ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District) :: श्री उर्गेन छ्योलिङ गुम्बा, ओयाम, पाँचथर

श्री उर्गेन छ्योलिङ गुम्बा, ओयाम, पाँचथर

P1040262पाँचथर जिल्ला ओयाम गा.वि.स. वार्ड नं . ३ स्थित श्री उर्गेन छ्योलिङ गुम्बा वि.सं. २०५० सालमा स्थापित भएको हो । पाँचथर जिल्ला धार्मिक दृष्टिकोणले निकै प्रख्यात रहेको छ । जसमध्ये पाँचथर जिल्लाको एकमात्र रमणिय भु–भागमा अबस्थित श्री उर्गेन छ्योलिङ गुम्बा पनि एक हो । यस गुम्बाको पूर्वमा च्याङ्थापू र पश्चिममा एक्तिन गा. वि. स. को बिचमा रहेको श्री उर्गेन छ्योलिङ गुम्बामा नेपालमा भएका बिभिन्न धर्म अनुसार बौद्ध धर्मावलम्वीहरुले यहाँ आई पुजाआजा गर्ने धार्मिक तिर्थस्थलको रुपमा मानिन्छ । यो गुम्बाको क्षेत्रफल ३ रोपनीमा आधारित छ । यस गुम्बाबाट बिभिन्न ठाउँहरुको अवलोकन गर्न सकिन्छ । जसमा उत्तरपूर्वमा कुम्भकर्ण, सिदिङ्वा, पाथीभरा, मानाभरा, कञ्चनजंघा र ताप्लेजुङका थुप्रै रमणिय भू–भागहरुलाई प्रत्यक्ष देख्न वा अवलोकन गर्न सकिन्छ । यो गुम्बामा ठूलासाना गरेर बौध मूर्तीहरु थुपै्र रहेकाछन् । यस गुम्बा भित्र बौद्धधर्म बिज्ञ कालीगडबाट छेसुम निर्माण गरिएको छ । यहाँ पौष १५ मा तमूः ल्होसार भव्यताको साथ मनाईन्छ र उभौली पूर्णिमामा बुद्ध जयन्ती मनाईन्छ । यो गुम्बामा बिभिन्न समिति तथा उप–समिति गठन गरिएको छ । यो गुम्बाबाट भगवान प्रति निरन्तर पूजा–पाठ गर्नको लागि एकजना लामागुरु आबद्ध हुुनुहुन्छ । यहाँ बिभिन्न धर्मावलम्वीहरु आएर यस गुम्बामा पूजा–पाठ गरी आप्mनो मनोकांक्षा पुरागर्नको लागि गुम्बा आउन जान सजिलो बातावरण छ । पाँचथर कै एकमात्र रमणिय भौगोलिक क्षेत्रमा अबस्थित गुम्बा ँश्री उर्गेन छ्योलिङ गुम्बाँ हो ।

यातायातः
तपाईको यात्रा मेची राजमार्ग अन्र्तगत झापाको बिर्तामोडबाट शुरु भएको छ भने उत्तरी सडक मेची राजमार्गको प्रमूख शहर ईलाम, फिदिम हुँदै हिवाँ खोला देखि जोरपोखरी बजारसम्म यातायातका साधन प्रशस्तै पाईन्छ । जोरपोखरी बजारबाट १ किलोमिटर अगाडि शाखा–मार्ग देखि काहुले बजार, पाथीभरा चिया स्टेट हुँदै तेमुना भञ्ज्याङसम्म कच्ची सडक भएकोले आफ्नो निजि सवारी साधनबाट यात्रा गरेमा यो धाम आउन सजिलो हुनेछ ।

यात्रा समयः
मेची राजमार्ग अन्र्तगत झापाको बिर्तामोडबाट शुरु भएको यहाँहरुको आरामदायी यात्राः– उत्तरी सडक मेची राजमार्गको प्रमूख शहर ईलाम, फिदिम हुँदै हिवाँ खोला देखि जोरपोखरी बजारभन्दा १ किलोमिटर अगाडि देखि शाखा–मार्ग, त्यो शाखा–मार्ग देखि काहुले बजार अनि त्यस पश्चात पाथीभरा चिया स्टेट हुँदै तेमुना भञ्ज्याङबाट २ किलोमिटर भित्र रहेको श्री उर्गेन छ्योलिङ गुम्बामा आउन ३० मिनेटको पैदल यात्रा पश्चात यो रमणिय बौद्धगुम्बाको प्रँङ्गणमा आईपुगिन्छ ।

ध्यान दिनुपर्ने कुराः
तपाई यस गुम्बामा पूजागर्न आउँदै हुनुहुन्छ भने अनिवार्य रुपमा आबस्यक पूजाका सामाग्री ९पूजा–विधिको सामान० साथमा ल्याउनु पर्ने हुन्छ । यहाँ वरपर पसल नभएको कारण सामाग्री पाउनको लागि समस्या छ । यो ँश्री उर्गेन छ्योलिङ गुम्बाँमा आउँदा धुम्रपान तथा मध्यपान पूजा अवधि भरी पूरै निषेध गर्नुपर्ने छ ।

खान र बस्नको ब्यबस्थाः
हालको परिपेक्षमा यस् पवित्रधाम परिसर् नजिकै सामान्य् मात्रामा होटल सन्चालनमा रहेको हुनाले तपाईं टाडाबाट आउनुहुने दर्शनआर्थीहरुले सहजताको लागि पूर्वमा अनी नेपाल कै पहिलो नमुना शहर फिदिममा अबस्थित सुबिधा युक्त होटलहरुमा जस्तैस् होटल सरगम (Hotel Sargam) अनी होटल अजि:मा (Hotel Aji:Ma) (जुन चाँही पेजको दाँया साईडमा रहेको लोगोमा क्लिक गर्नुहोला) यि सुबिधा सम्पन्न होटलहरु सधैं यहाँहरुको सेवामा तत्पर रहेका छन । यि होटलहरुमा बास बसी यातायातको अनुकुलता मिलाई यात्रा गर्नु होला । शहर तथा टाडाबाट आउनुहुने दर्शनार्थीहरुको लागि खान–बस्न अलिक असहजता महशुस भएतापनि बिभिन्न चाड–पर्व जस्तैः तमू ल्होसार, बुद्ध–जयन्ती जस्ता पर्वमा पाल्नुहुने अतिथिहरुलाई यही गाउँघरमा आई खान तथा बस्नको ब्यबस्था स्वयं गर्नुपर्ने अबस्था छ ।

पहिरनः
यस श्री उर्गेन छ्योलिङ गुम्बामा आउँदा सफा कपडा लगाएर आई पूजा–पाठ गर्नु पर्दछ र यो ठाउँ अलिक अग्लो भू–भागमा भएकाले समय अनुकुल पहिरन लगाई आउनु पर्दछ ।

यस क्षेत्रको महत्वः
यस श्री उर्गेन छ्योलिङ गुम्बामा बर्षको एकपटक तमू ल्होसार मनाउने बिभिन्न बौद्ध–धर्मावलम्वीहरु आफ्नो भेष–भुषामा उपस्थित हुने, बौद्ध महागुरुहरुबाट प्रवचन (कयत) हुने, यस गुम्बाबाट बिभिन्न अग्ला–अग्ला हिम–श्रृङ्खलाहरुको सहजै अवलोकन गर्न सकिनेछ ।

अन्य आकर्षण:

यस रमणिय क्षेत्रबाट दृश्यालोकन गर्नका सफा मौसम रहेका बेला उत्तरपूर्वमा कुम्भकर्ण, सिदिङ्वा, पाथीभरा, मानाभरा, कञ्चनजंघा र ताप्लेजुङका थुप्रै रमणिय भू–भागहरुलाई प्रत्यक्ष देख्न वा अवलोकन गर्न सकिन्छ । यस श्री उर्गेन छ्योलिङ गुम्बाबाट दक्षिणमा सिकिम पूर्वमा च्याङ्थापु गा.वि.स. र पश्चिममा एकतिन गा.वि.स.को प्राङगणमा अबस्थित श्री उर्गेन छ्योलिङ गुम्बा बौद्ध धर्मावलम्वीहरुका लागि ब्यापक रुपमा धार्मिक केन्द्र भएको छ ।

श्री उर्गेन छ्योलिङ गुम्बाका अन्य  आकर्षण तस्बिरहरु:-

P1040266

P1040263

P1040260

P1040258

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*