ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम > दमक, झापा

श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम > दमक, झापा

तिर्थ/पर्यटन: श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम

मेची अञ्चल झापा जिल्लाको सुन्दर नगरी दमक नगरपालिका वडा नं ११, मा अबस्थित श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधामले यो क्षेत्रलाई पबित्र बनाएको छ । कर्णेल सन्तबीर लामाले जनकल्याणको लागि २०१९ सालमा बैदिक सनातन हिन्दु-धर्मावलम्बीहरुका आस्थाका प्रतिक श्री महादेवको प्रतिमा पञ्चमुखी शिवको स्थापित गरी श्री पशुपतिनाथ मन्दिरमा पुजाआजा सुरु गर्नुभएको थियो । तत: पश्चात यो मन्दिरमा पूजाआजाको कार्यक्रम निरन्तर सञ्चालन गरिदै आएको छ । यस मन्दिरमा श्रावण महिनाको हरेक सोमबार, महाशिव रात्री, तिज, ऋषि तर्पणी पुर्णिमा (जनै पुर्णिमा), बाला चतुर्दशी आदि पर्वहरुमा भक्तजनको उल्येख्य जमघट हुने गरेको छ । यस पबित्र स्थानमा हरेक सोमबार र शनिबार पूजाआजा गर्न आउने दर्शनार्थीहरुको घुइचो हुने गर्दछ । बिक्रम सम्बत २०५५ साल देखि २०७२ सालसम्म यो स्थानमा लगातार १८ महापुराणको आयोजना गरि महाशिवरात्रीको पुनित अवसर पारी लक्षहवन, महारुद्राभिषेकका साथमा दुई करोड एघार लाख दिपप्रज्वलन गरि, शतचण्डी, तुलादान, भागवत साथै अठार दिनसम्म शिवमहापुराण वाचन समेत गरि यस स्थानलाइ पवित्रधाम “श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम” उपाधिले सु-शोभित गरिएको हो ।

यातायात:

सुन्दर नगरी दमकको मुख्य गणतन्त्र चोकबाट नजिकै रहेको यो धाम आउन उक्त गणतन्त्र चोकबाट उत्तर भित्रि बजार प्रवेश गरि १० मिनेट पैदल यात्रा अथवा बिभिन्न सिटिसफारी वा आफ्नो निजि सवारी साधनको प्रयोग गरी सहज रुपमा यो धाम आईपुगिन्छ ।

यात्रा समय:

यस पवित्र एवम् प्रशिद्ध धाममा बिशष गरि सोमबार, शनिबार पुजापाठ गर्नेको उल्येख्य भिड हुने गरेको भएता पनि दर्शनार्थी आफु स्वयमले आफ्नो ब्यस्त समय मिलाई बिना रोकटोक पुजाआजा गर्नुको साथै पबित्र धामको दर्शन गर्न सक्नु हुनेछ । सुन्दर नगरी दमकको मुख्य गणतन्त्र चोकबाट नजिकै रहेको यो धाम आउन उक्त गणतन्त्र चोकबाट उत्तर भित्रि बजार प्रवेश गरि १० मिनेट पैदल यात्रा अथवा बिभिन्न सिटिसफारी वा आफ्नो निजि सवारी साधनको प्रयोग गरी सहज रुपमा यो धाम आईपुगिन्छ ।

ध्यान दिनु पर्ने कुरा:

धाम दर्शन गर्न आउदा धाम परिसर भित्र धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले मुल मन्दिर भित्रको फोटो खिच्न पाइदैन् । यसमा ध्यान दिनु पर्ने हुन्छ ।

खान र बस्नको ब्यबस्था:

यस प्रसिद्ध धाम परिसरमा भब्य एवम् सुबिधा सम्पन्न अतिथि सदनको निर्माणाधीन सम्पन्न हुनै लागि सक्यो । टाडाबाट आउने  अतिथि, दर्शनार्थी, भक्तजनहरुलाइ लक्षित गरि आगन्तुकहरुलाई सुबिधाको निम्ति यो सदनको निर्माण गरिएको छ । साथै धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त होटेलमा जस्तै:- Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस दमक, Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) सुरुङामा रहेको Hotel Delight (होटेल डिलाइट) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरन:

सनातन सस्कृतिको मुल स्थलो भएको हुँदा धोती, कुर्ता, टोपी या दौरा सुरुवाल कोट आदी या तिर्थालुका लागि कुनै निस्चित पहिरन निर्धारण गरुएको छैन ।

यस क्षेत्रको महत्व:

स्थापना कालदेखि लगातार १८ महापुराणको आयोजना गरि क्रमशः १) शिव महापुराण, २) विष्णु महापुराण, ३) भबिष्य महापुराण, ४) बराह महापुराण, ५) ब्रम्ह वैबर्त, ६) ब्रम्ह महापुराण, ७) ब्रम्हाण्ड महापुराण, ८) वामन महापुराण, ९) कुर्म महापुराण, १०) पद्म महापुराण, ११) स्कन्द महापुराण, १२) लिङ्ग महापुराण, १३) नारद महापुराण, १४) मत्स्य महापुराण, १५) अग्नि महापुराण, १६) मार्कण्डेय महापुराण, १७) गरुड महापुराण, १८) श्रीमद्भागवत महापुराण साथै  देवी भागवत्  ज्ञान-महायज्ञको प्रभावले गर्दा नै यो स्थान शिद्ध र पबित्र हुन पुगेको छ । अठार महापुराणको अवसरमा साथै महाशिवरात्रीको पुनित अवसर पारी लक्षहवन, महारुद्राभिषेकका साथमा दुई करोड एघार लाख दिपप्रज्वलन गरि, शतचण्डी, तुलादान, भागवत साथै अठार दिनसम्म शिवमहापुराण वाचन समेत गरिएकोले यस स्थानलाइ पवित्रधाम एवम् सिद्धभूमिको रुपमा लिने गरिएको छ ।

अन्य आकर्षण:

pasupati nath 1 pasupati nath 2 pasupati nath 3 pasupati nath 4 pasupati nath 5 pasupati nath 6 pasupati nath 7 pasupati nath 8 pasupati nath

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*