ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: संरक्षणको अभावमा ओझेलमा परेको कानेपोखरी ।

संरक्षणको अभावमा ओझेलमा परेको कानेपोखरी ।

१५ भदौ : बयरबन ९ स्थित कानेपोखरी एक ऐतिहासिक स्थलको रुपमा परिचित छ । विगत ३० ३५ बर्षे लामो ईतिहास बोकेको कानेपोखरीको आफ्नो छुटै पहिचान रहेको छ । कानेपोखरीको अस्तित्व भनौ या पहिचानको रुपमा रहेको पोखरी अहिले संरक्षणको अभावमा खुख्खा खाल्डाका ेरुपमा परिणत हुँदै गईरहेको छ ।

विगतको स्वरुपमा यो पोखरी ठयाक्कै कानको आकारमा रहेको र काने (एक प्रकारको पानीमा पाईने बनस्पति) पाईने निकै पानीको मात्रा भएको खाल्डोको रुपमा थियो । यहि पोखरीको पहिचानलाई आधार बनाई यस स्थानको नाम पनि कानेपोखरी रहन गएको हो । तर यहि कानेपोखरीलाई नाम र अस्तित्व दिने पोखरी नै दिनानुदिन आप्mनो अस्तित्व गुमाउँदै छ ।

२०६०÷ ६१ सालमा ग्रामिण सुधार सामुदायिक वनको पहलमा स्थानिय संघ संस्था, ब्यापारी , सर्वसाधारण बुद्धिजीवि लगायतले कानेपोखरीमा अवस्थित ऐतिहासिक पोखरीलाई संरक्षण गर्ने प्रयास स्वरुप सरसफाई गरी बोर्ड समेत राखेका थिए । तर त्यसपछिका दिनमा यस पोखरीप्रति कसैको ध्यान जान सकेको छैन ।
हामी ईतिहासमा गौरव गछौ र हाम्रो ऐतिहासिक धरातल पनि स्वाभिमानी र स्वालम्वी प्रवृतिले भरिएको छ । कानेपोखरीको यस ईतिहासलाई पनि जगेर्ना गर्नु सवै स्थानियबासी र संघ सस्थाको जिम्मेवारी हो । समयको क्रम सँगै विकास र प्रविधिको फड्काईमा पाईला चालेको कानेपोखरी स साना झुपडीबाट पक्की र आकर्षक घरहरुले सिंगारिएको छ । तर यस ऐतिहासीक पोखरी प्रति कसैको ध्यान जान सकेको छैन ।

पूर्वमै प्रचलित खिर पाईने स्थान भनेर पनि कानेपोखरीलाई चिनिन्छ । पूर्वी राजमार्गमा यात्रा गर्ने जो कोहि पनि एक पटक कानेपोखरीमा उत्रेर खीरको स्वाद लिन लालायित हुने गरेका छन् । यी र यस्ता विशेषताहरुले भरिपूर्ण कानेपोखरीलाई संरक्षित स्थल बनाई यसको मुटुमा रहेको पोखरीलाई संरक्षण र संवद्धन गरे स्थानिय पर्यटकीय केन्द्र बन्ने सम्भावनामा दुईमत छैन ।

साभार श्रोत:पुर्बेली समाचार

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*