ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.1 सेती अञ्चल (Seti Zone) :: 5.1.5 कैलाली जिल्ला (Kailali District) :: श्री बेहडाबाबा मन्दिर >कैलाली, सुदुर-पश्चिम

श्री बेहडाबाबा मन्दिर >कैलाली, सुदुर-पश्चिम

shiva-mehada mandir (4)सुन्दर सुदुर-पश्चिमाञ्चल बिकासक्षेत्र अन्तर्गत  कैलाली जिल्लाको यो मन्दिर धनगढी उप-महानगरपालिका-१६, रामपुरमा पर्दछ । यस पबित्र  श्री बेहेडा बाबा मन्दिर” धाम केबल एउटा पुजा गर्ने थलोका रुपमा मात्र नभई सिङ्गो धनगढी उप-महानगरपालिका तथा सुदुर-पश्चिमलाई चिनाउने सुन्दर अनि पबित्र धार्मिक क्षेत्र हो । बर्षौ पुरानो यो ऐतिहासिक मन्दिरमा बर्सेनि हजारौं को संख्यामा भक्तजनहरु यो पबित्र स्थलोमा धर्म कमाउन आउने गर्दछन र छिमेकी मुलुक भारतबाट पनि धेरै संख्यामा भक्तजन आउने गर्छन । “श्री बेहेडा बाबा मन्दिर” लाई धार्मिक पर्यटन को रुपमा बिकास गर्नका लागि यस धामका संचालक समिति लगायत देवस्थल प्रति आस्थावान बुद्धिजीवी व्यक्तित्व बर्गहरु शसक्तरुपमा लागिपरेको देखिन्छ । श्री बेहडाबाबा मन्दिर कैलाली जिल्ला मध्येको एक धार्मिक स्थल हो । यो मन्दिर सदरमुकाम धनगढीबाट १४ कि.मी. टाढाको दुरीमा रहेको छ । हरेक वर्ष गंगा दशहराको बेला यहाँ ठुलो मेला लाग्ने गर्छ । आफ्नो मनोकामना पुराहुने आशाले भक्तजनहरु यहाँ आउने गर्छन । बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रुपमा मानिन छ । पुराहुन बाकि !

श्री मेहेडा बाबा मन्दिरका अन्य आकर्षण तस्वीरहरु:

shiva-mehada mandir (1)

shiva-mehada mandir (2)

shiva-mehada mandir (4)

shiva-mehada mandir (8)

shiva-mehada mandir (11)

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*