ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) लब्रेकुटी चोकमागु, पाँचथर

श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) लब्रेकुटी चोकमागु, पाँचथर

श्री १७ थुम गोस्वारी मन्दिर

पाँचथर जिल्ला चोकमागु स्थित लब्रेकुटी श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) र नाम्फुनयक साङसेन् गुम्बा मन्दिर (सिन्धी पेसाक माङहिम) १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द गुरु ज्युको पावन कर्म भुमी, ज्ञानभुमी, तपोभुमी लब्रेकुटी-सिलौटी यो क्षेत्र नै किरात धार्मिक केन्द्र हो । नेपालमा बिभिन्न धर्महरु भएपनी यहाँका मुख्य धर्म हिन्दूधर्म, किरातधर्म र बौद्धधर्महरु हुन । अहिलेको परिपेक्षमा नेपालको ईतिहास साछी राखी भन्नै पर्दा नयाँ लेख, नयाँ रचना र नयाँ पाठ्यपुस्तकहरुमा समय अनुकुल ईतिहास परिमार्जित प्रकाशनहरुमा मिश्रित नवलेखहरु नपाईनु भन्न सकिदैन । यध्यपी पुराना ईतिहास साबुत छन । नेपालको भु-भाग लिम्बुजातिहरुको बसोबास भएको ठाउँ हो । त्यसैले यि लिम्बुहरुको धर्म नै “किरात” धर्म हो कतिपया किरात धर्मावलम्बीहरुलाई हाम्रो धार्मिक केन्द्र मुलस्थलो कहाँ हो ? भनेर बस्नु भएका विश्व किरात धर्मावलम्बिहरुलाई जानकारी नभएको हुन सक्छ । तसर्थ हामी सम्पूर्ण किरात धर्मालम्बिहरुले पहिले महागुरुको उदयकालिन् देखी यस् लब्रेकुटि-सिलौटी क्षेत्रमा केन्द्रित भएको अवगत गराउदछौ ।

यातातात:

तपाईंको यात्रा तराई प्रदेश तिरबाट हुँदैछ भने झापा, ईलाम हुँदै राँके भञ्ज्याङबाट पौवाभन्ज्याङ् पुगी मेची लोकमार्ग छोडि त्यहाबाट सामान्य उकालोको यात्रामा सिलौटिको नाम्फुनयक् साङसेन् गुम्बा मन्दिर र गुरु समाधी स्थल आईपुग्न सकिन्छ । त्यस्तै कान्छी दोकानबाट मेची लोकमार्ग छोडि पवित्र धाम लब्रेकुटी श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) पवित्रधाम आउन सकिन्छ । लोकमार्गको यात्रा पश्चात कान्छी दोकानबाट वा पौवाभन्ज्याङबाट यो धामसम्म आउन निजी सवारी साधन प्रयोग गरी सजिलै आउन सकिन्छ ।

यात्रा समय:

मेची लोकमार्ग अन्तर्गत पौवाभन्ज्याङबाट करिब् २ कि.मि. को दुरीमा रहेको यो धाम अर्थात निर्धारित समय २ घण्टामा पैदल् सफर गरी सिलौटी मन्दिरमा आईपुग्न सकिन्छ भने श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) पवित्रधाम लब्रेकुटी आउन कान्छी दोकानबाट पैदल् सफर ४५ मिनेटमा आई पुगिन्छ ।

ध्यान दिनु पर्ने कुराहरु:

मेची लोकमार्ग भरी पक्की सडक रहेको हुनाले सवारी साधन प्रसस्तै पाइनेछ । कान्छी दोकानबाट लब्रेकुटी मन्दिर १.५ (डेड किलोमिटर) को यात्रामा आफ्नो निजी सवारी साधन वा बिभिन्न द्रिस्यालोकन गर्दै पैदल् यात्रा गरी आईपुगिन्छ । समय अनुकुल बर्षा याममा हालसम्म यहाँ यो १.५ (डेड किलोमिटर)को दुरी कच्ची सडक रहेको हुनाले सवारी साधनबाट यात्रा गर्न अलिक कठिन् हुनेछ । तत्काल यो १.५ (डेड किलोमिटर) को कच्ची सडकपनी मर्मत कार्य अगाडि बढेको छ ।

खान र बस्नको ब्यबस्था:

हालको परिपेक्षमा यस् पवित्रधाम परिसर् नजिकै रहेको पहिलो नमुना शहर फिदिममा अबस्थित सुबिधा युक्त होटलहरुमा जस्तै: होटल सरगम अनी होटल अजि:मा (जुन चाँही पेजको दाँया साईडमा रहेको लोगोमा क्लिक गर्नुहोला) यि सुबिधा सम्पन्न होटलहरु सधैं यहाँहरुको सेवामा तत्पर रहेका छन ।

पहिरन:

किरात धर्मलम्बीहरुका लागि सेतो पहिरन नाधावा मेक्ख्ली लगाई सेवा गर्नु पर्ने हुन्छ । अन्य तिर्थालुहरुले पवित्र भई दर्शन गरे मनोकान्क्षा पुराहुने विश्वाश रहेको छ । यो क्षेत्र भौगोलिक बनावटको आधारमा यहाँको उचाई करिब् ८,४००/- फुट उचाईमा पर्दछ । त्यसैले यहाँ जाडोको अलिक प्रभाव हुने हुँदा न्यानो पहिरन लगाई यस् धाममा आउनुपर्ने हुन्छ ।

यस क्षेत्रको महत्व:

यस् लब्रेकुटी गोस्वारी मन्दिर महागुरु फाल्गुनन्द ज्युको धार्मिक प्रवचन् गर्ने, बेदहरुको लेखन, दिब्य बाणिहरु दिने, अमर बाणिहरु दिई राख्ने र प्रशासनिकका कार्य गर्ने ठाउँ हो । यस् पवित्र धाममा वार्षिकिय पूजा जस्तै: खिवेक्वा यक्वा सेवा (उभौली), चासोक तङ्नाम सेवा (उधौली)को पूजा गरिन्छ भने हरेक बर्ष कार्तिक महिनाको २५ गते वहाँ गुरुको जन्म जयन्ती पनि यस् पवित्र धाममा मनाइन्छ र महागुरुको देबबाणी प्राप्त हुने समयमा आफ्नो चेला भुलाहरुलाई छोडी एकान्तमा देबबाणी प्राप्त गर्नलाई गुफा बस्नु भएको ठाउँ नै सिलौटी मन्दिर हो । वहाँको दाह-संस्कार गरेको ठाउँ वा समाधी स्थल पनि यही सिलौटीमा छ ।

अन्य आकर्सण:

यस् क्षेत्रबाट द्रिस्यालोकनका लागि सफा मौसम रहेको बेला तराईका भु-भाग, कनकाई नदिको सेरोफेरो भु-भाग, आसपासका बस्ती तथा भु-भागहरु, मेची नदी तथा आसपासका बस्तीहरु साथै पहाडी क्षेत्र लगायत हिमाली क्षेत्रका भु-भागमा प्रशिद्ध धाम श्री पाथिभरा देबिको पवित्र भुमी, कन्चनजंघा हिम-श्रीङ्खला, कुम्भ-कर्ण हिमाल, विश्वको अग्लो चुचुरो सगरमाथाको शिर र मनोरम घना बस्तिको द्रिस्यालोकन गर्न पाईन्छ ।

 श्री १७ थुम गोस्वारी मन्दिरका अन्य आकर्षण तस्बिरहरु:

silauti 4

श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम)

 silauti 1

नाम्फुनयक साङसेन् गुम्बा मन्दिर (सिन्धी पेसाक माङहिम)मा पूजा/होमादी गर्दै पूजारी पूजा गर्ने कर्ता

 silauti 2

नाम्फुनयक साङसेन् गुम्बा मन्दिर (सिन्धी पेसाक माङहिम)

 २ महागुरु फाल्गन्द समाधि स्थल

महागुरु फाल्गन्दको समाधि स्थल, नाम्फुनयक साङसेन , सिलौटी पाँचथर

 silauti Tower

नाम्फुनयक साङसेन् गुम्बा मन्दिर (सिन्धी पेसाक माङहिम) नजिकैको सिलौटीको टावर 

 silauti 3

श्री १७ थुम गोस्वारी मन्दिर नजिकैको रमणिय ठाउँ

Gumbaa Dada panchthar

श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) जादाको बाटोमा

पर्ने अत्ती रमाइलो घुम्ती बाटो (गुम्बा डाडा )

 kumba-karna

श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम)नजिकै

नाम्फुनयक साङसेन् गुम्बा मन्दिरबाट देखिने रमणिय कुम्भकर्ण हिमालको द्रिस्य

  
प्रस्तोता तथा श्रोत:श्री विश्व कुमार तुम्बापो
अध्यक्ष: लब्रेकुटी-सिलौटी पर्यटन बिकास केन्द्र पाँचथर नेपाल
संपर्क: ०२४-५२०४४७ :९८४२६१७२५२

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*