ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.5 सुनसरी जिल्ला (Sunsari District) :: सुनसरी जिल्लाको धरानमा: पिण्डेश्वरी धामः

सुनसरी जिल्लाको धरानमा: पिण्डेश्वरी धामः

सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने यस्तै अर्को प्रशिद्ध धाम हो पिण्डेश्वर धाम । यो मन्दिर परिसरमा पिण्डेश्वर भगवान, गणेश र अष्टभुजा लगायतका देवीदेवताका मन्दिरहरु रहेकाछन् । पिण्डेश्वरको उत्पति सम्बन्धमा रुद्राक्षारण्यमहात्म्यमा के चर्चा गरेको पाईन्छ भने समुन्द्र मन्थनबाट अमृतलाई छानेर धन्वन्तरीले यसै स्थानमा राखेका थिए । प्रचलित जन–विश्वास अनुसार यसै अमृतको पिण्डबाट पिण्डेश्वर महादेबको उत्पत्ति भएको हो । पिण्डेश्वर मन्दिर परिषरमा सरस्वती कुण्ड, गादिगणेश, बाघम्बर र चिताम्बरका मन्दिरहरु तथा अन्य थुप्रै देवीदेवताका मठ्मन्दिरहरु निर्मितछन् । ऐतिहासिक, धार्मीक र सांस्कृतिक दृष्टीकोणले पिण्ठेश्वर नेपालको पूर्वाञ्चल विकास क्षेत्रकै महत्वपूर्ण स्थलका रुपमा परिचित छ । ऐतिहासिक रुपमा पिण्डेश्वर विजयपुर राज्य तथा त्यसको राजधानीमा पर्दथ्यो । यो धाममा घुँईचोका साथ श्रावण महिना भरी नेपाल लगायत भारत मुलुकबाट ठूलो संख्यामा भक्तजनहरु आई पिण्डेश्वर बाबालाई जल चढाउँने गर्दछन् । यो धाममा मेला लाग्ने अन्य अवसरहरु भने बालाचतुर्दशी, शिवरात्री र तिज पर्व बिशेष हुन । यस धामको अखण्ड ज्योति निभेमा रामधुनिबाट आगो ल्याई सल्काउनु पर्ने र रामधुनीको आगो निभेमा पिण्डेश्रबाट नै लगी सल्काउने परम्परा रहेको छ । डाटा संकलनको क्रम पुरा हुन बाँकी…….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*