ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.3 ईलाम जिल्ला(Ilam District) :: श्री नावालुङ सिंह देवी मन्दिर:- पाटीगाउँ-गजुरमुखी, ईलाम

श्री नावालुङ सिंह देवी मन्दिर:- पाटीगाउँ-गजुरमुखी, ईलाम

तिर्थ स्थलः श्री नावालुङ सिंह देवी मन्दिर
मेची अञ्चलको ईलाम जिल्ला गजुरमुखी गा.वि.स.को वडा नं. १, पाटीगाउँ अबस्थित “ श्री नावालुङ सिंह देवी मन्दिर” (ऐतिहासिक गूफा) यो क्षेत्र निकै नै रमणिय अनि पबित्र धार्मिक तिर्थस्थलको रुपमा चिनिन्छ । धार्मिक दृष्टिकोणमा हेर्दा परापूर्व कालमा स्थापित पूर्वाञ्चल कै प्रसिद्ध ताप्लेजुङमा अबस्थित श्री पाथिभरा देवी की बैनीको रुपमा सात्क्षातकार उत्पति हुनु भएकी भगवतिको नामाकरण रहनुमा परापूर्वकालमा यस क्षेत्रमा बसोबास गर्ने बासिन्दा जो ‘लिम्बु समुदाय’को भाषामा यो भयानक ढुङ्गामा “नावा” राष्ट्रिय भाषामा हुचिल र ‘लुङ’ भनेको सोहि भाषामा ढुङ्गा अर्थात हुचिल बस्ने ठाउँमा देवीको पबित्र बासस्थान रहेको हुनाले यो ठाउँको नाम “श्री नावालुङ सिंह देवी” रहन गयो । धार्मिक दृष्ट्रिकोणले मात्र नभई पर्यटकका लागि यो ठाउँ अत्यन्तै रमणीय ठाउँ, बिशाल ढुङ्गाको दृश्यालोकन साथै अचम्मका, बिचित्रका गूफाहरुको अवलोकन गर्न पाईने हुँदा यो ठाउँलाई पर्यटकीय क्षेत्रको (पर्यटकीय स्थल) घोषणा गरिएको छ । यहाँ आसपासका गा.वि.स.हरुबाट मात्र नभई टाडा टाडाबाट आउने आगन्तुक पर्यटकको घुईचो बढ्न थालेको छ । साथै सात्क्षातकार देवी भगवतिको पूजापाठ गर्न आउने दर्शनार्थीको पनि आवत–जावत निकै बढेको छ ।

यातायातः
पबित्र अनि बिशाल ढुङ्गाको आकृतिमा बिराजमान श्री नावालुङ सिंह देवी मन्दिर धामको दर्शन गर्न ईलाम जिल्लाबाट नेपालटारसम्मको पक्की सडक हुँदै नेपालटार–मंगलबारे कच्चि सडक, (जो अहिले धमाधम कालो पत्रे भई रहेकोछ) र मंगलबारेबाट देउमाई दोभान हुँदै रबि–लुम्दे राजमार्ग अन्तर्गत पाटीगाउँ आईपुग्न यातायातका साधन पाईनुका साथै आफ्नो निजि साधनहरु लिएर आउन सकिन्छ ।

यात्रा समयः
ईलाम सदरमुकामबाट नेपालटारसम्मको पक्की सडक अ.१२ कि.मि., नेपालटार–मंगलबारे कच्ची सडक अ.१३ कि.मि. र मंगलबारे देउमाई दोभान हुँदै यस पाटीगाउँको श्री नावालुङ सिंह देवी मन्दिर, ऐतिहासिक पर्यटकीय स्थल आईपुग्न अ.२२ कि.मि.को दुरीमा रहेको र यो धाम पर्यटकको लागि निकै नै रमणीय क्षेत्र भएको हुनाले आफ्नो अनुकुल समय मिलाई सात्क्षातकार देवीको दर्शन गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराः
धाम दर्शनमा आउँदा दर्शनार्थीले स्नान गरी पबित्र भई माता देवीको मन्दिरमा आयनु पर्ने हुन्छ । धाम परिषरमा धुम्रपान र मद्यपान जस्ता बस्तु प्रवेश र पुजा अवधिभर ग्रहणमा निषेध गरिएको छ । छालाजन्य बस्तुहरुलाई गेट बाहिर नै खोलेर अर्थात राखेर मन्दिरमा प्रवेश गर्नुपर्ने छ ।

खान/बस्नको ब्यबस्थाः
नजिकै रहेको गजुरमुखी बजार साथै मंगलबारे बजारमा रहेका होटल तथा गेष्ट-हाउसमा खाना तथा बस्नको स्वयंले व्यवस्था मिलाई आफ्नो यात्रा तय गर्नुपर्ने हुन्छ ।

यस क्षेत्रको महत्वः
सिंह देवीको मन्दिर ऐतिहासिक गुफामा बिषेश गरी हरेक बर्षको बैशाखे पूर्णिमाका दिन भगवतिको बाहन सिंहलाई बलीपुजाः–बोका, कुखुरा, परेवाहरुको बलीदिने चलन रहेको छ । साथै नैवेदपुजाबाट पनि पुजाआजा गरिन्छ । यस देवीस्थानमा रहेकी सात्क्षातकार भगवतिको दर्शन गरेमा जसरी श्री पाथिभरा, श्री गजुरमुखी देवीमा शक्ति मागी मागपुरा हुन्छ त्यसैगरी यहाँ पनि आफ्नो स्वच्छ मनले चिताएको पुराहुने जन–विश्वास रहि-आएकोछ । श्री नावालुङ सिंह देवी श्री गजुरमुखी देवीकी दिदी हुन भन्ने धेरै अगाडिका धामी–झाँक्री र पुख्र्यौलीले बताउँदै आएका छन् र यहाँ दर्शन गर्न आउने भक्तजनहरुमा बिश्वास रहेको पाईन्छ ।

अन्य आकर्षणः
श्री नावालुङ सिंह देवीको धाम अर्थात मन्दिर अवलोकन गर्न बार्है –महिना खुल्ला रहेको छ । यहाँ भयानक दुईवटा ढुङ्गा रहेका छन् र यी ढुङ्गा करीब ५० मिटर भन्दा अग्ला र ५० मिटर भन्दा गोलाई आकारमा रहेकाछन् । यस ढुङ्गा माथि चढेर दृष्यालोकन गर्दा यिनै देवीकी कान्छी बहिनी श्री गजुरमुखी देवीको मन्दिर, त्यहाँ वरपरको घना बस्ती, नजिकै रहेको देउमाई किनार, रमणीय बेसी तथा वरपरका फाँटहरु सहजै देख्न सकिन्छ । साथै देउमाई फाँकफोक दोभानमा भएको महादेब उत्पतिलाई पनि यस मन्दिरबाट अवलोकन गर्न सकिन्छ । जय भगवति माः

श्री नावालुङ सिंह देवीको धाम परिसर् तथा वरिपरी अन्य रमणीय दृष्यहरु

NawalungDebi_1

NawalungDebi_3

NawalungDebi_5

NawalungDebi_6

NawalungDebi_7

NawalungDebi_8

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*