ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल :: 4.2 भेरी अञ्चल (Bheri Zone) :: 4.2.3 सुर्खेत जिल्ला (Surkhet District) :: सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

Sukhet_Online_968424846सुर्खेत: सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा लघु उद्यम र कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव पुस २३ देखि माघ ३ गतेसम्म वीरेन्द्रनगरमा हुनेछ । महोत्सवका लागि तयारी अन्तिम चरणमा पुगेको पर्यटन विकास मञ्च सुर्खेतले जानकारी दिएको छ । हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको मञ्चले यसपटक राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सवको तयारी भइरहेको जनाएको छ। यस्तै कृषि क्षेत्रलाई विशेष रूपमा समावेश गर्ने तयारी आयोजकले गरिरहेका छन्। महोत्सवमा मुख्य आकर्षणमा मध्यपश्चिम क्षेत्रका कृषि उत्पादन रहने मञ्चका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए। उनले महोत्सवमा राष्ट्रिय स्तरका कलाकार पनि आकर्षणका रूपमा रहने बताए। महोत्सवमा तीन सय स्टल राखिनेछ। जिल्लाका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, थारू फुड फेस्टिवल, कृषिमेला प्रदर्शनी, निःशुल्क माटो परीक्षण, सांस्कृतिक सम्मेलन र लघुउद्यम उत्पादन प्रदर्शनी पनि महोत्सवका आकर्षण हुनेछन्।

महोत्सवमा झाँकी, विभिन्न जातजातिका नाचसमेत रहने महोत्सव आयोजक मुल समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए।महोत्सवमा करिब १० करोडको आर्थिक कारोबार हुने अनुमान गरेको शर्माले बताए । उनले महोत्सव अवधिभर जिल्ला कृषि विकास कार्यालयका योजना, कार्यक्रम र प्रवाह हुने सेवाबारे सर्वसाधारणलाई जानकारी दिइने बताए। महोत्सवबाट भएको आम्दानीले जिल्लाको समग्र पर्यटन विकाससम्बन्धी गुरुयोजना निर्माण गरिने संयोजक अधिकारीको भनाइ छ । भारतको नाकाबन्दीका कारण देशको अर्थतन्त्र धराशयी भइरहेको अवस्थामा महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्न र आर्थिक विकासका लागि सहयोग पुग्ने आयोजकको विश्वास छ। महोत्सवमा स्टल बुकिङ र टिकट बिक्रीबाट भएको आम्दानीले जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विकास र प्रचारप्रसार गर्ने शर्माले बताए।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*