ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District) :: सुम्हात्लुङ्ग देवस्थल मन्दिर फिदिम, पाँचथर

सुम्हात्लुङ्ग देवस्थल मन्दिर फिदिम, पाँचथर

 सुम्हात्लुङ्ग देवस्थल:
सुम्हात्लुङ्ग देवस्थल मन्दिर पाँचथर जिल्लाको फिदिम नगर पालिका अन्तर्गत फिदिम बजार कै धार्मिक स्थलोको रुपमा परिचित छ । बिशेष गरेर सुम्हात्लुङ्ग मन्दिर किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएता पनि बजारबासीहरु र बिभिन्न ठाउँबाट आउनुहुने आगन्तुकहरुको यो मन्दिरमा पुजा–आजा गर्न उल्येखनिय उपस्थिति हुने गरेको छ । आम्बेपज्यमा नामले परिचित यस मन्दिरमा बाह्रैमास भक्तजनहरुको दर्शन गर्न भीड लाग्ने गर्दछ । बिशेषतः यहाँ फाल्गुनन्द जयन्ति, चासोक तङनाम, मकर–संग्रान्ती जस्ता पर्वमा किरात मुन्धुम अन्तर्गत पुजा–पाठ र हवन हुने गरेको छ । ईसाको छैठौं शताव्दीताका यस क्षेत्रमा राज्य गरेका लिम्बु राजाहरुले सुम्हात्लुङ्ग मन्दिर रहेकै स्थानमा आफ्नो किल्ला जमाई यहि स्थानबाट बषैंसम्म बिपरित दुष्मनसँग लडाँई लडेका थिए भन्ने इैतिहाँस जनमानसमा रहेको छ । अहिले पनि लिम्बु समुदायका बासिन्दा आफूहरुले कुनै नँया काम थाल्नुपूर्व यनिहरु यसै सुम्हात्लुङ्ग मन्दिरमा गई कसम खाने गर्दछन र नँया कामको सुरुवात गर्दछन । सदरमुकाम फिदिमको नजिकै रहेको यो मन्दिरमा जान यातायातका सवारी साधन प्रयोग गरेर नै यस पबित्र स्थान पुग्न सकिन्छ । सुम्हात्लुङ ऐतिहासिक महत्वसँगै किरात धर्मावलम्बीहरुका लागि अति नै महत्वपूर्ण तिर्थस्थल हो । पुरा गर्न अझै बाकी………..

खान र बस्नको ब्यबस्थाः
हालको परिपेक्षमा यस् पवित्रधाम परिसर् नजिकै टाडाबाट आउनुहुने दर्शनआर्थीहरुको सहजताको लागि पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिममा अबस्थित सुबिधा युक्त होटलहरुमा जस्तैस् होटल सरगम (Hotel Sargam) अनी होटल अजि:मा (Hotel Aji:Ma) (जुन चाँही पेजको दाँया साईडमा रहेको लोगोमा क्लिक गर्नुहोला) यि सुबिधा सम्पन्न होटलहरु सधैं यहाँहरुको सेवामा तत्पर रहेका छन ।

श्री सुम्हात्लुङ्ग देवस्थल मन्दिर धाम, तथा  अन्य आकर्षण तस्बिरहरु:

  sumatlung 1

sumatlung 2

सुम्हात्लुङ्ग देवस्थल मन्दिरको डाँडा अनि टुप्पामा मन्दिर

sumatlung 3

सुम्हात्लुङ्ग देवस्थल मन्दिर

sumatlung 4

सुम्हात्लुङ्ग देवस्थल मन्दिर

fidim 1

पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिम

fidim

पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिम

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*