ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: श्री धनेश्वर शिव पाञ्चायन मन्दिर (दमक-५, झापा)

श्री धनेश्वर शिव पाञ्चायन मन्दिर (दमक-५, झापा)

दमक कै गहना:धनेश्वर मन्दिर

धार्मिक स्थलः श्री धनेश्वर शिव पाञ्चायन मन्दिर
मेची अञ्चल झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ५ मा रहेको धनेश्वर शिव पाञ्चायन मन्दिर अहिले आएर निकै प्रमुख, प्रसिद्ध मानिदै आएको छ । आदिम्काल देखि नै डाँङ्ग्रेबाबाको नाममा यहाँका आदिवासी (धिमाल) हरुले पुजागर्ने, बर्षभरीको बाली पाकेपछि पहिले बाबालाई चडाउने चलन रहेको थियो । समय परिवर्तन सँगसँगै २०५४ सालमा मन्दिर संरक्षण समिति गठन भई विकासको गतिलाई तिब्र बनाईयो । त्यसपछि डाँङ्ग्रेबाबाको नामलाई संसोधन गरी धनेश्वर शिव पाञ्चायन मन्दिर नामाकरण भयो । यो मन्दिरमा पुस्तौदेखि एउटा पिपलको बृक्ष रहेको छ । त्यो पिपलको हाँगा उत्तरतर्फ पैलिएर गई त्यसको हाँगा मध्येबाट हाँगामा बाधिएको अवस्थामा निकै मोटो र लामो फलामको साँङली झुन्डिएर मन्दिरको उत्तर तर्फमा रहेको बिशाल पोखरीको बिचमा साँङली डुवेको अवस्थामा भेटिएको थियो । स्थानिय बासिन्दा, अग्रजहरुको भनाई अनुसार उक्त साँङलीमा ईश्वरले धनलाई “सेस”मा साँङलीले बाँधेर पोखरीमा सुरक्षित राखेको छ भन्ने किम्बदन्ती रहेको अनुसार अहिले आएर “धनेश्वर” नाम रहनगई श्री धनेश्वर शिव पाञ्चायन मन्दिरको नामबाट स्थापित रहेर यो नगरमै धार्मिक क्षेत्रको रुपमा अगाडि परिचित छ । उक्त पोखरीलाई नागले सुरक्षा दिएकोले र हालसम्म पनि नाग देवताको बासस्थान रहेकोले हुनाले उक्त अचम्मको परिदृष्यलाई उत्खनन गर्न सकिएको छैन । यस पवित्र एवं प्रशिद्ध मन्दिरमा बिशेष गरी सोमबार, मंगलबार अनि शनिबार पुजापाठ गर्नेको उल्लेख्य भिड हुने गरेको भएता पनि दर्शनार्र्थी आफु स्वयमले आफ्नो ब्यस्त समय मिलाई बिना रोकटोक पुजाआजा गर्नुको साथै पबित्र धामको दर्शन गर्न सक्नु हुनेछ ।

यातायातः
सुन्दर नगरी दमकको मुख्य गणतन्त्र चोकबाट क्याम्पस मोड, हाईवेसम्म प्रशस्त सवारी साधन पाईने छ । त्यहाँबाट नजिकै रहेको यो धाम आउन आफ्नो निजी साधान प्रयोग गरी अथवा सिटीसफारीको माध्यमबाट सहजैरुपमा यो मन्दिरमा आईपुगिन्छ ।

यात्रा समयः
गणतन्त्र चोकबाट ५०० मिटर पश्चिम क्याम्पस मोड, हाईवेबाट उत्तर खरखरे आम्दा अस्पतालको बाटो करिब १ कि.मि. को यात्रामा आफ्नो निजी साधान प्रयोग गरी अथवा सिटीसफारीको माध्यमबाट सहजैरुपमा यो मन्दिरमा आईपुगिन्छ ।

ध्यान दिनु पर्ने कुराः
मन्दिर दर्शन गर्न आउदा धाम परिसर भित्र धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन । कुनै प्रकारको जुठो, सुतक लगायतको असयीय अवस्थामा पुजाआजा लगायतको कार्य गर्न मनाही गरिएको छ । यसमा ध्यान दिनु पर्ने हुन्छ ।

खान र बस्नको ब्यबस्थाः
यस प्रसिद्ध धाम परिसरमा टाडाबाट आउने अतिथि, दर्शनार्थी, भक्तजनहरुलाई लक्षित गरि आगन्तुकहरुलाई सुबिधाको निम्ति धाम परिसरको नजिकै रहेको दमक बजारमा सुबिधा युक्त होटेलमा जस्तैः– पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस, होटेल कात्यायनी ईन, होटेल देउराली एण्ड लज साथै सुरुङामा रहेको होटेल डिलाइट यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरनः
सनातन सस्कृतिको मुल स्थलो भएको हुँदा धोती, कुर्ता, टोपी या दौरा सुरुवाल कोट आदी या तिर्थालुका लागि कुनै निश्चित पहिरन निर्धारण गरिएको छैन ।

यस क्षेत्रको महत्वः
पौराणिक कालदेखि डाँङ्ग्रेबाबाको नाममा यहाँका आदिवासी (धिमाल) हरुले पुजागर्ने, बर्षभरीको बाली पाकेपछि पहिले बाबालाई चडाउने चलन रहेकोले यसको परापूर्वकाल देखिनै महत्वको रुपमा लिईएको पाईन्छ । यो मन्दिरमा बिभिन्न समयमा अदृष्य चमत्कार हुने, धिपधिप बत्ती बलेको देखिने र सामु गएमा बिलाउने साथै कुनै अनिष्ट हुनुको संकेत गराउने खालका गतिबिधि रहेको हुनाले पनि यो धामलाई साक्षात दैवीशक्तिको रुपमा महत्वको साथ लिईएको पाईन्छ । बिभिन्न किसिमका धुन, बाजा बजेको आवाज स्थानिय बासिन्दाहरुले सुन्ने गरेकोले दैवीशक्तिको बासस्थान रहेको भन्ने जनबिश्वास छ । कुनै अनिष्ट हुने संकेतमा पोखरीबाट नागहरु बाहिर निस्कने र यताउता घुम्ने गरेको पाईन्छ । धेरैमात्रामा भक्तजनहरुको समान हराएको र यहाँ आई भाकल÷दर्शन गरेमा सामान भेटिएको भनि प्रत्यक्ष दर्शनार्थीहरुले बताउने गरेको पाईन्छ । टाडाटाडादेखि भक्तालुहरुले भाकल गरेर मनोकांक्षा पुराभए पश्चात यहाँआई भाकल बुझाउने गरेको पाईन्छ । यो मन्दिरलाई स्वस्छ मनोकामना लिएर निकै महत्वका साथ हेरिएको कारणले नै अहिले आएर पुण्यकर्म, हवन होमादी, पुजाआजा, विवाह, ब्रतबन्ध लगायतका अन्य धेरै शुभकार्यहरु गर्नको निमित्त उल्लेख्य भिड हुनेगर्दछ ।

अन्य आकर्षणः
यस पबित्र मन्दिरमा सबै जात, बर्ण, लिङ्गहरुमा प्रवेश खुल्ला रहेको छ । जात र धर्मको नाममा बिभेद् गरिदैन । बिभिन्न देवीदेवताहरुको प्रतिमा राखेर मन्दिरलाई स्थापित गरेर यो ठाउँको निकै आकर्षण बनाईएको छ । सालै पिच्छे पुराणको आयोजना गरी मन्दिरको भुमि÷स्थानलाई प्रशिद्ध बनाईनुको साथै दैनिक सुमधुर भजन कीर्तनद्वारा मन्दिरको पुजापाठमा निरन्त्रता दिईएको छ । छुट्टै पुजारी आवास भवन, नाग देवता खेल्ने आकर्षण पोखरी, परापूर्वका देखिको पिपलको बृक्ष साथमा जोडिएर रहेको बेलको बृक्ष पनि । यिनै परम आकर्षकका साथमा बिशाल सामुदायिक भवन, जसमा बिभिन्न कार्यक्रम गर्न सकिने हुदाँ यो क्षेत्रमा धार्मिक एबम पर्यटनका लागि थप आकर्षण बनाएको छ । ॐ नम शिवाय !

श्री धनेश्वर शिव पान्चायन मन्दिर दर्शनमा आउनुहुने दर्शनार्थीहरुको लाइन बद्ध भिड ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर दर्शनमा आउनुहुने दर्शनार्थीहरुको लाइन बद्ध भिडमा पुजाआजा गर्नेहरु ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर दर्शनमा आउनुहुने दर्शनार्थीहरु द्वारा भजन कीर्तन गर्दै ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर दर्शनमा आउनुहुने दर्शनार्थीहरु द्वारा पुजाआजा, हवन, होमादी गर्दै ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर प्राङ्गणमा राधाकृष्ण मन्दिर ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर प्राङ्गणमा परापूर्वकालदेखिको चमत्कार नाग पोखरी ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर ।

श्री धनेश्वर शिव पान्चायन मन्दिर प्राङ्गणमा दाताहरुको सहयोगमा निर्माणधिन विशाल सामुदायिक भवन ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*