ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.3 ईलाम जिल्ला(Ilam District) :: श्री पाथीभरा देवी धाम, कुटीडाँडा, इलाम

श्री पाथीभरा देवी धाम, कुटीडाँडा, इलाम

तिर्थ स्थल: श्री पाथीभरा देवी मन्दिर

इलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । इलाम जिल्ला कोल्बुङ गा.बि.स.वार्ड नम्बर ३ मा शक्ति-स्वरुपा देबीको रुपमा रहेको श्री पाथीभरा देवीको मन्दिर ईलाम जिल्लाको सदरमुकाम देखि पूर्व ४८ कि.मि., झापाको चारआली देखि ३० कि.मि. उत्तर, मेची राजमार्ग अन्तर्गतको कुट्टीडाडा बजार देखि ७५० मिटर उचाइमा अन्नले भरिएको पाथी झैँ चुलिएको शुन्दर पहाडको शिखरमा रहेको छ । समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित पाथिभरा धार्मिक महत्व बोकेको स्थल हो । कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ । मेची राजमार्गको कुटीडाँडाबाट करिब २५ मिनेट रमणिय द्रिस्यवलोकन सहित् सिंढी खुट्कीला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ । यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथिभरा देवीकी बहिनीको रूपमा पुजिन्छ । कसै-कसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्दछन । यस पाथीभरा डाडाको वरिपरी ठुलो मात्रामा बोट बिरुवा, वनस्पति र घासे मैदानको बीच डाडामा पाथीभरा देवीको शिला रहेको छ । जहाँ परापूर्वकालदेखि नै पूजाआजा गर्ने प्रचलन रही आहेको छ । त्यसै गरि त्यस क्षेत्र वरिपरी अन्य देवी देवताहरुको एक एक वटा शिलाहरुमा जस्तै: गणेश भगवानको मुर्ती (शिला), नवदुर्गाको मुर्तीहरु, हवन कुण्ड, हनुमानको मुर्ती (शिला), भक्तजनहरुले चडाएको धातुको ठुलो प्रतिमा स्वरूप भगवतिको (देवीको) मुर्ती र कालीमाताको मुर्ती (शिला) रहेका छन् । त्यसै गरि अन्य देवी देवाताहरुका मुर्तीहरु, हजारौ घण्ट, त्रिशुलहरु र बिभिन्न रंगी चंगी डोरा, धागो र ध्वजा पतंगाले सजिएको मन्दिर क्षेत्र वरपर पाटी पौवा (बिश्रामालय) धर्मशाला आदि रहेका छन् ।

यातायात:

श्री पाथीभरा देवीको मन्दिर आइपुग्न विभिन्न गन्तब्य देखि यात्रा गरे पनि ईलाम जिल्लाको कुट्टीडाडा बजारसम्म सवारीका साधन प्रशस्त पाइन्छ । बजार देखि मन्दिरसम्म उकालो, रमणीय १०४१ वटा पक्कि रेलिंग सहितको सिडीको पैदल करिब २५ मिनेटको सवारमा यो पबित्र तिर्थस्थल आइपुगिन्छ ।

यात्रा समय:

श्री पाथीभरा देवीको मन्दिर आइपुग्न ईलाम जिल्लाको सदरमुकाम देखि पूर्व ४८ कि.मि. पक्कि सडक यातायातका सवारी साधनमा २ घण्टाको दुरी, झापाको चारआली देखि ३० कि.मि. उत्तर पक्कि सडक यातायातका सवारी साधनमा १ घण्टा ३० मिनेटको दुरी र मेची राजमार्ग अन्तर्गत कुट्टीडाडा बजार देखि ७५० मिटर उचाइमा रमणीय १०४१ वटा पक्कि रेलिंग सहितको सिडीको पैदल करिब २५ मिनेटको सवारमा यो पबित्र तिर्थस्थल आइपुगिन्छ । अन्नले भरिएको पाथी झैँ चुलिएको शुन्दर पहाडको शिखरमा रहेको यो मन्दिरमा बिशेस गरेर शनिवार र मंगलबार तीर्थयात्री, दर्शनार्थीहरुको उल्लेख्य भिडभाड रहेता पनि आजकाल यातायात लगायत विभिन्न सुबिधाको कारण तिर्थयात्रीहरुको बाह्रैमास आगमन हुने गरेको छ ।

ध्यान दिनुपर्ने कुराहरु:

यस पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तालुहरुले धुम्रपान, (सुर्तीजन्य बस्तु) साथै मन्दिर परिसरमा मध्यपान (मादकपदार्थ) सेवन गरि धाम दर्शन गर्न पाइने छैन । छालाजन्य बस्तु  मन्दिरको मुख्य गेट बाहिर राखी मन्दिर प्रवेश गर्नु पर्नेछ । उकालो सिडीभरीको यात्रामा सुरक्षित यात्रा गर्नु र गराउनु पर्नेछ । बिशेस गरेर दर्शन गराउन साथमा ल्याइएका बालबच्चाहरुलाइ र बृद्ध, बृद्धाहरुलाई आफ्नो हात समाउन लगाई वा सिडीको रेलिंग समात्न लगाई धाम दर्शनको यात्रा गराउनु पर्नेछ । उकालो बाटोको आसपास अनेकौ किसिमका, विभिन्न धार्मिक शास्त्रहरुमा बर्णन गरिएका बहुमुल्य, बहु-महत्वाकांक्षी बोटबिरुवा, वृक्ष लगायत बिभिन्न किसिमका सुगन्धित पुष्पहरु लगाइएको हुनाले यसलाई टिप्नु, उखेल्नु, लैजानु जस्ता क्रियाकलाव गर्न पाइनेछैन । बिभिन्न किसिमका चरा-चुरुंगी साथै दुर्लव बन्य जन्तु पाइने हुनाले समिति द्वारा निषेधित क्षेत्रमा बिना अनुमति प्रवेश गर्न पाइने छैन । यस पाथीभरा मन्दिर धाममा परापुर्वकाल देखि बलि प्रथालाई निषेधित गरिदै आएको र मन्दिरमा बिषेश गरेर फलफुल, निवेद, तथा मिठाईका परिकारहरुले नै पुजाआजा गर्ने प्रचलन रहिआएको छ । तर यदाकदा भक्तजनहरुले विभिन्न किसिमका भाकल गरी परेवालाइ उढाई दिने र बोकालाई ल्याई मन्दिर परिसर बाहिर अलक्ग भगवतीको बाहन सिंहलाई बलि दिने गरेको पाईन्छ ।

खाना र बस्नको व्यवस्था

स्वदेश विदेश लगायत विभिन्न ठाउबाट बुद्धिजीवी व्यक्तित्वहरुको सहयोगार्थमा दर्शनार्थीहरुको सहजताका लागि भब्य अतिथि सदन निर्माण कार्य अघि बढाईएको छ । हाल को परिपेक्षमा   धाम परिषद नजिकै प्रसस्तै मात्रामा होटलहरु सञ्चालनमा रहेको हुनाले तिर्थालु वा पर्यटकहरुले देबिको दर्शन गरे पश्चात भोजन गरी आफ्नो गन्तब्य यात्रा गर्न सक्नु हुनेछ । सुबिधायुक्त होटलका लागि इलाम जिल्लामा रहेको सुबिधा सम्पन्न होटेल “चियाबारी कटेज” (Chiyabari Cottage) जो चाहिँ मुख्य पेजको दायाँ साईडमा रहेको लोगोमा क्लिक गरेर सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ । इलाम जिल्लाको यात्रामा हुनुहुन्छ भने अबस्य चियाबारी कटेजमा भरपुर सेवा लिन नभुल्नुहोला I यहा टाडा टाडा गन्तब्य देखि आउने आगन्तुक पाहुनालाई खाना र बस्नको लागि राम्रो ब्यबस्था रहेको छ I

पहिरन:

नेपालको अन्य क्षेत्रका भू-भाग भन्दा यो ठाउमा अलिक चिसो महसुस हुनेहुदा आफ्नु यात्रा सहज बनाउनका लागि केहि न्यानु पहिरनको साथमा धाम दर्शन गर्न आएमा थप मनोरन्जन प्राप्त गर्न सकिन्छ ।

यस क्षेत्रको महत्व:

पूर्वकै अत्ति मनोरम, हरियाली सुन्दर जिल्ला इलामको कुट्टीडाडामा अबस्थित श्री पाथीभरा मन्दिर तथा यो क्षेत्रले धार्मिक दृष्टिकोणमा अत्यन्तै महत्व बोकेको छ । यो ठाउँ तथा क्षेत्र पबित्र, सुन्दर शान्त र बिभिन्न जैविक विविधता, बिभिन्न वनस्पति, बोट बिरुवा, आदि यस ठाउँमा भएको कारणले यस क्षेत्रको अत्यन्तै महत्व रहेको छ । सात्क्षात्कार श्री पाथीभरा देबीको दर्शन तथा पुजाआजा गर्नाले लामो समयसम्म मानसिक रोग, बिभिन्न समस्या भएर औषधी उपचार गराउदा ठिक नभएका मानासिकका बिरामीहरुलाई ठिकहुदै गएको र विभिन्न ठाउ देखी आएर सन्तान प्राप्तका लागि भाकल तथा पुजा गर्नाले मनोकान्क्षा पूर्ण भएको भक्तजनहरुको भनाई (बिश्वास) रहेको पाईन्छ ।

अन्य आकर्षण:

यस पाथीभरा मन्दिर जाने आकर्षण रुपमा सिढी, रेलिंग, सिढीआसपास तथा मन्दिर परिसरमा विभिन्न प्रजातिका बोट बिरुवाहरु, बिभिन्न प्रजातिका फुल (पुष्प)हरु र आकाशे पानि जो चाहिँ कुहिरोबाट पानी साथै रमिते भ्यु-पईन्ट, रमिते ढुंगाबाट सुर्योदय र यस क्षेत्रबाट नेपालका तराइका भू-भागहरु, भारतका महत्वपुर्ण शहर जस्तै: सिलुगुड़ी, बागडुग्रा, नक्सल आदिका शहरहरुको दृष्य अवलोकन गर्न सकिन्छ र यस ठाउँबाट सफा मौसमका बेला विभिन्न टाडा टाडा शहरसम्म झिलिमिली बत्तिको बलेको दृष्य देख्न सकिन्छ । यस क्षेत्रमा पाईने दुर्लब जीवजन्तुहरुमा:- बाँदर, कालिज, मृग, बदेल, खरायो, दुम्सीले पर्यटकका लागि थप रमणीय बनाएको छ । यो क्षेत्रमा अल्लो सिस्नु पाइने गर्दछ जो चाहिँ प्रेशर-हाई, डाइबेटिज आदिका बिरामीहरुका लागि औषधीको रुपमा प्रयोग हुने गर्दछ । जैविक विविधताका लागि हाँस पोखरी क्षेत्रमा आर्केट, सुनाखरी आदिको संरक्षण गरि राखिएको छ ।विभिन्न अध्ययन प्रतिवेदनहरूले यहाँ उच्च प्याराग्लाईडिङको सम्भावना रहेको देखाएका छन ।  वाई.पी.

अन्य आकर्षण धामका तस्विरहर

pathivaraa Mandir kuti dada (1)

श्री पाथीभरा देबीको मन्दिर प्रवेश गर्नु अगाडिको प्रवेश द्वार कुट्टीडाडा बजार

pathivaraa Mandir kuti dada (2)

श्री पाथीभरा देबीको मन्दिर प्रवेश गर्नु अगाडिको प्रवेश द्वार

pathivaraa Mandir kuti dada (7)

श्री पाथीभरा देबीको मन्दिर प्रवेश गर्दाको १०४१ वटा रमणीय सिडी

pathivaraa Mandir kuti dada (8)

श्री पाथीभरा देबीको मन्दिर यात्राको क्रममा उकाली सिडीमा अबस्थित बिश्राम स्थल

pathivaraa Mandir kuti dada (9)

श्री पाथीभरा देबीको मन्दिर नजिकैको पुजाका सामाग्री पाइने पसलहरु

pathivaraa Mandir kuti dada (10)

श्री पाथीभरा देबीको मन्दिर नजिकैको पुजाका सामाग्री पाइने पसलहरु

pathivaraa Mandir kuti dada (5)

श्री पाथीभरा देबीको मन्दिरमा भगवति देबीको प्रतिमा

pathivaraa Mandir kuti dada (3)

श्री पाथीभरा देबीको मन्दिर

pathivaraa Mandir kuti dada (6)

श्री पाथीभरा देबीको मन्दिर नजिकै शिवालय मन्दिर

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*