ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.1 ताप्लेजुङ जिल्ला (Taplejung District) :: श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बा

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बा

धार्मिक दृष्टिकोणले ताप्लेजुङ् अत्यन्तै प्रख्यात छ । यहाँ धार्मिक तथा एैतिहासिक मठ् मन्दिर, गुम्बाहरु धेरै छन् । जस मध्ये श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बा पनि एक हो । यस् धाम ताप्लेजुङ् नगर पालिकासँग जोडीएको हाङ्देवा गा बि स वार्ड नम्बर २ स्थित सिद्धिडाडामा पर्दछ । नेपालमा बिभिन्न धर्महरु भएपनी यस् धाम हिन्दू र बौद्ध धर्मको मुख्य सँगम स्थल भएको छ् । बि स १९८५ साल तिर यहाँका बासिन्दा, धार्मिक ब्यक्तित्व ज्युहरुले अनुसन्धान गर्दै लैजादा महादेबको थान पत्ता लागे पनि शिवको औलोकिक शक्ती २०० सय बर्ष पहिला देखी नै रहेको ईतिहासहरु भेटिन्छ । महादेव पत्ता लागे पछी पूजा, अचर्ना गर्ने बाला-चतुर्दशी मेला लाग्ने गरेपनी ३९-४० साल यता भने लोप हुन लगेकोछ । यस् क्षेत्र जङलमा परिणत भई मन्दिर, यहाँ भएको पाटी पनि ढल्न पुग्यो । २०५७ साल चैत्र महिनामा भारतको दार्जिलिङबाट (कर्म योगी बाबा) तपस्याको क्रममा यहाँ अाईपुग्नु भयो । उहाको तपस्याको योगफल र हातको कडा मेहनतले यास धाम लाई कर्मा भुमी, तपोभुमी, पुन्यभुमी बनाउनु भएको छ । यस् धाम ८ रोपनीको क्षेत्रफलमा फैलिएको छ । यहाँ ७ वटा मन्दिरहरु रहेकाछन जसमा: १)श्री चन्डेस्वर महादेव मन्दिर, २)श्री चन्डिका देबी मन्दिर, ३) श्री जलेस्वर महादेव मन्दिर, ४)श्री मृत्युन्जय महादेव मन्दिर, ५)श्री पथिभरा देबी मन्दिर, ६)श्री सरस्वती देबी मन्दिर र ७)नाग मन्दिर रहेका छन् भने यहाँ १ वटा महाबौद्ध ठिशोङ गुम्बा रहेकोछ । यहाँ १ वटा आकर्सण काल भैरव गुफा रहेकोछ । यस्तै यहाँको आकर्सण भनेको ३ वटा रमणिय पोखरीहरु हुन जुन चाँही १)जलेस्वर शेसनाग पोखरी, २)गंगा माई पोखरी र ३)कमल पोखरी रहेकोछ । यस्तै आगन्तुक दर्शनार्थिहरुका लागि प्रवेशद्वारहरु ३ वटा सुन्दर गेट रहेकाछ्न ।

यातायात:

तपाईंको यात्रा मेची लोकमार्ग झापाको बिर्तामोडबाट शुरु भएको छ भने उत्तरी सडक मेची राजमार्गको प्रमुख शहरमा ईलाम, फिदिम हुँदै ताप्लेजुङ्को फुङ्लिङ बजारको अन्तिम कोणबाट पराजुली चोक हुँदै त्यहाबाट तेर्सो कृषि सडकबाट श्री चन्डेस्वर धाम तथा महा बौद्ध ठिशोङ गुम्बा, शिद्धीडाडा अाईपुगिन्छ । यस्तै ताप्लेजुङ्को सुकेटार बिमान स्थल (एयरपोट)बाट अोरालो पैदान यात्राको गोरेटो बाटोबाट पनि यस् पवित्र धाम आउन सकिन्छ ।

यात्रा समय:

ताप्लेजुङ् जिल्लाको सदरमुकाम फुङ्लिङ बाट अन्तिम बिन्दु पराजुली चोक देखी १ किलो मिटर पुर्व-उत्तर तेर्सोबाटो काहुले हुँदै श्री चन्डेस्वर महादेब धाम तथा महाबौद्ध ठिशोङ गुम्बा सम्मा पैदल् ४५ मिनेट र सवारी साधनबाट १५ मिनेट मा यस् रमणिय तथा प्रसिद्ध धाममा अाईपुगिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु:

तपाईं पूजा अथवा दर्शनमा आउँदै हुनुहुन्छ भने स्नान अनिवार्य गर्नु पर्ने छ । धुप, बाती, नैवेद (फल) पुष्पले मात्र पूजा गर्न सकिन्छ । यहाँ बली अथवा खुनको (भोग दिने) काम हुने छैन । यस क्षेत्रमा मध्यपान, धुम्रपान, गाजाभाङ, मंश-आहार गर्न र हो-हल्ला गर्न र अप-शब्द बोल्न पाइने छैन । बिहान पूजाको समयमा सम्पूर्ण मन्दिरका ढोका खुल्ला हुनेछन भने भैरब गुफा धेरै बर्ष पहिला खुल्ला रहेको र अहिले आएर गुफा प्रवेस बन्द रहने जानकारी गराइन्छ । अनिवार्य गेट बाहिर जुत्ता-चप्पल खोली हात-खुट्टा धोई मन्दिर क्षेत्रमा प्रवेस गर्न पाइनेछ । यस क्षेत्रमा रोपेको फुल टिप्न, भाँच्न, लान पाइनेछैन । महिनावारी भएका महिलाहरुले ७ दिन पछी मात्र स्नान गरेर आउन अनुरोध छ ।

खाना र बस्नको ब्यबस्था:

ताप्लेजुङ् बजार नजिकै रहेको पर्यटक साथै आगन्तुक पाहुना, दर्शनआर्थीहरुका लागि भनी खोलिएको सुबिधा युक्त होटेलमा: HiLTON RiSORT (जो चाँही यो पेजको दाँया साईडमा रहेको लोगोमा हेर्नुहोला) यहाँहरुको सेवामा रहेको छ ।

पहिरन:

बिशेष गरेर यस् पवित्र धाम आउँदा गेरु (पहेलो) पहिरन लगाउनु पर्ने हो भने अन्य तिर्थालुहरुले पग्बित्र भई सफा पहिरन लगाएर दर्शन गर्न सकिन्छ । यहाँको मौसम अलिक चिसो हुने हुनाले मौसम अनुकुल आफ्नो यात्रा समय मिलाई आउँदा जाडोको समयमा अलिक न्यानो पहिरन लगाउनु पर्ने छ । यो धाममा फाल्गुनबाट असोजसम्मको यात्रा कम जाडो र बाँकी महिना यहाँ को तापक्रम धेरै कम हुनाले धेरै चिसो हुनेछ ।

यस क्षेत्रको महत्व:

यस् सिद्धीडाडामा अबस्थित श्री चन्डेस्वर धामका मुल पूजारी ‘कर्म योगिबाबा’ (गोपिमान गुरुङ) का भनाइ अनुसार पहिला देवता र दानवको समुन्द्री मन्थनका समयमा महादेवलाई थकाई लागेर यही गुफा (जो यहाँ रहेको काल भैरव गुफा) मा अाई आराम गर्दथे भन्ने भनाइ छ् । पहिला गुफा प्रवेश गर्दाको अनुमानमा यो गुफा पश्चिमबाट प्रवेश भई पुर्वतिर जानु पर्ने हुन्छ । यो गुफा निकै लामो रहेको र निकै रमणिय अनी फराकिलो पनि छ र यहाँ ठुला-ठुला चट्टानले घेरिएर रहेको छ् । यो गुफामा पहिला जङगली जनवरले बास बस्ने गर्दथे भने ति जनवरले श्री महादेवको पहरेदार समेत गर्ने गरेको यहाँ आउने तिर्थ-यात्री बताउदछन । यो गुफा भित्र चट्टानद्वारा निर्मित स्थापना भएको देवता भनेर पुजिने शिला ‘नवपासाणकालिन ढुङे-औजार (हात्ते बन्चरो Hand Axe) हो । कालो पथ्थरबाट सजिएर रहेको यो औजार आजभन्दा लगभग १० हजार बर्ष भन्दा पहिलाको हुन सक्ने विश्वाश रहेकोछ । यस क्षेत्रमा पहिला धेरै ठुलो घना जङल थियो जो चाँही अझसम्म कायम नै रहेको छ् ।यो जङलमा परापुर्व कालमा शिकारी युगमा शिकारिलाई शिकारको लागि राम्रो प्रबन्ध (ठाउ)रहेकाले ढुङे युगका मानिसहरु पछीसम्म शिकार खेल्दै बसोबास रहेको पुस्टी छ् । धेरै अगाडिको कुरा हो यस् गुफा नजिकै रहेको मन्दिर धेरै पुरानो र जिर्ण भएपछी करिब आज भन्दा ३० ३२ बर्ष पहिला ढल्न पुगेछ । यो मन्दिर ढले सँगै उक्त स्थानमा सानो बालक रोएको आवाज सुनिएको थियो र ७ ८ बर्ष पछी यहाँ यही जंगलमा काठ चिर्न आएका मानिस् दिनभरिको आफ्नो काम सकाएर बेलुकी घर फर्कने क्रममा त्यो गुफामा नजर लगाउदा चहकिलो र हरियो बत्ती बलेको देखेछन र नजिकै गएर हेर्दा त्यहा केही नभेटे पछी देवताको बासस्थान रहेको बताउछन । त्यस्तै त्यही नेर जो अहिले पनि कायम छ् ‘ठाडो बाटोमा उकालो ओरालो गर्ने यात्रीले’ उक्त गुफामा बालक सुतेको देखेछन र नजिकै गएर हेर्दा गुफा खाली थियो । यस्ता धेरै घटनाहरुका आधारमा यो क्षेत्र निकै महत्वपूर्ण धाम र चर्चामा रहेको मानिन्छ । समाजको प्रत्येक् बर्ग, धर्म, जाती, सस्क्रिती, भाषाभासी तथा पेशाको ब्यक्तीहरुलाई आध्यत्मिक ज्ञान एबम अहिंशाही परम धर्मको शिक्षा दिई सम्पूर्ण धर्मको बिक्रिती हटाइ नैतीक समुत्थान गर्नु हो । यहाँ प्रत्येक् दिन बिहान बेलुका नित्य पूजा पाठ र सोमबार र पुर्णिमाको दिन चरु हवन् गरिन्छ । बिशेष पर्व पूजाहरु बाला-चतुर्दशिमा सतबिउ छर्ने, रुद्री पाठ हवन् गरिन्छ । महा-शिवरात्रीमा नेपाली सेनाबाट श्री चन्डेस्वर महादेवलाई सलामी दिइन्छ भने पन्डितद्वारा रुद्रीपाठ, हवन् र रात्रीमा जाग्रम समेत गरिन्छ । नयाँ बर्षमा बर्ष भरी सुख शान्ती होस् भनी दीप प्रज्वलन गरी पूजापाठ र शान्ती होम गरिन्छ । चन्डीपुर्णिमामा चन्डिपाठ, चरु हवन र गुम्बामा लामाबाट पूजापाठ र १०८ बत्ती बालिन्छ । ल्वोसार पर्बको दिन गुम्बामा बिशेष पूजा गरिन्छ । श्रावण महिना भरिनै चण्डेस्वर बाबालाई जल चडाईन्छ भने सोमबार बिशेष पूजा, रुद्रीपाठ, हवन् गरिन्छ । यस् क्षेत्रमा सम्पूर्ण देवी-देवताको शक्ती भएकाले यस् क्षेत्रमा आउनुहुने दर्शनार्थीहरुले दान, धर्म गरी पुण्य कमाई, पुण्यगरी मनोकामना पुरा हुनेछ ।

अन्य आकर्षण:

जलेस्वर शेसनाग पोखरी, साथमा माछापोखरी, गंगापोखरी, गुम्बा, फुल-बगैचा, रमणिय फुलबारिले सजिएको प्रवेसद्वार सहितको बाटो, गेट, यहाँको प्रमुख बाली अलैची बगान, काल-भैरव गुफा (ओडार) यहाँका मुख्य आकर्सण रहेका छन ।

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा बौद्ध ठिशोङ गुम्बाका तस्बिर साथै अन्य आकर्षणहरु

Hang-dewa-1

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा प्रवेस गर्दाको रमणिय

Hang-dewa-2

श्री महा बौद्ध ठिशोङ गुम्बाको तस्बिर

Hang-dewa-3

श्री महा बौद्ध ठिशोङ गुम्बाको तस्बिर

Hang-dewa-5

श्री महा बौद्ध ठिशोङ गुम्बाको तस्बिर

Hang-dewa-6

श्री महा बौद्ध ठिशोङ गुम्बाको तस्बिर

Hang-dewa-7

श्री चन्डेस्वर महादेब धामको तस्बिर साथै रमणिय फुलबारी बगैचा

Hang-dewa-8

श्री महा बौद्ध ठिशोङ गुम्बाको तस्बिर

Hang-dewa-11

श्री चन्डेस्वर महादेब धाम नजिकै रहेको चण्डिका देबिको मन्दिर

Hang-dewa-gufa-9
श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा नजिकै रहेको रमणिय काल-भैरव गुफा

Hang-dewa-Ganga pokhri-11

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा नजिकै रहेको रमणिय गंगा पोखरी

Hang-dewa-kamal pokhari-12

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा नजिकै रहेको रमणिय पोखरी

 

Hang-dewa-Nag pokhari-13

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा नजिकै रहेको रमणिय नाग पोखरी

Hang-dewa-snan dhara-15

श्री चन्डेस्वर महादेब धाम तथा श्री महा-बौद्ध ठिशोङ गुम्बामा प्रवेस गर्नु अगाडि स्नान गर्ने कल-कल पानीको धारा

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*