एउटा अदभुत शक्तिको रुपमा यसरी हेर्ने गरिन्छ कि देबिले जसले जे माग्यो त्यही दिन्छिन, तर सबैलाई दर्शन दिन्नन । हुनपkhadga sir ppनि पाथिभरामा राजस्वलो भएकी महिला, गर्ववती महिला र घरमा सुतक परेका, जुठो लागेका मानिस, जनस्रुती अनुसार उल्लेखित कारण परेका मानिसहरुले देबिको दर्शन गर्न नहुने र नजाने गरेको पाइएकोछ । पाथिभराको अर्को बिशेषता भनेको जातभातको बिभेद, छुवाछुतलाई सामाजिक अपराध झै मान्नु हो । वास्तबमा भन्ने हो भने देशका बिभिन्न मन्दिरमा कथित उपल्लो जात भन्नेले तल्लो जात मानेर मन्दिर प्रबेशमा रोक लगाएका उदाहरण बेलाबखत देखिने र सुनिने गरेको बेला पाथिभरा माताको मन्दिरमा जातभातको सामाजिक बिभेदबाट टाडै रहेको एउटा स्वच्छ उदाहरण बन्न सक्छ ।

यातायात:

काठमाण्डौबाटको सुरु यात्रा पुर्वान्चल क्षेत्र इटहरी, झापाको दमक, हुँदै बिर्तामोडबाट उत्तरिमार्ग ईलाम-पाँचथरको फिदिम हुँदै ताप्लेजुङ् जिल्लाको फुन्लिङ बजारसम्मको पक्की सडक, फुन्लिङ्बाट सुकेटारसम्मको पनि पक्की सडक र सुकेटारबाट सेवारो चोक, देउराली, तल्लो फेदीसम्मको कच्ची सडक र तल्लो फेदिबाट को पैदल यात्रा पाथिभरा माताको धाम सम्म । यस्तै काठमाण्डौ बिमानस्थलबाट-बिराटनगर-भद्रपुर-ताप्लेजुङ्को सुकेटारसम्म हावाइमार्गबाट आउन सकिन्छ र बाँकी माताको पवित्र धामसम्म सवारी साधन र पैदाल सफार गरी आउन सकिन्छ ।

यात्रा समय:

पाथिभरा माताको पवित्र धामसम्म आउनका लागि झापाको बिर्तामोडबाट फिदिम हुँदै ताप्लेजुङ्को फुन्लिङ बजारसम्म (२३६ कि. मि.) १ दिनको यात्रा, ताप्लेजुङ्को फुङ्लिङबाट सुकेटारसम्म पक्की सडक भएकाले प्रसस्तै सवारी साधन पाइने, सवारी साधनमा ३० मिनेटको यात्रा, सुकेटारबाट सेवारो चोक हुँदै तल्लो फेदिसम्म कच्ची सडक लगभग १ घण्टाको सवारी साधनबाट यात्रा, तल्लो फेदिबाट माथिल्लो फेदी हुँदै माता पाथिभरा देबिको पवित्र धामसम्म ३ देखी ४ घण्टा पैदल यात्रा पस्चात देबिको दर्शन गर्न अाइपुगिन्छ । यो धाममा फाल्गुनबाट असोजसम्मको यात्रा कम जाडो र बाँकी महिना यहाँ ०डिक्रै सेन्ट्रिग्रेट को तापक्रम हुनाले धेरै चिसो हुनेछ । मंसिरबाट्को यात्रा बिशेष गरी बिदेसी पाहुनाले यात्रा गर्ने र मनोरन्जन लिने गरेको पाईन्छ ।

ध्यान दिनुपर्ने कुराहरु:

यो धाममा आउने तिर्थयात्रिहरुलाई बढीमात्रमा लेकलाग्ने, फाल्गुन-चैत्रमा ३६ प्रजातिका लालीगुरास फुल्ने र अन्य बिभिन्न प्रजातिका फुल फुल्ने हुँदा लेकलाग्न गै असाध्यै टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने जस्ता समस्या आउने हुनाले बिशेष गरी खानपानमा धयन दिनु पर्छ । निभिन्न ठाउमा अबस्थित सुचना केन्द्र, होटेलमा संपर्क भै घरायसी औषधी सेवन गर्नुपर्ने हुन्छ ।

पहिरन:

यहाँ कार्तिकबाट फाल्गुन महिनाको तापक्रम शुन्य डिक्री सेन्ट्रिग्रेटसम्म हुने हुनाले धाम यात्राको लागि न्यानो पहिरन लगाउन आवश्यक छ । चैतबाट असोज अनी कार्तिकसम्म मिनिमम शुन्य देखी २० डिक्रिसम्म तापक्रम रहने हुनाले बिशेष गरेर खानपानमा तातो, गरम र पहिरनमा न्यानो आभुसण उपरुक्त हुनेछ । यो धाममा तिर्थयात्रिले पवित्र भै सफा पहिरनमा यात्रा गरे मनोकान्छा पुरा हुनेछ ।

खाना र बस्नको ब्यबस्था:

हालको परीपेक्षमा यस् पवित्रधाम आउँदा ताप्लेजुङ् को सुकेटारमा अबस्थित सुबिधा युक्त होटेलमा: हिलटन रिसोर्ट HILTON RESORT (जो चाँही यो साइडको मुख्य पेजको दाँया साइडमा रहेको लोगो मा गै हेर्नुहोला) यहाँहरुको सेवामा सधैं तत्पर रहेको छ ।

यस क्षेत्रको महत्व:

पवित्रधाम माता पाथिभरा देबिको बर्णन गर्न यो सानो लेखले मात्र सिमित नरहेको जानकारी गराउन चाहन्छु । माताको सम्पूर्ण जानकारीका लागि लामु ईतिहास भएको हुनाले बजारमा बिभिन्न पुस्तक/ब्रोशर पनि पढ्न पाईन्छ । फाल्गुन-चैत्रमा ३६ प्रजातिका लालीगुरास फुल्ने र अन्य बिभिन्न प्रजातिका फुल फुल्ने, पाथिभरा देबिको दर्शन गर्न आउने जो कोहिको भाकल पुरा गरी दिएको वास्तविकताहरु धेरैले अभिब्यक्ती गर्ने गरेको पाईन्छ । जन्मै देखी बोली नआउने धेरै ब्यक्तीहरुको घर बाटै भाकल गरी पछी मन्दिरमा अाइ माताको दर्शन गरेपछी बोली आएको, सर्प झै घस्रिएर हिंड्ने ब्यक्ती भाकल पस्चात ढाकरमा ल्याइ देबिको दर्शन गराएपछी मन्दिर देखी नै हिंडेर आफ्नो घर गएको, साथै धेरै बर्षसम्म बालबच्चा नभएकाको देबिको दर्शन गरे पछी सन्तान प्राप्त भएको, प्रेममा बिछोड भएकाको देबिको दर्शन पस्चात पुनर्मिलन भएको, यती मात्र नभइ गरीबले माताको दर्शन गरे सम्पन्न हुँदै गएको, बिध्यार्थिले दर्शन गर्दा सत्मार्गमा लागि राम्रो प्रगती गरेको आदी पाईन्छ ।

श्री पाथिभरा देबि धामका तस्बिर साथै अन्य आकर्सणहरु

1466259_969924736354186_3935988220661325238_n

श्री पाथिभरा देबि धामको प्रवेस गर्दाको मूल प्रवेसद्वार

1797537_969924829687510_4245852565857151296_n

श्री पाथिभरा देबि धामको प्रवेस गर्दाको भित्री प्रवेसद्वार

67313_969931206353539_2602254849919552363_n

पवित्र आस्था र विश्वाश कि साक्षत प्रतीमुर्ती श्री “पाथिभरा देबी”

10359917_969931339686859_3044393828077722006_n

श्री पाथिभरा देबि धामको होमादी स्थल

10675563_969924833020843_3559593159733681794_n

श्री पाथिभरा देबि धाम: किराती धर्मावलम्वीहरुले पूजा गर्ने स्थल

7608_969930783020248_4982411402947305659_n

श्री पाथिभरा देबि धाम जांदा बाटोमा टांगिएको वा देवीलाई अर्पण गरिएको धागोको बेरा साथै उकालो अनि रमणिय बाटो

1450257_969930479686945_1986814662494418362_n

श्री पाथिभरा देबि धाम जांदा उकालो बाटो अनि थकाई मेटाउन बनाईएको बिर्सउनी चौतारो

1376363_969929833020343_5430492396147752410_n

श्री पाथिभरा देबि धाम जांदा बाटैमा पर्ने कान्छी देबीथान: देबिको मन्दिर

March 1, 2015

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*