ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District) :: श्री गुप्तेश्वर महादेब धाम, ओयाम, पाँचथर

श्री गुप्तेश्वर महादेब धाम, ओयाम, पाँचथर

श्री गुप्तेश्वर महादेब स्थान

मेची अञ्चल पाँचथर जिल्ला ओयाम गा बि स वार्ड नम्बर २ सामाङ्खुमा अबस्थित श्री गुप्तेश्वर महादेब स्थानको प्राचिन ईतिहास संकलन गर्दा ओयाम-७, निवासी हस्तबिर न्यौपानेको छोरा बर्ष ८१ का बयोब्रिद्ध पिता श्री लाल बहादुर न्यौपानेबाट प्राप्त विवरण अनुसार धेरै पहिला अर्थात बि.श. १९२५ साल तिरको आस्चार्य काहानी ! यो ठाउँ अर्थात ईन्द्रावती (इवा) नदी र ओयाम खोलाको सँगममा पर्ने यो थुम्की नेर घुइचोका साथ ईन्द्रवती बजार लाग्दथियो । यो बजार लाग्ने ठाउँ नजिकै आपडाडामा शिद्धकालिकाको स्थान रहेको र त्यहाका स्थानिय बासिन्दाहरुले सदियौ देखी सदबिउ छर्ने गर्दथे । त्यो ठाउँ सेरो फेरो सबै घना-जंगल थियो । स्थानिय बासिन्दाहरुले त्यो घना-जंगल फाडी खेत बिराई धान रोपे । उक्त खेतमा लगाएको त्यो धान बाली अद्रिस्य जनवरले अाई खान थाल्यो । गाउका कस्का बस्तुले खादो रहेछ यो सबै बाली भनेर अचम्म मान्दै गाउमा सबै तिर हल्ली खल्ली गर्दा पनि कुनै पत्तो नलागे पछी गाउले मिली त्यस ठाउमा चौकिदार गर्न थालेछन् । गाउलेले चौकिदार गरिरहेका बेला अचानक त्यस धानबाली भएको ठाउमा एउटा कैलो कलरको गोरु (साडे) अाई फटा-फट धान खान थाल्यो ।    यो द्रिस्य हेरी रहेका गाउलेले त्यो गोरु(साडे)लाई लखेट्दै गएछन । गोरु(साडे) अघी अघी र स्थानिय बासिन्दा पछी-पछी लागेछन । निकै अन्तर दुरीको यात्रामा ति मानिसले केवल पथ्थरमा गोरु(साडे)ले टेकेको पाइला मात्र देखी उक्त पाइलालाई पैलाउदै पछी पछी गएछन र अलिक टाढा पुग्दा एउटा गुफामा पसेको भेटेछन (केवल पाइला मात्र)। सबै जना अचम्ममा परे । यती सानो गुफामा कसरी यो गोरु(साडे)पस्न सक्यो भनेर सबैका मनमा खुलदुली भयो । र गुफा भित्र पसी हेर्दा त झनै चकित ! शिवलिङ स्थापित र कल-कल पानीको झरना झै भित्र भित्रै पानी बगेको देखी सबै जना आश्चार्य चकित हुँदै यो गुफामा त महादेब पो बस्नु हुदोरहेछ त ! यो गोरु(साडे)त महादेबको बाहन पो रहेछ ! लौन हामीहरुले यो पवित्र ठाउलाई आझ उप्रान्त श्री गुप्तेश्वर महादेबको स्थान धाम भनेर पुज्ने गरौ । हामीहरुले यो ठाउमा लगाएको धान बाली आज उप्रान्त केही-कुनैले बिगार नगरोस……! यहाँका मनुस्य, चौपाया, दोपायाहरुको रक्षा यिनै महादेबले गर्नुहुनेछ भनी बिभिन्न किसिमले पूजा-पाठ गरे । त्यहाँ उप्रान्त आजसम्म पनि यो पवित्र धाममा टाडा-टाडाबाट तिर्थालुहरु श्री गुप्तेस्वर महादेबको दर्शन गर्न घुइचोका साथ आउने गर्दछन । त्यो समय बाट नै यो धाम नजिकैका सेलिङ गाउमा भएका सेलिङ परिवारमा: महाशेर सेलिङ, बालन्द सेलिङ र पोख्रेल परिवार मिली पोख्रेल परिवारको अगुवाईमा त्यहा मन्दिरको निर्माण गरी पूजा-पाठ सुरु गरियो ।

यातातात:

मेची अञ्चलको सदरमुकाम फिदिमबाट पक्की सडक वा फिदिम-ताप्लेजुङ सडकको बिचमा पर्ने गणेश चोकसम्म पक्की सडक भरी यातायातका सवारी साधन प्रशस्तै पाईनेछ । गणेश चोकबाट च्याङ्थापु जाने सडक अन्तर्गत थर्पु बजार हुँदै ओयाम बजारसम्म कच्ची सडक भरी फिदिम्-च्याङ्थापु रुटको ट्याक्सी तथा बसमा यात्रा गरी ओयाम बजार आउन सकिन्छ । ओयाम बजारबाट ओयाम्-२, सेलिङ चोक बलौटेनी हुँदै ओरालो गाडीको बाटो हुँदै यस् श्री गुप्तेश्वर महादेबको स्थान धाम आउन सकिन्छ । साथै ओयामबाट ओरालो कच्ची सडक ओयाम्-७,न्यौपाने चोक हुँदै श्री गुप्तेश्वर महादेब स्थान धाम अाईपुगिन्छ् ।

यात्रा समय:

फिदिम-ताप्लेजुङ सडकको बिचमा पर्ने गणेश चोकसम्म ४५ की.मि.पक्की सडकको यात्रा पश्चात गणेश चोकबाट ओयाम बजारसम्म २५ कि.मि.को कच्ची सडकको यात्रा गर्नु पर्ने हुन्छ तर तत्काल सडक मर्मत (कालो-पत्रे) सुरु अभियान रहेको छ । ओयाम बजारबाट ओयाम्-२, सेलिङ चोक बलौटेनी हुँदै ओरालो गाडीको बाटो हुँदै यस् श्री गुप्तेश्वर महादेबको धाम आउन पैदल सफर करिब् १ घण्टाको दुरी यात्रा मा यस् पवित्र साक्षत श्री गुप्तेश्वर महादेबको धाम अाईपुग्न सकिन्छ ।

ध्यान दिनु पर्ने कुराहरु:

तपाईं पूजा अथवा दर्शनमा आउँदै हुनुहुन्छ भने स्नान अनिवार्य गर्नु पर्ने छ । धुप, बाती, नैवेद (फल) पुष्पले मात्र पूजा गर्न सकिन्छ । यहाँ बली अथवा खुनको (भोग दिने) काम हुने छैन । बिभिन्न टाढा-टाडाबाट धाम दर्शन गर्न आउनुहुनेहरुले बिभिन्न शिर्शकमा आफ्नु काम सफल होस् भनी परेवा, कुखुराको भाकल गरी जिबित पंक्षिलाई यहाँ ल्याई छाडि दिने चलन रहेको छ । यस क्षेत्रमा मध्यपान, धुम्रपान, गाजाभाङ, मंश-आहार गर्न र अप-शब्द बोल्न पाइने छैन । अनिवार्य गेट बाहिर जुत्ता-चप्पल तथा छाला जन्य बस्तुलाई खोली हात-खुट्टा धोई मन्दिर क्षेत्रमा प्रवेस गर्नु पर्नेछ ।

खान र बस्नको ब्यबस्था:

हालको परिपेक्षमा यस् पवित्रधाम परिसर् नजिकै सामान्य् मात्रामा होटल सन्चालनमा रहेको हुनाले तपाईं टाडाबाट आउनुहुने दर्शनआर्थीहरुले सहजताको लागि पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिममा अबस्थित सुबिधा युक्त होटलहरुमा जस्तै: होटल सरगम अनी होटल अजि:मा (जुन चाँही पेजको दाँया साईडमा रहेको लोगोमा क्लिक गर्नुहोला) यि सुबिधा सम्पन्न होटलहरु सधैं यहाँहरुको सेवामा तत्पर रहेका छन । यि होटलहरुमा बास बसी यातायातको अनुकुलता मिलाई यात्रा गर्नु होला ।

पहिरन:

यो क्षेत्र भौगोलिक बनावटको आधारमा यहाँको उचाई निकै नै माथि अनी नजिकै बिभिन्न हिमालहरु सामुन्ने रहेको हुनाले यहाँ जाडोको अलिक प्रभाव हुने हुँदा न्यानो पहिरन लगाई यस् धाममा आउनुपर्ने हुन्छ ।

यस क्षेत्रको महत्व:

यस् श्री गुप्तेश्वर महादेब धाममा पुर्खा महाशेर सेलिङको छोरा जेठो सन्तानले आफ्ना सन्तान नभएको र यिनै श्री गुप्तेश्वर महादेबको धाममा आराधना गरी भाकल गरे पश्चात सन्तानमा छोरा जन्मेको र महाशेरको नाती परिवार धन-धान्य भएको सेलिङ परिवारमा ईतिहास साक्षी छ । त्यस्तै जो मानिसले आफुमा कमी जे छ श्री गुप्तेश्वर महादेबको आराधना गरे पश्चात पूर्ण भएको……. दर्शन गर्न आउने दर्शनआर्थीहरुले यिनै गाउलेहरुलाई बताएको यहाँका बासिन्दाहरुको भनाइ रहेको छ । सात्क्षातकार महादेबको सक्ती प्राप्त गरी यहाँका सबै चारजात छत्तिसबर्ण स्थानिय बासिन्दा मिली महादेब धामको संरक्षण गरी यो धाममा आजसम्म पनि हरेक बर्षको श्रावण महिना भरी नजिकै रहेकी कल-कल बग्ने पवित्र नदी इन्द्रावती (इवा)बाट जल ल्याई महादेबलाई चढाइन्छ् । बालाचतुर्दशीमा रातभरी भजन-क्रितन गरी जाग्राम बसी भोली पल्ट बिहान ठुलो घुइचोका साथ सतबिउ छरिन्छ । शिव-रात्रीमा जाग्राम बसी महादेब धाममा धुमधामका साथ पूजा-पाठ गरिन्छ । राम-नवमिमा पनि यो धाममा पूजा-पाठ गरी रातभरी जाग्राम बसी भजन-क्रितन गरिन्छ । यो धाममा सात्क्षातकार महादेबको सक्ती प्राप्त हुने हुनाले टाढा-टाडाबाट दर्शन गर्न आउने दर्शनआर्थीहरुले दिनहु जसो यो धाममा अाई धुमधामका साथ पूजा-पाठ गरिन्छ । सधैं जसो बिभिन्न पर्वमा यो पवित्र धाममा शिव पुराण, अस्टदशा महापुराण लागेको र लगाउने गरेको छ ।

अन्य आकर्षण:

यस् श्री गुप्तेश्वर महादेब धाममा सात्क्षातकार महादेबको सक्ती प्राप्त हुने हुनाले टाढा-टाडाबाट दर्शन गर्न आउने दर्शनआर्थीहरुले यहाँ अचम्मको भित्र पसेर हेर्दा टाढासम्म पस्न सकिने गुफाको अवलोकन, कैलो कलरको गोरु (साडे)ले ढुङ्गामा टेकेको वा भासिएको गोरु(साडे)को प्रत्यक्ष पाइला, नजिकै को झरना, पवित्र नदी इन्द्रावती(इवा)को दर्शन अर्थात स्नान, इन्द्रावती (इवा)को र ओयाम खोलाको सँगम स्थलमा अबस्थित श्री शिद्धकालिका देबिको दर्शन गर्न पाइने, नजिकै रहेको श्री उग्रेन छ्योलिङ गुम्बाको दर्शन गर्न सकिने, सात्क्षात श्री बिष्णु भगवानको बासस्थान तिम्बु पोखरिको दर्शन गर्न सकिने र नजिकै देखिने कुम्भ-कर्ण हिमालको रमणिय द्रिस्यलोकन, ताप्लेजुङ् जिल्लाको बादेक र आङखोपको सेरोफेरो, फेदुथाम, मेगु, सुर्केथाम(सिक्किम सिमाना) फुन्चेबुङ, पाथिभरा देबिथान् र मानाभरा डाडाको सेरोफेरो द्रिस्यालोकन गर्न सकिन्छ । जय शम्भो !

श्री गुप्तेश्वर महादेब धाम, तथा  अन्य आकर्सण तस्बिरहरु:

P1040228
श्री गुप्तेश्वर महादेब धाम:
 
P1040237
श्री गुप्तेश्वर महादेब धाम:

P1040231

श्री गुप्तेश्वर महादेब धामको रमणिय अनी अस्चार्य चकित गुफा:
 
P1040236
श्री गुप्तेश्वर महादेब धामको रमणिय अनी अस्चार्य चकित गुफाको भित्र :
 
P1040230
श्री गुप्तेश्वर महादेब धाम:
 
P1040242
श्री गुप्तेश्वर महादेब धामको अलैची बारी अनी साडेले सधैं धान खाने खेत
 
P1040225
श्री गुप्तेश्वर महादेब धामको नजिकै साडेको पत्तरमा पाइला:
 
P1040240
श्री गुप्तेश्वर महादेब धाम नजिकैको रमणिय झरना
 
P1040224
श्री गुप्तेश्वर महादेब धामको नजिकै साडेको पत्तरमा पाइला:
 
Guptesor-oyam 11
श्री गुप्तेश्वर महादेब धामको नजिकै इन्द्रावती (इवा) खोला :
 
P1040247
श्री गुप्तेश्वर महादेब धामको नजिकै इन्द्रावती (इवा)को र ओयाम खोलाको सँगम स्थलमा अबस्थित श्री शिद्धकालिका देबि:
 
P1040251
श्री गुप्तेश्वर महादेब धाम नजिकैको रमणिय ओयाम बजार
 
 

श्रोत:-संकलक: वाई.पि. चौलागाईँ

पुर्वान्चल पर्यटन बिकास संस्था
दमक झापा (पुर्वान्चल नेपाल)
+977-9806029094
 
प्रस्तोता तथा श्रोत:श्री सिताराम न्यौपाने
कोषाध्यक्ष:श्री गुप्तेश्वर महादेब धाम
ओयाम -७, पाँचथर
९७४२६५६५९०

About admin

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*