ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: श्री पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार क्षेत्र

श्री पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार क्षेत्र

नेपालको सुदुरपूर्वमा रहेको मेची अञ्चलले सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक एबं ऐतिहासिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान राखेको कुरा सर्व-बिदित छ । मेची अञ्चलका ४ जिल्लाहरु मध्ये ताप्लेजुङ, पाँचथर, ईलाम जिल्लाको प्रवेशद्वारको रुपमा रहेको झापा जिल्लाको सीमाना पूर्वमा छिमेकी राष्ट्र भारत, पश्चिममा कोशी अञ्चलको मोरङ्ग जिल्ला, दक्षिणमा झापाको सदरमुकाम चन्द्रगढी भद्रपुर हुँदै भारतको विहार जोड्ने, उत्तरमा ईलाम हुँदै पाँचथर अनि पूर्व कै अत्ति प्रशिद्ध पाथिभरा देबीको बास स्थान ताप्लेजुङसम्म पुग्ने मेची राजमार्गको उद्गम स्थलको रुपमा झापाको चारआलीलाई लिईन्छ । यस जिल्ला भित्र धार्मिक आस्था र संस्कृतिको धरोहरको रुपमा चिनिएको कनकाई नदी, कोटिहोम, अर्जुनधारा जलेश्वर धाम, पातालगंगा, कृष्ण थुम्की, दोमुखा, सतासीधाम, नेपालकै सबै भन्दा होचो स्थानमा रहेको केचना कवल र महाभारत पात्र किचकको बध (किचक बध) जस्ता अनेकै मठ् मन्दिर र गुम्बाहरु रहेको यो क्षेत्र बहु–धार्मिक, बहु–संस्कृति बिविधताले परिचित यस जिल्ला भित्र बिर्तामोड नगरपालिका देखि ६ कि.मी.पूर्व र काँकरभिट्टा देखि १२ कि.मी. पश्चिममा अबस्थित मेची राजमार्गको उद्गम क्षेत्रको रुपमा चिनिएको चारआली बन सम्पदाले भरि-भराउ क्षेत्र हो । अनेकौ बोटबिरुवा र घना-जंगल समेत रहेको यस क्षेत्रमा बिभिन्न जातिका बन्यजन्तुहरुले समेत संरक्षण पाएका छन् । प्रत्येक बर्ष पहाडी क्षेत्रबाट बसाई सरी आउँने प्रक्रियाले एक घनाबस्ती भएको शहर बन्दै गएको छ । दुवागढी–४,मा अबस्थित नेपाली सेनाको ब्यारेकको एक नम्बर गेटको पश्चिम उत्तरपट्टी महेन्द्र राजमार्गको करवि ५० मिटर उत्तर पश्चिम तिर करिब एकसय बर्ष पुरानो एक अचम्म, अनौठो र दुर्लभ वृक्ष देखियो । समाजका अगुवा, धार्मिक व्यक्तित्व, गुरु पुरोहित, पण्डित, लब्ध प्रतिष्ठित व्यक्तिहरुले सो वृक्षलाई उक्त समयदेखि आजसम्म अवलोकन गर्दा निश्चय नै अलौकिक दैविक शक्ति रहेको कुरा वृक्षाकृतिको विश्लेषणबाट प्राप्त भयो । यस्ता वृक्षमा देवी-देवताको बास हुने कुरा बिभिन्न धर्मग्रन्थहरुमा र पुराणदिबाट प्राप्त हुन्छ । मार्कण्डेय पुराणमा बर्णन भए अनुसार पृथ्बीमा दैत्यहरुको अत्याचार बढेपछि तिनको नास गर्न देवताहरुले देवीको आराधना गरे । त्यो प्राथना गरेको देखेर देवीको साक्षात् रुप हिमालबाट प्रकट भयो । दैत्य र असुरहरुको बध गर्न पृथ्बीमा आफ्नो दोस्रो पाईला देवीले मैदानमा टेक्दा यही क्षेत्रमा पर्न गयो । यसै गरी तेस्रो पाईला भारतखण्ड कलकत्ता क्षेत्रको गंगासागरमा पर्नगयो । तेस्रो पाउ परेको भारतको कलकत्तामा कालीदेवीको रुपमा चिनिएको कुरा प्रष्ट छ । पुराणले ब्याख्या गरे अनुसार कञ्चनजङ्घा हिमश्रृखला देखि आफ्नो यात्रा आरम्भ गरी झापाको यही क्षेत्रमा पाउ राखिएको उल्येख छ ।  यसरी कञ्चनजङ्घा क्षेत्रमा रहेकी देवीको नाम कालीका हुनु र कलकत्तामा काली नामले देवीको स्वरुप रहनु एबं दुर्गा सप्तसतीमा “श्रङ्गृे म हति काञ्चने” अर्थात सिंहमा बसेकी देवी कञ्चनजङ्घाबाट उत्पन्न भएकी भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ । कालीका देवीको दोस्रो पाउ पर्न गएको यस क्षेत्रलाई श्री पाउ पाथिभराको रुपमा लिनुपर्ने धार्मिक विश्वास रहेको छ । अर्को महत्वपूर्ण तथ्य यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिण तिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तर तर्फ बहन पुगेको छ । धार्मिक पुराणदिमा उल्येख भए अनुसार उत्तरतर्फ बहने नदी (गंगा)मा जो कोहिले स्नान गरे रोग, व्याय, अन्जानमा वा भुलेर हुन गएका पाप मोचन हुने सत् मन, बचन र कर्म प्राप्ति भै मोक्ष प्राप्त हुने कुरा समेत उल्येख भएको यो नदी, एक उत्तरगंगाको स्वरुपको रुपमा मानिन्छ । उक्त तथ्यहरुका आधारमा उत्पन्न भएको यस पाउ पाथिभराको नाम उत्तर गंङगा पाउ पाथिभरा रहन गएको हो । यस पबित्र भुमीमा रहेको वृक्ष मुनिको माटोलाई हातमा लिएर मन्त्र उन्त्रोच्चारण गर्ने बित्तिकै त्यही ठाउँमा मात्र बर्षा हुने गरेको र यसरी त्यहि मात्र बर्षा हुनुले तत्कालै दैवी शक्तिको अनुभुति भएको हामी सबैले महशुस गर्न पायौ (धाम परिषरमा समितिको चासो पूर्ण भनाई)

यातायातः

यो धाममा आउँनको लागि यातायातको एकदमै सहज रहेको छ । पूर्वमा नेपालको पूर्वी नाका काकडभिट्टा बजारबाट पश्चिम तर्फ महेन्द्र राजमार्गको कालोपत्रे सडक, पश्चिमबाटको यात्रामा मोरङ्गबाट प्रवेश गर्दाको मुख्य बजार क्रमशः दमक, सुरुङ्गा, बिर्तामोड हुँदै चारआली सम्मको कालोपत्रे महेन्द्र राजमार्ग, उत्तर तर्फबाटको तिर्थालु दर्शनार्थिहरुको यात्रामा मेचि राजमार्ग अन्तर्गतका मूख्य बजारमा पाँचथरको फिदिम हुँदै ईलाम अनि ईलामको पशुपतिनगर, फिक्कलबाट झापाको संगम स्थल चारआली साथै दक्षिण तर्फको यात्राको बारेमा हवाईमार्ग भद्रपुर बिमान स्थलसम्मको हवाई यात्रा पश्चात  त्यहाँबाट बिर्तामोड हुँदै चारआलीसम्म यातायातका साधन प्रशस्तै पाईनेछन् ।

यात्रा समयः

बिर्तामोडबाट चारआलीसम्मको यात्रा तय ६ कि.मी.पूर्व (अन्दाजी १० मिनिट)को सवार, काँकरभिट्टा देखि १२ कि.मी. पश्चिममा अबस्थित (अन्दाजी १० मिनेट) को सवारमा यस चर्चित अनि प्रशिद्ध धाम आई पुगिन्छ । यो धाममा शनिवार र मंगलवार पुजा गर्ने दर्शनार्थिहरुको उल्येख्य भिड हुने गर्दछ । बर्ष भरी नै यस धाममा पुजा गर्न तथा भगवति देवीको दर्शन गर्न दर्शनार्थिको घुँईचो हुने गर्दछ ।

ध्यान दिनु पर्ने कुराः

यो धाममा बली प्रथा पुरै निषेध गरिएको छ । टाडा टाडाबाट आउने अर्थात देवीको उपरमा आफ्नो मनोकान्क्षा पुरा गर्नको निम्ती पशुपंक्षीको भाकल गर्ने गरेको र पछि यहाँ ल्याई चडाउँने प्रथा रहेको भएता पनि अहिले आएर यस कार्यलाई हटाई मिष्ठान, नैवेद, फलफूल र पुष्पले श्रीपाउ पाथिभरा देवीको पुजा गर्ने चलन रहि आएको छ ।

खान र बस्नको ब्यबस्थाः

यो धाम नजिकै रहेका चारआली बजारमा सामान्य अबस्थामा रहेका होटलमा चिया नास्ताको ब्यवस्था भएता पनि सुबिधा सम्पन्न होटल र आरामदायी बस्नका लागि पूर्व कै अत्ति सुबिधा सम्पन्न होटलः डिलाईट होटल (जो चाँही मूख्य तथा यहि पेजको दाँया साईटमा रहेको लोगोमा क्लीक गरी पुरा बिबरण हेर्न सकिन्छ) मा खान र बस्नको सुबिधा रहेको छ ।

पहिरनः

धार्मिक तथा सभ्य पहिरन धारण गर्नु पर्ने साथै मौसम अनुसारको नेपाली मौलिक पहिरन लगाउनु पर्ने छ ।

यस क्षेत्रको महत्वः

सनातन हिन्दु धर्मावलम्बीहरुको बिभिन्न पर्वमा यस धाममा बिशेष महत्व रहेको छ । बर्षभरी कै मनाईने चाडपर्वहरुमा नजिक तथा टाडाबाट आउने पर्यटक तथा दर्शन गर्न आउने दर्शनार्थीहरुको अत्याधिक मात्रामा उपस्थित हुने गर्दछ । महिलाहरुको मुख्य चाड तिज पर्वमा यहाँ घुँईचो हुने गर्दछ । नौरथको बेलामा यस धाममा बिभिन्न ठाउँबाट सामुहिक रुपमा जमरा राख्नुको साथै नौरथा भरी नै नव दुर्गा भगवतिको आराधना गरी देवीको भब्य पुजा गरिन्छ । लक्ष्मी पुजामा पनि यहाँ दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ । शिवरात्रीको बेला साथै राम नवमीमा यहाँ पुजा-आजा गर्नको लागि उद्गम स्थल मानिएको छ ।  यहाँ परा-पूर्वकाल देखि नै अचम्मका अदृष्य घटना घटेका तथ्यहरु रहेकाछन् । यस पबित्र भुमीमा रहेको वृक्ष मुनिको माटोलाई हातमा लिएर मन्त्र उन्त्रोच्चारण गर्ने बित्तिकै त्यही ठाउँमा मात्र बर्षा हुने गरेको र यसरी त्यहि मात्र बर्षा हुनुले तत्कालै दैवी शक्तिको अनुभुति भएको पाईन्छ । यस्ता एबं प्रकारका घटनाले यो धाम प्रशिद्ध एबं चर्चामा आएको हो । प्राचिन आर्य दर्शनका उपदेशलाई मानव सभ्यताको रुपमा लिई सनातन देखि पुर्खाले जीवन्त राख्दै यहाँसम्म जोगाएको आध्यात्मिक परम्पराको अनुशरण गर्दै “विश्व शान्ति तथा मानव कल्याणका लागी” श्री पाउ पथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्धर्न समितिद्धारा श्री रामनवमीको पावन अवसरमा श्रीमद् देवी भागवत महापुराण भब्यताका समापन भएको छ । २०७१ साल चैत्र ७ बाट आरम्भ गरि महापुराण श्री अनन्त बिभुशित जगतगुरु श्री बाल सन्त मोहाशरण देवाचार्य जी महाराजका वरद् वाहुलीबाट २०७१ साल चैत्र ८ गते महापुराणको समुद्घाटन गरि नेपालकी प्रथम महिला विदुषी सुश्री तारा घिमिरे ज्यूका मुखारबिन्दबाट कथा प्रवचन तथा पं. श्री रामशरण सापकोटा ज्यूबाट पाठपारायणका भई चैत्र १६ गते ज्ञान महायज्ञ सम्पन्न भएको हो ।

अन्य आकर्षणः

यहाँ अबस्थित श्रीपाउ पाथिभरा मन्दिरमा आउने तिर्थालु एबं पर्यटकहरुले यस मन्दिरको उत्तरमा अबस्थित पूर्व कै सान ईलामको कन्याम, रमणिय दृष्यालोकनका लागि हरियाली चिया बगान, श्रीपाथिभरा देवीको नामले परिचित कुट्टिडाडामा अबस्थित श्रीपाथिभरा देवीको मन्दिर, श्री पाउ पाथिभरा मन्दिर धाम नजिकै पश्चिम उत्तरमा शहिद पार्क (सुखानी) रहेको छ भने त्यहाँ नजिकै अर्को कालीका शक्ति पीठ मन्दिर, पूर्व कै पशुपति नाथको रुपमा परिचित रहेको श्रीअर्जुनधारा जलेश्वर धाम, श्रीबिन्ध्याबासिनी देवीको मन्दिर, दक्षिण दिशामा प्रशिद्ध एबं ऐतिहासिक महाभारत पात्र किच्चक बध तथा केचना कवल, पूर्व दिशामा रहेको यस्तै अर्को चर्चित द्वापर युगमा श्रीकृष्ण भगवानले गाई चराएको ठाउँ तथा पाँच पाण्डबहरुको ईतिहाससँग जोडिएको रमणिय एबं सुन्दर ठाउँ बाहुनडाँगीको कृष्णथुम्कीको बारेमा दर्शन तथा यी क्षेत्रहरुको अवलोकन गर्नु हुनेछ । पूर्वको नाका काकडभिट्टा बजार, सँधै ब्यस्त रहने धुलावारी बजार, बिकासको क्रममा तिब्र फड्को मार्न सफल चारआली बजार, पश्चिममा रहेको घना शहर बिर्तामोड बजार, दमक बजारहरुले थप यहाँको ब्यस्ततामा शोभा बढएको छ । “जय दुर्गा भवानी” !!

Recent Activities

 श्री पाउ पथिभरा उत्तरगंगाका केहि झलक साथै रमणिय तस्बिरहरु:

2 P1040926

श्रीपाथिभरा देवीको पाउ:

3 P1040924

वृक्षमुनिको माटोलाई हातमा लिएर मन्त्र उन्त्रोच्चारण गर्ने बित्तिकै त्यही ठाउँमा मात्र बर्षा हुने गरेको  ठाउँको वृक्ष 

4 P1040923

श्री पाथिभरा देवीको नेपालमा अबस्थित दोस्रो पाउ: जो चाही श्रीपाउ पाथिभरा देबी:

5 P1040920

श्री पाथिभरा देवीको नेपालमा अबस्थित दोस्रो पाउ: पछाडिको भाग (जो चाही श्रीपाउ पाथिभरा देबी:)

6 P1040918

श्रीपाउ पाथिभरा देबी: को धाममा पुराणको केहि झलक:

7 P1040917

श्रीपाउ पाथिभरा देबी: को धाममा पुराणको केहि झलक:

8 P1040916

श्रीपाउ पाथिभरा देबी: को धाममा पुराणको केहि झलक:

a P1040929

श्री पाथिभरा देवीको नेपालमा अबस्थित दोस्रो पाउ: जो चाही श्रीपाउ पाथिभरा देबी:

“जय दुर्गा भवानी” !!

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*