ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: श्री मझौ कमलादेवी (गुफा) मन्दिर

श्री मझौ कमलादेवी (गुफा) मन्दिर

तिर्थ स्थलः श्री मझौ कमलादेवी (गुफा) मन्दिर
कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाक्जुङ गा.वि.स. वडा नं. ३, हाङसुरुङ्ग अबस्थित श्री मझौ कमलादेवी (गुफा) मन्दिर पूर्वी पहाडी जिल्लामा अबस्थित यो गुफा, असुवा खोलाको किनारमा मनोरम धार्मिक स्थलको रुपमा मानिन्छ । श्री मझौ कमलादेवी (गुफा) मन्दिरको प्राचिन ईतिहास संकलन गर्दा ओयाक्जुङ–३, निवासी श्री कलकत्ते लिम्बु भनी चिनिने ८५ बर्षे बयोबृद्धबाट प्राप्त बिबरण अनुसार धेरै पहिला अर्थात बि.शं.१८२० साल तिरको कुरा हो, उनी राती सुतेको बेलामा सपनामा यहाँ यो गुफामा प्रशिद्ध देवीले बास गर्नुहुन्छ, अन्य अरु हज्जारौ देवीशक्तीहरुको बास भएको छ । भन्ने कुरा उहाँले सपनामा पाएपछि मंगलबारको दिन पारेर उहाँले नुहाई–धुवाई गरी त्यस गुफा भित्र पस्नु भयो । उहाँले यस गुफा भित्र अवलोकन गर्दौ जाँदा बिभिन्न देवी देवताहरुको दर्शन गरी गुफा भित्र यात्रा गर्दा करिब एकहप्ता पछि मात्र देवी भगवतिको दर्शन गरी गुफा बाहिर आउनु भएको थियो । एक हप्ताभरी देखिएका र भेटिएका ती दृष्यलाई आफन्त गाउँका  मानिसहरुलाई बयान गरी यो गुफामा त धेरै देवी देवताहरुको बास स्थान रहेछ, भनेपछि स्थानीय बासीहरु गुफा भित्र पसेर हेर्न थाले । गुफाको भित्र साच्ची नै चकित थियो, मूख्य द्वारबाट प्रवेश गरी भित्र पस्दा, द्वारमा खडा “सिंहको आकृतिमा देवीको पहरेदार, अत्यन्त चकितका द्वारहरुको पार गर्दै जाँदा अन्दाजी ६०/७० मिटर लामो उचाई र निकै फराकिलो ठाउँ, बिभिन्न आकृतिका देवताहरुको अंकित टुसा पलाई सजिएका आकृतिहरु, गुफाको भित्र–भित्रै कलकल गर्दै झरना झै पानी बगेको, शिवलिङ्ग स्थापित आकृति लगायत अन्य धेरै दृष्य देख्न पाउँदा सबैजनाले चकित हुँदै भने, आज उप्रान्त यो ठाउँमा हामी सबैले धुमधाम पुजा-आजा गर्नु पर्छ भनी यस गुफाको नामः श्री मझौ कमलादेवी (गुफा) मन्दिर नामाकरण गरी त्यसै बेला देखि स्थानीय बासिन्दाहरुको मिलेमतोमा धामको संरक्षण गर्दै हरेक बर्षको माघे-संग्रान्तिको अवसर पारी यस गुफामा मेला आयोजना तथा पुजा-आजा सुरु हुनथाल्यो । यस मेलामा तथा धाममा दर्शन गर्न टाडा टाडाबाट भक्तजनहरुको घुईचोका साथ उपस्थिति रहदै आएको छ । यस धामलाई अहिले आएर स्थानीय श्री सुर्योदय नवयुवा समाजको अगुवाईमा श्री मझौ कमलादेवी (गुफा) मन्दिरको जिर्णोद्वार गर्दै हरेक बर्षको मुख्य चाडमा पुजापाठ हुने गर्दछ ।
यातायातः
तेह्रथुम जिल्ला म्याङलुङ्ग नगरपालिका अन्तर्गत म्याङलुङ्ग–सग्रान्तिको कच्ची सडक अन्तर्गत ओयाक्जुङ्ग हाङसुरुङसम्म प्रशस्त सवारी साधन पाईनेछ । पाँचथर फिदिमबाट आठराईको चुहानडाँडा, सग्रान्ती हुँदै औंसी बजार अगाडि ओयाक्जुङ्ग हाङसुरुङसम्म प्रशस्त सवारी साधन पाईनेछ । यात्राको समय अनुकुल मिलाई बस तथा ट्याक्सीमा यस धामको यात्रा गर्न सकिन्छ ।

यात्रा समयः
तेह्रथुमको म्याङलुङ्गबाट ओयाक्जुङ्ग हाङसुरुङसम्म अन्दाजी २६ कि.मि.को दुरी रहेका छ । आफ्नो निजि सवारी साधन प्रयोग गरी सहजै यस धामको दर्शन तथा अवलोकन गर्न सकिन्छ । यो धाम बिशेष गरेर हरेक बर्षको माघे–सग्रान्तिका दिनमा मात्र खुल्ला रहदै आएको छ । निजी तथा भाडाका सवारी साधनबाट यात्रा गरी १० मिनेट पैदल उकालो रमणिय सिडी चड्नु पर्नेछ ।

ध्यान दिनु पर्ने कुराः
तपाई पुजा अथवा धामको दर्शन गर्न आउँदै हुनुहुन्छ भने स्नान गर्न अनिवार्य छ । धुप–बाती, नैवेद्, फलफुलले मात्र पुजा गर्नुपर्ने छ । आफ्नो घरमा मरु-मराउ भई जुठो रहेको, घर–परिवार भित्र सुतक परेको भए, महिला जनहरुमा बारिने महिनावारी भएको बखत धाम प्रवेशलाई पुरै निशेध गरिएको छ । यस धाममा पूजापाठ तथा दर्शन गर्न आउँदा जुत्ता–चप्पल, छालाजन्य बस्तुहरुलाई मन्दिरको मुख्य गेट बाहिर राखि मन्दिर प्रबेश गर्नु पर्नेहुन्छ । श्री मझौ कमलादेवी (गुफा) मन्दिरको धाम मन्दिर परिषर भित्र धुम्रपान, मद्यपान पुरै मनाही छ ।

 खान र बस्ने व्यवस्थाः
हालको परिपेक्षमा मूख्य शहर जिरिखिम्तीमा अबस्थित सुबिधा सहितको, आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउस  (जो चाही यसै पेजको मूख्य भागको दाँया साईडमा रहेको लोगोमा क्लीक गरी सम्पूर्ण जानकारी लिन सकिन्छ) सधै यो गेष्ट हाउस आगन्तुक पाहुनालाई सेवामा समर्पित रहेको छ ।

यस धाममा यात्राको व्यवस्थाः
तेह्रथुम जिल्लाभरीका लगायत श्री मझौ कमलादेवी (गुफा) मन्दिरको दर्शन गर्न जानका लागि आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउसले यात्राको सुरक्षित व्यवस्थाको प्रबन्ध मिलाउने गरेको छ । जिल्लाभरीका धार्मिक तथा रमणिय पर्यटकीय क्षेत्रहरुको प्रत्यक्ष अवलोकनका लागि यहाँबाट आरामदायी यातायातका सवारी साधनबाट गन्तव्यसम्म पुर्याई माताको दर्शन गराई ल्याउने काम यो गेष्ट हाउसबाट गरिन्छ ।

पहिरनः
श्री मझौ कमलादेवी (गुफा) मन्दिरमा दर्शन गर्न आउँदा यहाँको मौशम तथा तापक्रम सामान्य रहेको महशुस गरिन्छ । सभ्य र सु–संस्कृत सहितको पहिरन लगाई धाम दर्शन गरे आफ्नो मनोकान्क्षा पुरा हुने बिश्वास रहेको छ ।

यस क्षेत्रको महत्वः
यस मझौ गुफा कैलाश डाडाँमा अबस्थित श्री मझौ कमलादेवी (गुफा) मन्दिर प्रवेश गर्दाको अनुमानमा यो गुफा निकै लामो रहेको छ । यस गुफाको बाहिरी भाग तथा गुफा वरिपरी ठुलाठुला चट्टानले घेरिएर रहेको छ । यो गुफामा धेरै समय अगाडि जंगली जनावरहरुले बास गर्ने गर्दथे । ति जनावरहरुले यो गुफालाई बिशेष गरेर सिंह देवीलाई पहरेदारको रुपमा बस्ने गर्दथे । यस गुफा भित्र चट्टानद्वारा स्थापना भएको देवता भनेर पुजिने शिला, नवपासाणकालिन ढुङ्गे औजाहरु, कालो पथ्थरबाट सजिएका बुट्टाहरु, कर्णहरु रहेकाछन् । यस श्री मझौ कमलादेवी (गुफा) मन्दिरमा आई यिनै आकृति देवताहरुको सरणमा परी, दर्शन गरी, एकाग्र, नित्य पुजा, सत्कर्म गरे आफ्नो सोचेको, चिताएको पुग्ने भएकोले गर्दा यस धाममा टाडा–टाडाबाट भक्तजनहरु आउने गर्दछन् ।

अन्य आकर्षणः
यस धाममा आउँदा यसै जिल्लामा रहेकी पबित्र आस्थाकी देवी सिमिनाक्षी भगवती धाम, श्री पतालेश्वर महादेव धाम, यसै जिल्लाको सदरमुकाम म्याङलुङ्गमा रहेको अर्को प्रशिद्ध श्री सिंहबाहिनी भगवती अनि यस धाममा आई अरु थपः यात्रा अवलोकनका लागि छुट्टै आफ्नो बेजोड ईतिहाँस बोकेको श्री गाई खुरी धाम तथा आकर्षण भकारी र बिश्व कै लामो तथा अग्लो ह्यात्रुङ झरना लगायतले पनि र यस क्षेत्रको यात्रा गन्तब्यलाई निकै प्रख्यात अनि प्रसिद्ध हुँदै आएको छ । यी धार्मिक तथा पर्यटकीय क्षेत्रहरुले गर्दा थप यहाँको आकर्षण बढाई पर्यटन विकासमा टेवा पुगेको छ । तेह्रथुम जिल्लाकै चर्चित तिनजुरे मिल्के जलजले डाडामा अबस्थित श्री पाथिभरा मन्दिरबाट चारै दिशामा अबस्थित क्रमशः दृष्यावलोकन गर्न सकिन्छ । वाई.पि.

प्रस्तोताः
पूर्वाञ्चल पर्यटन विकास संस्था
९८०६०२९०९४
दमक–झापा

यस श्री मझौ कमलादेवी (गुफा) मन्दिरका अन्य आकर्षण तथा रमणिय तस्बिरहरुः

majhau Gufa 1

असुवा खोलाको किनारमा मनोरम धार्मिक स्थलको प्रवेशद्वा

majhau Gufa 2

असुवा खोलाको किनारमा मनोरम धार्मिक स्थलको प्रवेशद्वा

majhau Gufa 3

श्री मझौ कमलादेवी (गुफा) मन्दिर प्रवेशद्वार (पाप/धर्मद्वार)

majhau Gufa 4

श्री मझौ कमलादेवी (गुफा) मन्दिरको अवलोकन गर्न पाइने ठाउँ

majhau Gufa 5

श्री मझौ कमलादेवी (गुफा) मन्दिरको अवलोकन गर्दा पाइएको टुसा पलाएको द्रिस्य

majhau Gufa 6

श्री मझौ कमलादेवी (गुफा) मन्दिरमा टुसाबाट पलाएर बनिएको गाईमाताको द्रिस्य

majhau Gufa 7

श्री मझौ कमलादेवी (गुफा) मन्दिरभित्र सात दिन पुराण लागेको पवित्र ठाउँ

majhau Gufa 8

श्री मझौ कमलादेवी (गुफा) मन्दिरको अवलोकन गर्दाको बिशाल पहाड भित्रको बाटो

  majhau Gufa 10

श्री मझौ कमलादेवी (गुफा) मन्दिर भित्र पुजिने देवताहरु को आकृतिहरु

majhau Gufa 11

श्री मझौ कमलादेवी (गुफा) मन्दिर भित्र पुजिने देवताहरु को आकृतिहरु

majhau Gufa 12

श्री मझौ कमलादेवी (गुफा) मन्दिर बाहिर नजिकै रहेको खेल मैदान !

2 comments

  1. Birendra dhakal

    Terathum ko aatharai sthith vagawati mandir ko pani documentary banauda kaso hola

    • बिरेन्द्र जी,
      हामीले धेरै प्रयास गरिरहेका छौ त्यहाँको इन्फर्मेसन लिनलाई । हाम्रो टिम प्रत्यक्ष त्यहाँ पुगिसकेको छ । हामीलाई बाकि संकलन गर्न सहयोग गरिदिनु होला ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*