ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.6 मोरङ्ग जिल्ला (Morang District) :: श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर > उर्लाबारी, मोरङ

श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर > उर्लाबारी, मोरङ

तिर्थ/पर्यटन: श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर

कोशी अञ्चल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं – ९, कटहरेमा अबस्थित श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिरको बिशेषताले अहिले आएर समग्र मोरङ जिल्ला नै यतिखेर चर्चाको बिषय बन्दै आएको छ । यतिमात्र कहाँ हो र यो कलियुगमा आध्यात्मिक रुपमा हेर्दा साक्षात्कार भगवानले > बाटो बिराउने अथवा सहि बाटो बिर्सेर गलत बाटो अपनाई पापै पाप, दुख कष्ट स्वरुपको जिन्दगि जिउनेहरुलाई सहि मार्गमा मार्ग निर्देश गर्दै दर्शन दिन आउनु भएको होकी या त बैज्ञानिक ढंगले हेर्दा आपत बिपत परेकालाई, आफ्नो बिध्या, ज्ञान, क्षमता, कला र शक्ति सबैलाई सदुपयोग गर्दै मानब जीवनको उद्धार गर्दै आउनु हुने पुजनीय गुरु: श्री गोबिन्द ढकालले यति खेर आश्चार्य चकित भूमिका निर्वाह गर्दै  आफैले निर्माण गरिएको श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिरको संरक्षण गर्दै आउनुभएको छ ।

को हुनुहुन्छ त “गुरु: गोबिन्द ढकाल” ?

गुरुको परिचय यस प्रकार रहेको छ ।

उहाँ सानै देखि अरुको भलाइ, सहयोग र अरु प्रति दया राख्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई आमाको कोखबाट पैदा हुने बित्तिकै देखि दैविक शक्ति या भुत प्रेतले सताउने गर्यो । पछि गुरु मान्यजनले उहाँलाई तन्त्र मन्त्र बिध्याद्धारा हेर्दै लैजाँदा उहाँलाई कुनै शक्तिवाला देउ आउने कुराको ठहर भयो । तर कुन देउ आउने कसैले छुट्याउन सकेनन । बिस्तारै घर परिवारमा धक्का दिदै गयो (संकेत दियो) । बाल्यकालको उमेर ६ वर्षसम्म धेरै पिडा पाएर आकुल भएको समयमा उहाँ लगायत उहाँका दुबै बहिनीहरुलाई पनि काम्ने जस्तो बिरामले सतायो । उहाँहरुलाई पनि कसैले समेट्न सकेन । तेही समयमा एक जना भोजपुरबासी उपाध्याय अधिकारी “भोटे देउ” मा बाक्य फुटी थान मन्दिर चलाउने, यो के हो त भनेर छानबिन गर्न सक्ने चौसट्ठी भाषा, त्यो सबै देउसँग लड्न सक्ने उपाध्याय गुरुसँग भेट भयो । उहाँले हाम्रो घर परिवारलाई यो समयमा हामीले पाएको दु:खकष्टको बारेमा वृतान्त कुराहरु बताउनु भयो । उहाले भने अनुसार हामीले सबै कुरा मान्दै गयौ र गोबिन्द गुरुको बिक्रम सम्बत २०५४ सालमा तन्त्र बिध्या साथमा बाक्य अथवा दैविक शक्तिको बोलि फुट्यो । उहाँको कथन अनुसार राई देउमा “म रिट्ठे झाक्री हु” भनेर बक्न थाल्नु भयो । त्यसपछि देउ चलाउदै जादा भोटे देउ प्रवेश भयो, चाइना यानीकि गुम्बाको नीति नियममा चलाउदै जादा बन झाक्री देउ प्रवेश भयो । बन झाक्री चलाउदै जादा लिम्बु देउ प्रवेश भयो र लिम्बु देउ चलाउदै जादा मैदानिबासी अथवा झागर भाषा, धिमाल भाषा र अरु भाषा पनि थपिदै गयो । गुरुले जुनसुकै भाषामा पनि लड्न सक्ने शक्ति उहाँलाई भगवानले दैविक शक्ति र बैद्य तरिकाबाट उपचार गर्न सफल हुनु भयो अथवा घनश्याम अधिकारी गुरुले सबै कुरामा साथ् दिएर अघि बढाउनु भयो । त्यसपछी भक्तजन अथवा बिरामीहरु उपचारको निम्ति आउन थाले र आए जति सबै सफल अनि निको हुदै आफ्नो घर जाने गर्दथे । उता गुरुका छोरा मिलन ढकालमा पनि सिंह देबी र नाग देउ प्रवेश भई पुजा आराधना सुरु गर्न थाले । साथै बन झाक्री र सिकारी स्वयम् नाग देवता आखाले देखियो । त्यस पछि धेरै संख्यामा बिरामी अथवा भक्तजनहरु १५०/२०० जना दिनमा आउन थाल्नु भयो । समय बित्दै गयो । धेरै बिरामीको मनोकामना, मागेको कुरा, चिताएको कुरा, पछी आइपर्ने विभिन्न संकट सहितको भबिष्यवाणी गुरुले बताउदै जानु हुन्थ्यो धेरै जसोको पुरा भएर ढुक्क साथ् फर्कन्थे । यसरि बिरामीको हुल आउने क्रम जारि रह्यो । उपचारको लागि आउने मानिसको उर्लेको भेल सरीको भेलाले यो स्थानमा सरसल्लाह गरि एउटा शिवालय मन्दिरको आवश्यक रहेको महशुस पोखे । मन्दिर बनाउने निर्णयको साथ् झापामा उत्पति भएकी सात्क्षात श्री पाथिभरा देवीको पाउको रुपमा प्रशिद्ध धाम श्री पाउ पाथिभरा देवी स्थानका पुजारी राम शरण सापकोटाले यो स्थानमा मन्दिर बनाउन हामीलाई साथ् दिनु भयो र आज हज्जारौ दर्शनार्थीहरुले दर्शन गर्ने स्थलोको रुपमा यो ठाउ चुनिन पुगेको छ ।

यातायात:

सुन्दर नगरी उर्लाबारीको मुख्य चोकबाट पश्चिममा रहेको नजिकैको अर्को चोक मंगलबारे सम्म सवारीका साधन प्रसस्तै पाइने छ । त्यहाँबाट यो स्थानमा आउन निजि साधनको प्रयोग गरि आउनु पर्ने छ । यो धाम आउन महेन्द्र राजमार्ग अन्तर्गतको मंगलबारे थापा चोकबाट उत्तर भित्रि बजार प्रवेश गरि कटहरेसम्म अन्दाजी ३० मिनेट पैदल यात्रा अथवा आफ्नो निजि सवारी साधनको प्रयोग गरी सहज रुपमा यो धाम आईपुगिन्छ ।

यात्रा समय:

यस पवित्र एवम् प्रशिद्ध धाममा बिषेस गरि हप्ताको ६ दिन मात्र पुजाआजा, अर्थात दैविक शक्तिद्धाराको उपचार पाउन बुधबार बाहेक जुनसुकै बार आउन सकिन्छ । पुजापाठ गर्नेको उल्लेख्य भिड हुने गरेकोले अगाडि नै जानकारी गराई आउनुपर्ने छ अन्यथा आफ्नो पालो सोहि दिन नआउन सक्छ । यो धाममा बिभिन्न ठूला ठूला अस्पतालबाट बिरामी त्यहा निको नभएर यहा आउने गरेका छन् र निको भएर जाने गरेका छन् । यहाँ उपचारको लागि पालो सिष्टम टिकट काटेर मात्र प्रवेश गराइनेछ । बिहान ८ बजेबाट सुरु भएको उपचार रातिको ठिक १२ बजे समाप्त हुनेछ ।

ध्यान दिनु पर्ने कुरा:

यो धाममा आउदा बिल्कुलै मादकपदार्थ सेवन गरी (जाडरक्सी खाएर) आउन मनाहि छ । यहाँ आउने अर्थात दर्शनार्थीले अनुशासित ढंगमा रही गुरुको बाणी, दिएको बचनको पालना गर्नुपर्ने छ । महिला दिदि बैनिहरुमा आङको जुठो ५ दिन नकाटुन्जेल उपचार गरिनेछैन र सबै भक्तालु दर्शनार्थीहरुले आफ्नो परिवारमा जुठो, सुतक परेको बेला, यहाँ आएमा उपचार हुनेछैन । यहाँ बलिको प्रथा पुरै बन्देज गरिएको छ ।

खान र बस्नको ब्यबस्था:

टाडाबाट आउने दर्शनार्थीहरुको सहजताका लागि सामान्य चिया नास्ताको ब्यबस्था मिलाईएको छ । सात्विक भोजन, आहार गर्नु पर्नेछ । अत्याधिक मात्रामा भक्तजनहरुको उल्लेख्य भिड हुने गरेकोले चाडै नै यो स्थानमा अझै राम्रोगरी खान र बस्नको लागि प्रबन्ध मिलाउने योजनामा रहेको छ ।

पहिरन:

सनातन धर्मको मूल स्थलोको रुपमा मध्यनजर गर्दै सभ्य र सु–संस्कृत सहितको पहिरन लगाई धाम दर्शन गरे आफ्नो मनोकान्क्षा पुरा हुने बिश्वास रहेको छ ।

यस क्षेत्रको महत्व:

यस पबित्रधाम, गुरुको आश्रममा सधैजसो काम्ने र बौलाउने जस्ता बिरामीले खचाखच हुने गर्दछ । हुन त यो क्षेत्रमा धामी-बैधांगी पनि कम छैनन् तर तपाइँ यहाँ कहिल्यै आउनु भएको छैन भने पहिलो पटकको अनुभवमा आश्चार्य चकित हुनुहुने छ यहाँको भिड देखेर । बिरामीको मुर्छित लगायत जस्तोसुकै अबस्थामा यहाँ आएपनि सफल उपचार गरि पठाउने गरिएको छ । आजका दिनसम्मको यहि सफलताले नै होला यो क्षेत्रको महत्व बढेर गएको…….. । यहाँ बिशेस गरेर कुलतमा फसेका युवाहरु कुलत संगतबाट ग्यारेन्टीका साथ् छुटकारा पाउनलाई आउने गर्दछन । पायल्स, जन्डिस, पथरिया, बोलिनाभएका, बौलाउने, धतुराउने, आङमा बिगार परि सन्तान नहुनेहरु देखि लिएर शरीरमा देउ आउने सबै यहाँ आई सफल उपचार पछी फर्केको अबस्था रहेको छ । यहाँ एक पटक आइपुगेको बिरामीलाई पुन: घरमा बिरामले आपत बनाइहाल्यो भने गुरुद्धारा फोनबाटै पनि उपचार रोकथाम गरिन्छ । सम्पर्क गर्नलाई  ९८०५३१६७७६/९८४२२००७५४ यो नम्बर रहेको छ, विदेश रहेका आफन्तको बारेमा हेराउनु पर्नेछ, तत्काल बिरामी हस्पिटलमा रहेकोछ भने अन्य व्यक्ति आई नाम, उमेर, कुनै जिन्सीबाट जोखाना हेरिनेछ । यहाँको उपचारबाट सफल नहुने हो र डाक्टर नै लगाउनु पर्ने हो भने त्यस्ता बिरामीको अड्कल सुरुमै गरि समयको बर्बाद नगराई हस्पिटलमा पठाइने छ । यहाँ आउने बिरामीको लागि कुनै उपचार मूल्य तोकिने छैन । तर कुलत संगत छुटाउने, जाडरक्सीको संगतबाट छुटाउने हो भने चाहिँ रु.५०००।– पाँच हजार रुपैया लिइने छ । ओम नम: शिवाय !

अन्य आकर्षणहरु:

Tri-bhuwaneswa Tri-bhuwaneswa 3 Tri-bhuwaneswa 1 Tri-bhuwaneswa 5

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*