ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: श्री धनुषकोटि धाम> कनकाई न.पा., झापा

श्री धनुषकोटि धाम> कनकाई न.पा., झापा

नेपालको सुदुर-पूर्व मेची अंञ्चल झापा जिल्ला कनकाई नगरपालिकाको सेरोफेरोमा रहेको “श्री धनुषकोटि धाम” हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रुपमा परिचित हुदै आएको छ । यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठुला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन्त समीपमा रहेको कन्काई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल पनि रहेको छ । यो पछिल्लो समय हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रुपमा परिचित हुदै गएको छ । यसको स्थापना करिब ८ वर्ष पहिला भएको थियो । यहाँ श्रीकिराँतेश्वर महादेवको मन्दिर, विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्गका साथै गणेश, पार्वती, विष्णु लगायत अन्य देवि देवताको प्रतिमा दर्शन तथा अवलोकन गर्न पाइछ ।

 

dhanuskoti-dham 5

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*