ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.3 ईलाम जिल्ला(Ilam District) :: श्री गजुरमुखी देबी:तिर्थ स्थल !

श्री गजुरमुखी देबी:तिर्थ स्थल !

5 gajurmukhiश्री गजुरमुखी देबी ईलाम जिल्लाको पश्चिम, नाङरुङ गाऊ पञ्चायत भनेर चिनिने गाउलाई हाल आएर पवित्र “धाम” रहेको गाऊलाई गजुरमुखी गाऊ बिकास समितीले प्रख्यात हुनुमा “परा-पुर्वकाल” मा अर्थात आजभन्दा करिब् २०० सय बर्ष अगाडि नाङरुङ निवासी पुर्खा: ‘बाजबिर योङहाङ’ (जो बोली नभएका मानिस) थिए । उनी सधैं जसो देउमाईको किनारमा रहेको ठुलो घना जंगलमा गाई चराउन (गोठालो) जाने गर्दथे । एक दिन अचानक गाई बस्तु लिएर गोठालो गएका बाज बिर योङहाङ बेलुकी आफ्नो घर फर्किएनन् । धेरै दिनसम्म ति गोठालो गएका बाज बिर योङहाङ घर न-आएकाले गाउलेहरु र आफन्तबाट उनको खोज-तलास हुन थाल्यो । ६ महिना पछी गाउका अन्य मानिसहरु साथीहरु गोठालो जाने क्रममा सोही घना जंगल नेर देउमाई नदिको किनारमा नुहाउदै (स्नान) गरिरहेको देखेछन । त्यस पछी ति बाज बिर योङहाङका गाऊ घरबाट आएका गोठालाहरुले ति बाज बिर योङहाङलाई बोलाएछन । तर ति मानिसको आवाज सुनेपछी बाज बिर योङहाङ त्यहाबाट नबोली, पछाडि नहेरी, हत्तार हत्तार, गरी सरासरी एकदमै अफ्ठ्यारो ठाउँ, भिर पहरामा रहेको ठाउँ तर्फ बिभिन्न किसिमका लहरामा झुण्डिदै, रुखमा समाउदै अफ्ठ्यारो गुफामा पस्नु भएछ । यो रमित लाग्दो द्रिस्यलाई नियाली रहेका बाज बिर योङहाङका आफन्त, गाउलेले गुफामा पसेका ति बाज बिर योङहाङलाई पुन: बोलाए त्यसपछी ति योङहाङ गुफा भित्रनै काम्न थाली अनेक किसिमले-प्रकारले बाणी सुनाउन थाले । उनको भनाई (बाणी) अनुसार उहिल्यै सत्य-युगमा:- मेरा पती श्री महादेबले मेरो मिर्त-शरिरलाई बोकेर हिंड्ने क्रममा यो ठाउँमा अाईपुग्दा मेरो शिरको मकुट (गजुर) झरेको हुँदा त्यहाँ उप्रान्त मैले यो पवित्र ठाउँमा भगवतिको रुप धारण् गरी बास गरेको छु । तर आजसम्म यो मेरो बास-स्थानमा कोही कसैले पूजा-आजा गर्न नगरेको अनी मेरो बाहन सिंह आजसम्म भोको रहेको हुनाले अब उप्रान्त तिमी बाज बिर योङहाङले बेलुकी उपवास बसी, स्नान गरी पवित्र भई मेरो पूजा-पाठ गर्नु र मेरो बाहनलाई बली दिनु र यो ठाउँमा आज उप्रान्त गजुरमुखी देबिको आराधना गरी पूजा-पाठ गर्न नभुल्नु !…….. अनी मात्र तिमीलाई यहाँबाट मोक्ष गराई घर जान दिनेछु भनी साक्षातकार देबिको वाक्यलाई बाणी गरेको ति गाउलेले सुनी अचम्म मान्दै, हत्तार हत्तार गर्दै त्यहाबाट सबै जना आ-आफ्नो घर तिर लागे । गाउमा गई उक्त बाज बिर योङहाङको बाणिलाई गाउ भरी प्रचार गरे । भोली पल्ट गाउले र बाज बिरका परिवार उक्त स्थानमा “भगवति देबि”को निम्ती सम्पूर्ण पूजाको सामाग्री सहित् सिंहलाई बलिको सामान जुटाई त्यस क्षेत्रमा आए । बाणी अनुसार नै नित्य पूजा शुरु गरे । भगवति को बाहन सिंहलाई बली चडाए । अनी ति बाज बिर योङहाङलाई त्यहाबाट मुक्त गराई घर लिएर गए । सोही दिन देखी बर्सै पिच्छे कार्तिक पुर्णिमाका अघिल्लो दिन पवित्र नदी देउमाईको किनारमा सेउलाको छाहारी लगाई उपवास बसी भोली पल्ट पुर्णिमा हुँदै परेवा तिथीसम्म बिहान पवित्र गंगाजलमा स्नान गरी बाजबिर योङहाङको बाणी अनुसार नै उहाका बंशहरुले अहिलेसम्म गजुरमुखी देबिको पूजा-पाठ गरी देबिको बाहनलाई पुकारी बली पूजा गर्ने परम्परा रही आएको छ र उहाका बंशहरुलाई अहिलेसम्म परम्परागत पूजारीको रुपमा मानिदै आएकोछ ।

यातातात:

यस् पवित्र गजुरमुखी देबिको धाममा आउन ईलाम जिल्लाबाट नेपालटारसम्म साथै पाँचथर जिल्लाको पहिलो नमुना शहर फिदिम हुँदै राँके, रक्से र नेपालटारसम्मको पक्की सडकमा सवारी साधन प्रसस्तै पाइनेछ र त्यहाबाट नेपालटार हुँदै मंगलबारे कच्ची सडक, मंगलबारे हुँदै देउमाई दोभानको पक्काको पुल तरेर यो प्रसिद्ध श्री गजुरमुखी देबिको धाममा आउन सवारी साधन पाइनुको साथै आफ्नो निजी-सवारी साधन लिएर बिभिन्न द्रिस्यलोकन गर्दै यो धाममा आउन सकिन्छ ।

यात्रा समय:

पवित्र श्री गजुरमुखी देबिको धाममा आउन ईलाम जिल्लाबाट नेपालटारसम्मको दुरी पक्की सडक (अन्दाजी १२ किलोमिटर), र त्यहाबाट नेपालटार हुँदै मंगलबारे कच्ची सडक, (अन्दाजी १३ किलोमिटर) र मंगलबारे हुँदै देउमाई दोभानको पक्काको पुल तरेर यो प्रसिद्ध श्री गजुरमुखी देबिको धाममा आउन कच्ची सडक अन्दाजी २२ किलोमिटरको दुरी तय गरी यो धाममा अाई पुगिन्छ । सुन्दर अनी रमणिय एबम पर्यटकिय गन्तब्य रहेको यो ठाउँ जुन सुकै दिन र महिनामा पनि यहाँ अाई सात्क्षात देबिको दर्शन गरी कामना पूर्ण हुनेछ ।

ध्यान दिनु पर्ने कुराहरु:

यो पवित्र धाममा चार-जात, छत्तिस-बर्ण, सबै तिर्थालु अाई श्री गजुरमुखी देबिको दर्शन गर्न सकिन्छ । जुत्ता-चप्पल, छाला-जन्य बस्तुलाई गेट बाहिर राखी मन्दिर प्रवेस गर्नु पर्नेछ । मन्दिरको गेट भित्र धुम्रपान मध्यपान् भने गर्न पाईने छैन ।

खान र बस्नको ब्यबस्था:

धाम परिषद नजिकै प्रसस्तै मात्रामा होटलहरु सञ्चालनमा रहेको हुनाले तिर्थालु वा पर्यटकहरुले देबिको दर्शन गरे पश्चात भोजन गरी आफ्नो गन्तब्य यात्रा गर्न सक्नु हुनेछ ।

पहिरन:

श्री गजुरमुखी देबिको धाममा आउने दर्शनार्थीहरुले जुन-सुकै पहिरन लगाएर आएपनी स्नान गरी पवित्र भई धाममा आएर सात्क्षात देबिको दर्शन गरे मनोकान्क्षा पुरा हुने जन-बिश्वास रहि-आएकोछ ।

यस क्षेत्रको महत्व:

यो पवित्र श्री गजुरमुखी देबिको धाममा परा-पुर्व कालदेखी नै दर्शन गर्न आउने दर्शनआर्थीको ठुलो घुइचो हुने गर्दछ । यो धाममा आउने तिर्थालुहरुमा यस्तो विश्वाशको छाप रहेको छ् कि: जो जन्म देखी १०/१२ बर्षको उमेरसम्म नै बोली, वाक्य न-आएको बालक, यिनै देबिको आराधना गरी, भाकल गरी पछी यहाँ अाई देबिको भाकल बुझाए पछी ति बालकको पूर्ण रुपमा बोली आएको ……. । अचम्म यस्तै अर्को घटना:- ५/६ कक्षामा अध्ययनरत एक बालकको अचानक बोली बन्द भएछ । त्यसपछी यिनै श्री गजुरमुखी देबिको आराधना गरी देबिको नाममा भाकल गरी केही समय पछी देबिको दर्शन गर्न-गराउन यो धाममा अाई, मन्दिर प्रवेश गरी ति बालकको हातमा आफन्तले बात्ती बाली मन्दिरमा रहनु भएका पुजारीले कलशको जलले ति बालकलाई अभिसेक गर्दा ति बालक एक्कासी: आबुई……..! यो बात्ती कहाँ राख्नु ……. ! भनी बोलेको सत्य घटना भएको स्थानिय बासिन्दाहरुको भनाइ रहेको छ । यसै क्रममा जसका सन्तान थिएनन यहाँ अाई सात्क्षात देबी समक्ष इच्छा अनुसार सन्तान माग्दा देबी भगवतिको कृपाले पुरा भएका……. । यस्तै बिभिन्न ठाउँबाट आउने श्रदालुहरुको मनोकान्क्षा सात्क्षातकार देबिले पुरा गरी दिएको जन विश्वाश रही-आएको छ । यो पवित्र धाममा कार्तिक पुर्णिमाका अघिल्लो दिन पवित्र नदी देउमाईको किनारमा ठुलो मात्रामा नेपाल देखी भारतसम्मका साधु सन्तहरु र श्री गजुरमुखी देबिको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुले नदी किनारमा सेउलाको छाहारी बनाई रातभरी जाग्राम रही उपवास बसी बिहान नदिमा स्नान गरी पुर्णिमा हुँदै परेवा तिथीसम्म बाजबिर योङहाङको आदेशलाई स्विकार्दै आजसम्म नित्य पूजा-पाठ गरी भब्य मेला लाग्ने तथा मनाउने गरेको छ । यातायात सुबिधाका कारणले होला अहिले आएर यो पवित्र श्री गजुरमुखी देबिको धाममा हरेक दिन पूजा-आजा गर्ने तिर्थालुहरुको ठुलो घुइचो हुने गर्दछ ।

अन्य आकर्षण:

धाम परिषदमा पाल्नुहुने तिर्थालु जनहरुले श्री गजुरमुखी देबिको दर्शन गर्नुको साथै प्रशिद्ध श्री पाथिभरा देबिको (बिशाल मुर्ती) को दर्शन गर्न सक्नुहुनेछ । साथमा गणेश, महादेबको दर्शन गरिनुको साथै मन्दिरको शिरमा रहेका पञ्चगाछी सहितका रमणिय बगैचा, शिवालय मन्दिर, पोखरी साथै बिचित्र गुफा लगायत पवित्र नदी देउमाई, त्रिवेणी दोभान र द्रिस्यलोकनको क्रममा भयानक ढुङ्गामा उत्पती नावालुङ् सिंह देबी (जो गजुरमुखी देबि कि दिदिले परिचित्) को द्रिस्यलोकन समेत् गर्न सकिन्छ । जय गजुरमुखी देबी: जय भगवति:

 

श्री गजुरमुखी देबी: धाम का अन्य तस्बिर साथै आकर्षणहरु

1 gajurmukhi

श्री गजुरमुखी देबी:  

2 gajurmukhi

श्री गजुरमुखी देबी:  धाममा प्रवेश गर्दाको रमणिय सिडी

8 gajurmukhi

श्री गजुरमुखी देबी: धाम परिसरमा नजिकै रहेकी (दिदी)पाथिभरा देबिको बिशाल मुर्ती:

5 gajurmukhi

श्री गजुरमुखी देबी: धाम परिसरमा देबि भगवतिको मुर्ती:

7 gajurmukhi

श्री गजुरमुखी देबी: धाम परिसरमा रहेको शिव लिङ र गणेश प्रतिक शिला:

9 gajur mukhi

श्री गजुरमुखी देबी: धाम परिसर नजिकै देउमाई किनारमा रहेको रमणिय झोलुंगे पुल:

11 gajurmukhi

श्री गजुरमुखी देबी: धाम परिसर नजिकै देउमाई किनारमा रहेको रमणिय बजार तथा बस्ती:

12 gajurmukhi

श्री गजुरमुखी देबी: धाम परिसर नजिकै देउमाई किनारमा रहेको रमणिय पक्कीको पुल:

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*