ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.1 सेती अञ्चल (Seti Zone) :: 5.1.1 बाजुरा जिल्ला (Bajura District) :: सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका ।

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका ।

badimalika bajura

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो।

badimalika bajura 01

समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ।

badimalika bajura 02

बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वासले बाजुरा वरपरका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।

badimalika bajura 2

यात्रा सुरु हुँदा देखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन्।

badimalika bajura 03

बाटामा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ । यो बडिमालिका धाममा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने गर्छन्।

badimalika bajura 3

बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपूर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्।

badimalika bajura 4

बाजुरा सदरमुकाम मार्तडिबाट दोस्रो दिनको पैदलयात्रामा दोस्रो रात बास बस्नका लागि त्रिवेणीधाम पुगिन्छ। तीनवटा नदीको संगम रहेको उक्त क्षेत्रमा धेरै मानिसहरुले आफ्ना स्वर्गीय बाबुआमाको श्राद्ध गर्ने गर्छन्।

badimalika bajura 5

त्रिवेणीधामबाट कहिले तेर्सो र कहिले कहालीलाग्दो उकालो करिब ६ घण्टा हिडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने बडिमालिकामा नेपाल र भारतका थुप्रै भक्तजन आउने गर्छन्।

badimalika bajura 6

धार्मिक र प्राकृतिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा पुग्न काठमाण्डूबाट झण्डै डेढ साता लाग्ने गर्छ।

badimalika bajura 7

प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो गर्छन् । जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारी स्तरबाट पूजा गर्ने गरिएको छ।

badimalika bajura 9

बडिमालिका पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै ओरालो झर्न भने निकै रमाइलो हुनेगर्छ ।

श्रोत:BBC अनलाइन

तस्वीरहरु: मधुसुदन दाहाल

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*