ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: तिर्थस्थलः श्री अर्जुनधारा जलेस्वर धाम

तिर्थस्थलः श्री अर्जुनधारा जलेस्वर धाम

मेची अञ्चल झापा जिल्लाको उत्तर तर्फ श्री अर्जुनधारा जलेस्वर धाम अर्जुनधारा गा. बि. स. वार्ड न ४ मा रहेकोछ । यो धाम आस्थाको केन्द्र हो । द्वापर युगको अन्त्यमा अर्जुनले बिराटका गाई जो चोरीएका थिए र फर्काएर ल्याउदा बाटोमा तिर्खाएका ती गाईलाई पानी खुवाउनको लागि जमिनमा बाण प्रहार गरी उक्त बाण प्रहारबाट पानीको जलधारा निकालेर ती गाइलाई खुवाएको हुँदा अर्जुनधारा नाम रहेको हो । यहाँ व्यास अग्रिम लक्ष्मी नारायण, हनुमान, गणेश, यज्ञशाला, कालिनाग, पञ्चधारा एबं परं आकर्सक भगवान जलेश्वर नाथ शिवको मुल मन्दिर रहेको छ । एवम्  मुल पोखरी जो अति प्राचिन् मानिन्छ ।

तिर्थालुहरुले यिनै दर्शनीय स्थानको दर्शन गर्न सक्नुहुनेछ । दुरदराजबाट तिर्थालु पर्यटकहरुको सुबिधाको लागि दर्शनको ब्यबस्था गरिएको छ ।

यातायात:

यातायातका लागि प्रशिद्ध नगरी बिर्तामोडबाट ४ कि. मि. उत्तरमा रहेको यस् धामसम्म आउन पक्की सडक रहेको एवम् यातायातका साधन प्रसस्त पाइनेछ । साथै भद्रपुर बिमानस्थलबाट पनी सिधै बिर्तामोड, सनिस्चरे हुँदै यस् धाममा आउने सुबिधा रहेको छ ।

यात्रा समय:

बिहान् ६ बजेबाट ११ बजेसम्म, २ बजेबाट ९ बजे रातीसम्म र यो धाम दर्शनको उत्तम समय कार्तिक, मंसिर, पुष, माघ, फाल्गुन, चैत्र, बैशाख, जेष्ठ र श्रावण् रहे पनि बिशेष श्रावण् र मंसिर महिना उत्तम रहेको छ ।

ध्यान दिनुपर्ने कुराहरु:

धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले मुल मन्दिर भित्रको फोटो खिच्न पाइदैन् । यसमा ध्यान दिनु पर्ने हुन्छ ।

खाना र बस्नको ब्यबस्था:

धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै Hotel Delight (होटेल डिलाइट) Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस दमक, Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरन:

सनातन सस्कृतिको मुल स्थलो भएको हुँदा धोती, कुर्ता, टोपी या दौरा सुरुवाल कोट आदी या तिर्थालुका लागि कुनै निस्चित पहिरन निर्धारण गरुएको छैन ।

यस क्षेत्रको महत्व:

यो धाम एैतिहासिक धार्मिक घटनाबाट स्थापित हुन गएको हुँदा यसको धार्मिक महत्व धेरै छ् । आध्यत्मिक चिन्तकहरुका लागि शान्ती क्षेत्र साधना भुमी हो । यहाँको पूजा, अभिषेक, स्नान, आरती, हवन् आदी शुभ एबं दैबिक कार्यले मानसिक शान्ती र भौतिक समुन्नती प्राप्त हुने हुँदा पनि यसको अत्युत्तम महत्व छ । प्राकृतिक बातावरण, सुन्दर, स्वस्च्छ दिर्स्यावली अनन्त साधना आराधना, यज्ञ, महायज्ञहरु भै सकेको भएकाले यसको महत्व ठुलो छ ।

अन्य आकर्षण:

गौशाला, सुर्यकुण्ड, बैदिक गुरुकुल, यहाँ हुने ध्यान किर्तन भजन एबं अन्य निर्मित देबस्थानहरु, प्रात्तकालमा खडीबाबा पार्क सस्कृत माबी, बगिरहेका पञ्चधारा जो प्राचिन बास्तुकलामा आधारित छन । मुलद्वार एबं मुल मन्दिर जो श्री पशुपतिनाथकै शैलिमा निर्मित छ ।

ॐ नम शिवाय:

श्री अर्जुनधारा जलेस्वर धामका अन्य आकर्षण तस्बिरहरु:

arjundhara_gate

arjundhara_temple-front-side

arjundhara_madeb-silaa

arjundhara_Puja

arjundhara_arjun-le-ban-haneko

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*