ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.5 सुनसरी जिल्ला (Sunsari District) :: सतीदेवीको मन्दिर: सुनसरीको विजयपुर डाँडोमा पर्ने दन्तकाली मन्दिर

सतीदेवीको मन्दिर: सुनसरीको विजयपुर डाँडोमा पर्ने दन्तकाली मन्दिर

दन्तकाली शक्ति पिठः
सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकालि मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत पतन भएको जन विश्वास छ । यसै आधारमा यस मन्दिरलाई दन्तकाली मन्दिर भनिएको हो । दन्तकाली भेगबाट रमणिय धरान बजारको सम्पूर्ण भु–भाग, उत्तरतिरका केहि हरियाली पहाडहरु रतराईका फाँट तथा चारकोशे झाडीको सुन्दर दृष्यावलोकन यहाँबाट गर्न सकिन्छ । तसर्थ यस भेगको पर्यटन विकासका दृष्टिले पनि यसको बिशेष महत्व छ । दन्तकाली भेगमा दशैको नौरथाभर यस मन्दिरमा मानिसहरुको ठूलो भिडभाड लाग्दछ भने प्रत्येक शनिवारका दिन पनि यस मन्दिर परिसरमा दर्शनार्थि र भक्तालुहरुको ठूलो भीडभाड लाग्ने गर्दछ । डाटा संकलनको क्रम पुरा हुन बाँकी…….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*