ताजा जानकारी

हिलिहाङ्ग दरबार पाचँथर

हिलिहाङ दरबार
हिलिहाङ्ग दरबार पाचँथरको पञ्चमी र नाँगी गाउँ विकास समितिको सिमानामा अबस्थित छ । गोर्खाली सेनाहरुसँग हिलिहाङ राजाले विरता पूर्वक लडाई लडि सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । आज भन्दा करिब ६ सय बर्ष अगाडि निर्मित उक्त दरबारको अहिले भग्नावशेष मात्र बाँकी रहेको छ । त्यस समयमा हिलिहाङले आफ्ना दुश्मनसँग लडाँई गर्न प्रयोग गरेका खुँडा, खुकुरी र तोप अहिलेसम्म यो दरबारमा सुरक्षित राखिएको छ । समुन्द्रि सतहबाट करिब एक हजार तिनसय मिटर अग्लो स्थानमा रहेको हिलिहाङ दरबारबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल र मानाभारा हुँदै पाथिभरा देबीको मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेर्हथुम जिल्लाका थुप्रै स्थानको दृष्यालोकन गर्न सकिन्छ । मेचि राजमार्गको फिदिम, ताप्लेजुङ सडक अन्तर्गतको नागीको हिलिहाङ चोकमा उत्रेपछि करिब आधा घण्टा पैदल यात्रा गर्दा हिलिहाङ दरबार आईपुगिन्छ । करिब ६ सय बर्ष अगाडि दरबार निमार्ण गर्न तिब्बतबाट ल्याईएका इटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यो स्थल पर्यटकीय सँगै पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण छ । अझै पुरा हुन बाँकी…………

खान र बस्नको ब्यबस्थाः
हालको परिपेक्षमा यस् पवित्रधाम परिसर् नजिकै, पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिममा अबस्थित सुबिधा युक्त होटलहरुमा जस्तैस् होटल सरगम (Hotel Sargam) अनी होटल अजि:मा (Hotel Aji:Ma) (जुन चाँही पेजको दाँया साईडमा रहेको लोगोमा क्लिक गर्नुहोला) यि सुबिधा सम्पन्न होटलहरु सधैं यहाँहरुको सेवामा तत्पर रहेका छन ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*