ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.3 ईलाम जिल्ला(Ilam District) :: सुर्योदय द्रिस्यवलोकनको लागि “श्रीअन्तु” इलाम

सुर्योदय द्रिस्यवलोकनको लागि “श्रीअन्तु” इलाम

1024px-ईलामको_श्रीअन्तुबाट_देखिएको_सुर्योदयइलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । त्यस्तै हामी तपाइँ सामु ईलामको गहनाको रुपमा रहेको श्री अन्तुको बारेमा पस्किन खोजिरहेका छौ । अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्य हो । श्री अन्तु नामले यसलाई चिनिए पनि यो डाँडो समालबुङ्ग गाविस अन्तर्गत पर्दछ । यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ। अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ । बिसं २०४३मा यसलाई ‘दिपेन्द्र शिखर’ भनी नामाकरण गरिएको भए पनि पुरानै नाम श्री अन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*