ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: श्री पतालेश्वर महादेवको मन्दिर :- म्याङ्लुङ न.पा. ८, भोटेछाप- जिरिखिम्ती, तेह्रथुम

श्री पतालेश्वर महादेवको मन्दिर :- म्याङ्लुङ न.पा. ८, भोटेछाप- जिरिखिम्ती, तेह्रथुम

तिर्थ स्थलः श्री पतालेश्वर महादेवको मन्दिर

कोशी अञ्चल तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हुँदै बशन्तपुर जाने राजमार्ग अन्तर्गत  जिरिखिम्ती बजारबाट उत्तर, आम्बुङ गा.वि.स. हाल म्याङ्लुङ न.पा. ८, भोटेछाप स्थित श्री पतालेश्वर महादेवको मन्दिरले यो ठाउँलाई निकै नै शोभा बढाई दिइको छ । यो मन्दिर बि.सं. २०६८ सालमा निर्माण भएको भएता पनि यसको छुट्टै पौराणिक कहानी रहेको पाईन्छ । यो मन्दिर निर्माण हुनु भन्दा अगाडि शिवबाबा गुरु बिराटनगरबाट आउनु भई उत्खनन् गर्नु भएको थियो । वहाँको भनाई अनुसार महादेवले आफ्नी अर्धाङ्गिनी सतिदेवीको मृत शरिरलाई लिएर पदमार्ग हिड्ने क्रममा देवीको पैताला पतन हुन गएको र यस पबित्र भुमीमा श्री पतालेश्वर महादेव उत्पति भई सात्क्षात महादेव भगवानले बास गरेको भनाई रहेको हुनाले यस ठाँउलाई श्री पतालेश्वर महादेव नामाकरण गरी पुजा गर्न शुरु गरिएको । यस मन्दिर भित्रको पूजागर्ने मूख्य ठाउँमा जमिन बढ्ने (उचाई) भएर आप्सेआप आउने गरेको प्रत्यक्ष देख्न सकिन्छ । कुनै समयमा यस ठाउँमा नागले बेरेर शेषन गरेर बस्ने र मध्यान्हमा घण्टी बजेको आवाज सुनिने गरेको अनि गुनगुन गरी नबुझिने गरेर बातमारेको जस्तो गुनगानहरु सुनिने गर्दथ्यो । अगाडि पट्टीको मुल घण्टी लगायत दुईवटा घण्टी पिङ्गखेल्ने जस्तो मच्ची रहने, सुस्तगरी बजेको आवाज आउने, सल्लाघारी (सल्लेरी बन) सुसाएको जस्तो सुनिने, भुकम्प गए जस्तो गरी थर्कमान भई आवाज सुनिने जस्ता चमत्कार घटनाले थप यस धामलाई प्रख्यात बनाएको छ । स्थानिय तथा धाम संरक्षक टंकसिंह गुरुङ्गका भनाई अनुसार राती सपनामा पुजाबिधि सिकाउने र मान्छे बोलेको आवाज सुनिने तर मान्छे नदेखिने यस्ता आश्चर्य लाग्दो घटना सँधै हुने गर्दथ्यो । उत्खनन् हुनुपूर्व राति करिब ११:००/१२:०० बजे तिरको समयमा ज्योतिर्लिङ्ग आकाशसम्म झलमल्ल बलेको प्रत्यक्ष मोहन बहादुर गुरुङ्गले देखेको भनाई रहेकोछ । मन्दिर देखि पूर्वतिर सिधा मन्दिरदेखि लगभग ५० मिटर तल पानीको मुहान भएको र त्यहाँ धेरैबर्ष अगाडि पोखरी थियो र पछि त्यो पोखरी संरक्षण अभावले फुटि पूर्वतिर बगेको भन्ने भनाई रहेको छ ।  यस मन्दिरमा थप ऐतिहासिक शोभा बढाउन यो पोखरीको जिर्णेद्वारको आवश्यक रहेको छ ।

यातायातः

तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका अन्तर्गत म्याङ्लुङ–बशन्तपुरको पक्की सडक र सोही सडकमा पर्ने र मोराहाङ हुँदै श्रीजुङ्ग जानको लागि प्रबेशद्वारमा भएको, अत्ति नै रमणिय जिरिखिम्ती बजारबाट उत्तर तर्फ पैदलमार्ग करिब ३० देखि ४० मिनेटमा यस श्री पतालेश्वर महादेवको धाम मन्दिरमा पुग्न सकिने छ । राजमार्ग देखि करिब २ कि.मि. सम्म निजी सवारी साधनबाट कच्ची सडकको यात्रा गरी त्यस पश्चात पैदल यात्रा १० मिनेटमा पुग्न सकिन्छ ।

यात्रा समयः

तेह्रथुमको जिरिखिम्ती बजारबाट उत्तर तर्फ करिब ३ कि.मि.को दुरीमा रहेको यो धाममा आउन पैदलमार्ग करिब ३० देखि ४० मिनेटमा यस श्री पतालेश्वर महादेवको धाम मन्दिरमा आईपुग्न सकिने छ ।  राजमार्ग देखि करिब २ कि.मि. सम्म निजी सवारी साधनबाट कच्ची सडकको यात्रा गरी त्यस पश्चात पैदल यात्रा १० मिनेटमा पुग्न सकिन्छ । सोमबारका दिन नुहाएर सफा पहिरन लगाई, भोजन सेवन नगरी पूजा गर्नु पर्ने हुन्छ । बिशेष पर्वहरुमा जस्तैः शिवरात्री, बालाचतुर्दशी, श्रावण महिना भरी शिवजीलाई जल चढाउने र तिजमा बिशेष पूजाको कार्यक्रम हुने भएकोले आफ्नो अनुकुलता मिलाई यात्रा गर्नुपर्ने छ ।

ध्यान दिनु पर्ने कुराः

यस धाममा पूजापाठ तथा दर्शन गर्न आउँदा जुत्ता–चप्पल, छालाजन्य बस्तुहरुलाई मन्दिरको मुख्य गेट बाहिर राखि मन्दिर प्रबेश गर्नु पर्नेहुन्छ । श्री पतालेश्वर महादेवको धाम मन्दिरमा भित्र रातो फूल, रातो अबिर, रातो अक्षता, रातो कपडा अर्थात जति पनि रातो बस्तुलाई चढाउन मनाही छ । खाना खाएर श्री पतालेश्वर महादेवको धाम मन्दिरमा पस्न मनाही रहेको छ ।

खान र बस्ने व्यवस्थाः

हालको परिपेक्षमा मूख्य शहर जिरिखिम्तीमा अबस्थित सुबिधा सहितको, आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउस  (जो चाही यसै पेजको मूख्य भागको दाँया साईडमा रहेको लोगोमा क्लीक गरी सम्पूर्ण जानकारी लिन सकिन्छ) सधै यो गेष्ट हाउस आगन्तुक पाहुनालाई सेवामा समर्पित रहेको छ ।

यस धाममा यात्राको व्यवस्थाः

तेह्रथुम जिल्लाभरीका लगायत श्री पतालेश्वर महादेवको धाम मन्दिरमा दर्शन गर्न जानका लागि आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउसले यात्राको सुरक्षित व्यवस्थाको प्रबन्ध मिलाउने गरेको छ । जिल्लाभरीका धार्मिक तथा रमणिय पर्यटकीय क्षेत्रहरुको प्रत्यक्ष अवलोकनका लागि यहाँबाट आरामदायी यातायातका सवारी साधनबाट गन्तव्यसम्म पुर्याई ल्याउने काम गरिन्छ ।

पहिरनः

सभ्य र सु–संस्कृत सहितको पहिरन लगाई धाम दर्शन गरे आफ्नो मनोकान्क्षा पुरा हुने बिश्वास रहेको छ ।

यस क्षेत्रको महत्वः

यस धाममा दर्शनार्थीहरु आई भगवान प्रतिको आश्था र विश्वासमा लिनभई भगवानको आराधना गरी भक्त भएमा आफ्नो मनकामना पूर्ण हुने जनबिश्वास रहि-आएको छ । यस महादेवको शिवालय मन्दिर भित्र रहेको कुण्डमा जतिपनि शुद्ध दुध धारे त्यो दुध त्यही सोची हराएर जाने तर पानीलाई धारेमा कुण्डबाट बाहिरी भाग भई बग्ने आश्चार्य रहेको ईतिहास साक्षी छ । यस धाममा दर्शन गर्न आउने भक्तजनलाई सात्क्षातकार महादेवसँगको निकटता नजिक भएको महशुस भई आफूलाई कम्प आउन लागेको जनाउने गरेकाछन । यस धाममा बिशेष गरी शिवरात्री, बालाचतुर्दशी, श्रावण महिना भरी शिवजीलाई जल चढाउने र तिजमा बिशेष गरी महिला दिदि बहिनीहरुले यस धाममा आई भगवान प्रती पुजा गर्ने गरिन्छ । सोमबारका दिन नुहाएर सफा पहिरन लगाई पूजा गर्न धुमधाम घुईचो हुने गर्दछ । अग्नी कुण्डको बिगुत लगाएर नानीहरुलाई सुताएमा निन्द्रामा आत्तिएर रुने कराउने र चिच्याउने, सपनामा हुने जस्ता आपत बिपतहरुबाट पनि मोक्ष हुने बिश्वास रहेको पाईन्छ ।

अन्य आकर्षणः

यस धामको चारैतिर हरियाली वातावरणले भरीपूर्ण रहेको, घनाबस्ती सजिसजाउ भएको जिरिखिम्ती बजारले थप यहाँको शोभा बढाएको छ । साथमा नजिक रहेकी पबित्र आस्थाकी देवी सिमिनाक्षी भगवती धाम, यस धामको नजिकै यस जिल्लाको सदरमुकाम म्याङलुङमा रहेको अर्को प्रशिद्ध श्री सिंहबाहिनी भगवती, तिनजुरे मिल्के जलजलेको गुराँसले दिएको मनमोहक सुन्दरता अनि साथमा रहेकी आस्थाकी प्रतिमुर्ती श्री पाथिभरा देवीको मन्दिर, यस धाममा आई अरु थपः यात्रा अवलोकनका लागि पूर्व दिशामा छुट्टै आफ्नो बेजोड ईतिहाँस बोकेको मझौ गुफा, श्री गाई खुरी धाम तथा आकर्षण भकारी र बिश्व कै लामो तथा अग्लो ह्यात्रुङ झरना लगायतले पनि र त्यस क्षेत्रको यात्रा गन्तब्यमा केन्द्रबिन्दु रहेको यो धाम तथा महादेवको मन्दिर निकै प्रख्यात हुँदै आएको छ । यी धार्मिक तथा पर्यटकीय क्षेत्रहरुले गर्दा थप यहाँको आकर्षण बढाई पर्यटन विकासमा टेवा पुगेको छ । वाई.पि.

प्रस्तोताः
पूर्वाञ्चल पर्यटन विकास संस्था
९८०६०२९०९४
दमक–झापा

यस श्री पतालेश्वर महादेव धामका अन्य आकर्षण तथा रमणिय तस्बिरहरुः

1

2

3

5

6

4

7

8

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*