ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District) :: श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) :- थाक्ले-फिदिम, पाँचथर ।

श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) :- थाक्ले-फिदिम, पाँचथर ।

तिर्थ स्थलः– श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी)
मेची अञ्चल, पाँचथर जिल्ला फिदिम नगरपालिका अन्तर्गत थाक्ले भनेर चिनिने गाउँमा अबस्थित श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपीठको रुपमा प्रचलित रहेको छ । यस प्राकृतिक देवस्थलमा श्री विश्वेश्वर महादेव, बन देवी र अन्य बिभिन्न देवी देवताका साथै पवित्र देब गुफाहरु समेत रहेका छन् ।  बिभिन्न बनस्पतिहरु, उत्तरमा रमणिय हिमालय एवं श्री पाथिभरा देवीको पबित्र देवस्थल पश्चिममा कोशी तमोर नदी, दक्षिण–पश्चिममा कुम्वाय कुसायक (यासोक)मन्दिर र पूर्वमा यस जिल्लाको सदरमुकाम साथै मध्य–पाहाडी नमुना शहर फिदिम, १७ थुम गोस्वारी (लब्रेकुटी) मन्दिर, नाम्फुयक साङ्गसेन सिलौटी, र अन्य सुन्दर प्राकृतिक रमणिय स्थलहरुको दर्शन गर्न सकिने यस मन्दिरमा ईच्छित मनकामना पूर्ण हुने जन–विश्वास सदियौ देखि चलि आएको छ ।

यातायातः–
यस श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपिठको पबित्र स्थलसम्म आउन झापाको बिर्तामोडबाट ताप्लेजुङ जाने उत्तरी राजमार्ग अन्तर्गतको पहिलो नमुना शहर फिदिम हुदै जोरसालबाट मध्य–पहाडी लोकमार्ग अन्तर्गत थाक्ले भन्ने गाउँसम्म आँउन यातायातका सवारी साधन प्रशस्तै पाईन्छ । थाक्लेबाट २० मिनेटको उकालो बाटो पैदल सफर गरी यस श्री सिंह देवी मन्दिरको दर्शन तथा अवलोकन गर्न सकिन्छ । साथै निजी सवारी साधनः (ट्याक्सी, मोटर साईकल)बाट यात्रा गर्दा मन्दिरसम्म सहजै आँउन सकिन्छ ।

यात्रा समयः–
यस नमुना शहर फिदिमबाट यस श्री सिंह देवी मन्दिरसम्मको ५ किलो मिटरको दुरी रहेको र पैदल सफरको लागि नमुना शहर फिदिमबाट जोरसाल हुँदै थाक्ले मन्दिर आँउन करीब १ घण्टा ३० मिनेटको रमणिय यात्रामा धामको दर्शन गर्न आई पुगिन्छ ।

ध्यान दिनुपर्ने कुराः–
श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपिठको दर्शन गर्दा साथै रमणिय गुफाहरुको अवलोकन गर्दा भक्तजनहरुले पबीत्र भई दर्शन गर्नुपर्ने हुन्छ । साथै मन्दिर व्यवस्थापन समितिले निर्णय वा निर्देश गरेको नियमलाई पालना गर्नु पर्ने छ ।

खाना र बस्ने व्यबस्थाः–
टाडाबाट धाम दर्शनका लागि आउने दर्शनार्थि वा आगन्तुक पाहुनाहरुको लागि हालसम्म यस श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपिठको परिषरमा होटल तथा धर्मशाला निर्माण गर्न नसकिएको भएता पनि दाताको पहिचान गरी निर्माण गर्नुपर्ने सोच रहेको छ । त्यस समय सम्मका लागि यसै नमुना शहर फिदिममा अबस्थित सुबिधा सम्पन्न होटेल तथा गेष्ट हाउसमा होटल अःजीमा, होटेल सर्गम वा अन्य (जो चाही यो पेजको दाँया साईडको लोगोमा क्लीक गरी पुर्णरुपमा जानकारी लिन सकिन्छ)होटेलहरुमा खान र बस्नको लागि सुविधा रहेको छ ।

पहिरनः–
यस श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) वा प्राकृतिक शक्तिपिठमा दर्शन गर्न स्वतन्त्रता रहेको तर देवस्थलमा पबित्रता र सर–सफाई गर्नु हामी सबैको कर्तब्य हो ।

यस क्षेत्रको महत्वः–
यस श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपिठको दर्शनले ईच्छित मनकामना पूर्णहुने भनि दर्शन गर्न आउने दर्शनार्थिहरुको भनाई रहेको छ । बिभिन्न चाडपर्वहरुमा साथै धार्मिक पर्वहरुमा बिशेष गरी पुजा–आर्चना गरिन्छ । टाडा टाडाबाट नै बिभिन्न किसिमका भाकल गरी स्वेच्छाले मन्दिरमा अनुमति साथ पूजा पाठ गर्न पाईन्छ । यस धाममा सदियौं देखि चलिआएको भोगको व्यवस्था (पशु बली) को अन्त्य गराउँदै अन्य नैवेद र पुष्प चडाई भगवतिको पूजा गरिदै आईएको छ । मनोरम गुफाको अवलोकन गर्न पाईने साथै कलकल बग्ने तमोर नदीको दृष्यालोकनले थप यस धामको महत्व बढेर आएको छ । बिभिन्न मुख्य मुख्य चाडपर्वहरुमा स्थानिय भक्तजनहरुको बाक्लो उपस्थितका साथ यस पबित्र धाममा भजन कृतन गरी सङगिनी, बालुन आदिको नृत्य गरिदै आएको छ ।

अन्य आकर्षणः–
वरिपरी डाँडाले घेरिएर बिचमा समथल मैदानमा सजिएको पहिलो नमुना शहर फिदिम यस धामको लागि मुख्य आकर्षण बन्न पुगेको छ । नगरपालिका परिषरमा रहेको यो पबित्र धाममा बिभिन्न आकृतिका सजिएर रहेका देवी देवताका मुर्ती तथा आकृतिहरुले टाडाटाडाबाट आँउने भक्तजनको मनकामना पुरा गरिदिएर यस धामको शोभा बढाएको छ । बाक्लो शहरको कोलाहलपूर्ण वाताबरणले गर्दा आजभोली गाउँ देखि शहरसम्मका बासिन्दाहरु यस पबित्र धाममा भजन कृतन गरी सङगिनी, बालुन आदिको नृत्यमा समय बिताउन तथा मनोरञ्जन प्राप्त गर्न घुईचोका साथ उपस्थित हुने गर्दछन् । टलटल टल्कने कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, वारीपारीको रमाईलो फाँट अनि कलकल बग्ने तमोर नदीको सुस्केराले बर्षौ देखिको थकित अनि व्यतित जिबनका अनाबश्यक बिचारहरुलाई दिनभरीको टोलाईले भुसुक्कै बिर्सेको पत्तै नहुने अद्भुत अनि मनमोहित यो स्थलको बर्णन निक्कै लामो रहेको छ । सबैमा देवी भगवतिले कल्याण गरुन ।

श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी)धाम परिसर् तथा वरिपरी अन्य रमणीय दृष्यहरु

Thakle mandir 5

Thakle mandir 0

Thakle mandir 2

Thakle mandir 6

Thakle mandir 10

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*