ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल :: 4.3 कणाली अञ्चल (Karnali Zone) :: 4.3.1 मुगु जिल्ला ( Mugu District) :: विश्वलाई मन्त्रमुग्न पार्ने, यी हुन कर्णालीका सुन्दर स्थानहरु

विश्वलाई मन्त्रमुग्न पार्ने, यी हुन कर्णालीका सुन्दर स्थानहरु

सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् ।
कर्णालीको प्रर्र्यटकिय क्षेत्र रुपमा रारा ताल से–फोक्सुण्डो तालका बारे मानिसले थोरै जानकारी पाए पनि अन्य यस्ता स्थल छन् जो अझैँ पनि ओझेँलमा परेका छन् । जो स्थलका बारे यहाँ थोरै भए सामान्य परिचय गराईन्छ । जसले गर्दा यसले कर्णाली आम मानिसको प्रर्यटकिय संम्भावनाले यहाँका मानिसको आयस्रोत केहि माथी उठोस् ।

rara lake
राराताल
कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित राराताल नेपलको सबैभन्दा ठुलो ताल हो । कतै पनि पानीको निकास नदिखिने यो ताल समुद्री सतह देखि १० हजार फिटको उचाईमा रहेको छ । १० बर्ग किलोमिटर फैलिएको यो तालको वरिपरि पैदल गोरेटो बाटोले अवलोकन गर्न सकिन्छ ।
निलो गाढा रंगको पानीले भरिएको यो तालमा सफा पानीमा पाईने माछादेखि जल बिहार गर्ने हाँस, जलेवा र क¥याङ्गकुरुङ्ग जस्ता अंसख्या प्रजातिका चरा पनि देख्न पाईन्छ ।
यो तालसँगै बन्यजन्तु निकुञ्ज पनि जोडिएकोले निकुञ्जमा बिभिन्न जातीका जंगली जनवार देख्न पाईन्छ । यो निञ्कुजमा नेपालमा नै लोपोन्मुख अबस्थामा रहेको जंगली बास्नादार जनवार कस्तुरी देख्न पाईन्छ ।
यस तालमा पुग्न नेपालगंज वा सुर्खेतबाट आधा घण्टाको हवाई दृष्य अवलोकन नेपालको उच्चस्थानमा रहेको मुगुको ताल्चा बिमानस्थलमा पुग्न सकिन्छ । बिमानस्थलबाट २ घण्टाको पैदलयात्रा हिडेपछि राराताल पुग्न सकिन्छ । यो बाहेक यस तालमा पुग्ने अर्को बाटो भनेको पैदल यात्रा हो पैतल यात्रा गर्दा समय बढी लाग्ने गर्दछ । अहिले सडक मार्गले पनि मुगुमा राजमार्ग रेखा कोरिएका कारणले आफ्नो मोटरसाइकल र आफ्नो गाडी बुकिङ्ग गरेर जान सकिन्छ । सडक बनेका कारणले रारातालसम्म पुग्न सजिलो मार्ग बनेको छ ।

phoksundo lake dolpa
से–फोक्सुडो
कर्णाली अंञ्चलको डोल्पा जिल्लामा पर्ने से–फोक्सुडो ताल ४ दशमलव ८ किलोमिटर लामो,१ दशमलव ८ किलोमिटर चौडा र ६सय ५० मिटर गहिरो रहेको छ ।
नेपाल कै गहिरो तालका रुपमा परिचित से–फोक्सुडो सुर्यको स्थानसंगै रंग फेर्ने यसको बिषेशता रहेको छ । यसको सफा पानीलाई हिमश्रृखलाले पहरा दिईरहेको दृष्य कम मनमोहक छैन । त्यो देख्दा सबैलाई स्वर्ग पुगेको अनुभव गर्न सक्छन् ।
से–फोक्सुडो अर्को बिषेशता भनेको यस तालसँग जोडिएको निकुञ्ज हो । ३ हजार ५ सय ५५ बर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालकै सबैभन्दा ठुलो क्षेत्रफल ओगटेको निकुञ्ज हो ।
यस निकुञ्जमा १सय ९६ प्रजातीका चरा र ३२ प्रजातीका जंगली जनवार र ४ सय ७ प्रजातीका जंगलि जडिबुडी यो निकुञ्जमा पाईन्छन ।
से–फोक्सुडो ताल र निकुञ्जबाट रोमणिय स्थलको अवलोकन गदै २ घण्टाका सदरमुकाम दुनै पुग्न सकिन्छ ।
यस जिल्लाको अर्को बिषेशता भनेको क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला पनि हो ।

pimage_upper-dolpa-final-2

से–गुम्बा
डोल्पा जिल्लाको उपल्लो डोल्पामा पर्ने से–गुम्बा बिश्वका बाह्रबोद्ध गुम्वाहरु मध्ये एक मानिन्छ । प्राचीन पगौडा शैलीमा निर्मित यो गुम्बा नेपालकै बौद्ध धर्मको आस्था राख्नेहरुका लागी एक गुम्बा हो । बौद्ध धर्मका असंख्या ग्रन्थ पाईने यस गुम्वामा पुराना बौद्ध मुर्ति पनि रहेका छन् ।
राज्यको संरक्षणको अभावमा जिर्ण बन्दै गईरहेको यस गुम्वाको प्रचार प्रसार हुन नसक्दा पनि से–गुम्बा आझेलमा पर्दै गईरहेको छ । यसको प्रचार प्रसार हुने सके यसमा बौद्ध धर्म प्रति आस्था राख्ने बिश्वका मानिसको घुईचो लाग्ने थियो ।
पचाल झरना
कालिकोट जिल्लाको पचाल झरना बदालकोट गाबिस अवस्थित छ । चुली हिमालबाट बग्ने पानीले तल कर्णाली नदीमा मिसिदा बनेको लामो छागाँले गर्दा यो झरना निकै लामो रोमान्चक शैलीमा बग्ने गरेको छ । सेतो पानी बग्ने यस झरना अलि टाढाबाट हेर्दा दुध खसे जस्तैँ देखिन्छ ।
यसको पनि प्रचार प्रसार नहुदाँ अहिलेसम्म पनि ओझेँलमा परेको यो झरना नेपालको सबैभन्दा ठुलो र लामो झरना हुन् सक्ने अनुमान स्थानीयबासीले गरेका छन् । यो झरनाको लम्वाई करिव १ किलोमिटर रहेको अनुमान गरिएको छ । तर हालसम्म पनि यसको लम्वाईका बारे कुनै खोज र अनुसन्धान भने गरिएको छैन ।
यस क्षेत्रमा पुग्न भने गाह्रो छैन । सुर्खेत वा नेपालगंजबाट ६ देखि ८ घण्टाको बस यात्रा गरेपछि कालिकोटको सदरमुकाम मान्माबजार पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा पैतल यात्रा गरेपछि पचाल झरनामा देख्न सकिन्छ ।

पंचदेवल
कालिकोट जिल्लाको मान्ममा अवस्थित पंञ्चदेवल पुरानो देवलहरु मध्ये एक हो । पाँचवटा ठुला ठुला ढुङ्गाले बनेको यो देवल ढुङ्गामा कृत्रिम प्राचिन कला कृति सुन्दर ढंगले कोरिएका छन ।
यो हेर्दा पाँच वटा मंन्दिर जस्तो देखिने देवलमा एउटा ढुङ्गामा पानीको कुवा रहेको छ । यस ढुङ्गा कुवामा पानी कता आउँछ र निकास कता छ भन्ने कसैलाई पत्तो छैन । तर, बाह्रै महिना यो कुवाको पानी सफा र कंञ्चन नै देखिन्छ । यहाँका स्थानीयबासीहरुले यो देवलको निर्माण पाण्डवले गरेको किवदन्ती भएपनि इतिहासबिद् योगी नरहरी नाथले इतिसम्वत् १३३६ मा मनुमृतिको सम्झनामा दिने जुम्ली खस राजा मलय बर्माले गर्न लगाएको उल्लेख गरेका छन् ।
हुम्लाको नेप्का गाउँ
नेप्का गाउँ बहुम्ला जिल्लाको श्रीमण्टा गाबिसमा पर्दछ । घना बस्तीमा सानो चिटिक्क परेको यसको गाउँको बिषेशता भनेको दैनिक १२ घण्टामा तिन पटक सुर्य उदाउने र अस्ताउने गर्दछ ।
बिहान जमिनमा सुर्यको किरण पर्दासाथ यस गाउँमा घाम लाग्दछ । दिउसो फेरि सुर्य अस्ताउछ । बेलुका फेरि सुर्य उदाउँछ । फेरि पुनः सुर्य अस्ताउँछ । यसरी नै दैनिक तीन पटक सुर्य उदाउने र अस्ताउने नेक्पा गाउँ एक पटक सबैले हेर्ने पर्ने ठाउँ हो । यसको प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म यसका बारे कसैलाई पत्तो छैन ।
यसको अर्को बिषेशता भनेको यसबाट चिनियाँ बजार टाके पुग्ने छोटो बाटो पनि हो । यो बाटो टाके पुग्न रोमणीय हिमताल र हिमपुल हुदैँ जानुपर्छ । बिभिन्न जडिबुडीको भण्डारको रुपमा लिईने नेप्का गाउँ यसको पाटनमा रहेका दुध दह पनि हेर्न लायक दह रहेको छ । यस दहको बिषेशता भनेको दुध जस्तै सेतो कञ्चन पानी रहेको छ ।

Nepal - Jumla
गतब्य जुम्ला
जोकोहिले पनि एक पटक कर्णाली अञ्चलको जुम्ला जिल्ला नपुगिने नहुने ठाउँका रुपमा लिईन्छ । यस जिल्लामा प्रर्यटकिय हेर्न लायक धेरै ठाउँ र स्थान रहेका छन् । जस मध्ये सिंजा तातोपानी र जुम्लाका प्राचीन काष्ठकलाको अनुपम उदारणीय रहेका छन् ।
जुम्ला जिल्लाको तातोपानी गाबिसमा अवस्थित तातोपानी तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा रहेका छन् । यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने गरेको छ । यस धारामा नुहाउँदा छाला र हाड सम्वन्धि बिभिन्न रोग निको हुने बिश्वास गरिन्छ । यस पानीमा नुहाउन कर्णालीका पाँच वटै जिल्ला, भेरि अञ्चलका दैलेख र जाजरकोट सेती अञ्चलको अछाम जिल्लामा मानिस अहिले पनि जाने गर्दछन । यातायातको सुबिधा पुगिसकेको जुम्ला जिल्लामा तातो पानीका प्रचार प्रचार हुनसके अझैँ धेरै मानिसको ओईरो लाग्ने थियो ।
जुम्ला जिल्लामा हर्न लायक अर्को बिषय भनेको लिताकर्णाली नदी र सिंजा खोलामा बनेको काठेपुल हुन् । प्राचीन शैलीमा कयौँ पुस्ता अघि बनेका ति काठेपुलमा बिभिन आकृतिका चित्रहरु कारिएका भेटिन्छन । संरक्षण नहुदाँ जिर्ण बन्दै गाईरहेका पुल देख्दा अबका दिन ती रहने हुन् वा नहरने हुन भन्ने दोसाधमा नै छन् ।
जुम्ला जिल्लामा एक पटक नपुगी नहुने ठाउँ जुम्ला सिंजामा हो । कर्णाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजामा पुराना पुराना घर भेटिन्छन् । त्यतिवेला राजाका दरवारहरु तत्कालिन शाहवंशिय राजाहरुले भत्काएपनि त्यसका अवशेष अझैँ भेटिन्छन । अर्कोतर्फ खसभाषाको उत्पती भएको सिंजामा नेपाली भाषाको सामान्य जानकारी जोकोहीले पनि नपुगी नहुने ठाउँ पर्दछ ।
जुम्लाको स्याउ बिषेशताले गर्दा पनि यो ठाउँमा पुग्न अहिले पनि कुनै गाह्रो छैन । जुम्ला पुग्न अहिले सुर्खेत वा नेपालगंजबाट गाडी वा हवाई यात्रा पनि गर्न सकिन्छ ।
कर्णालीमा गएर फिर्ता हुदा हाईअल्टिच्युट बाट कर्णाली नदिका रेप्टिङ्ग गर्दैै नेपालगंज वा सुर्खेतमा झर्न सकिन्छ ।
कर्णालीका यी क्षेत्रको भ्रमण र प्रर्यटन विकासका निम्ति राज्यले सहज बातावरणका लागी त्यो क्षेत्रको हवाई यातायत, रार्जमार्गको स्तरउन्नती र नयाँ सडकका ट्रयाक खोल्ने काममा सरकारले बिषेश जोड दियो भने यस क्षेत्रमा रहेको बेरोजगारी समस्या भोकभरी लगायतका समस्या समधान हुने बिज्ञहरुले बताउँदै आएका छन् । तर यसको प्रचारप्रसार लागी कर्णाली प्रर्यटन विकास बोर्ड गठन गरिएको छ त्यसले खासै काम गर्न नसेको यहाँका स्थानीयबासीको गुनासो रहेको छ ।
मुगु छायाँनाथ मन्दिर
मुगु जिल्लाको डोल्पु र छिताई गाबिसको सिमाना रहेको छायाँनाथ मन्दीर कर्णाली क्षेत्रका लागि धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको छ । यसलाई कर्णाली क्षेत्रमा पुजिने ठाकुर ज्युको मूख्य देवताका रुपमा पुज्ने गरिन्छ । उच्च हिमाली भेगमा रहेको यस मन्दीरमा श्रावण पुर्णिमा दिन पुजा गर्ने गरिएको छ । यस मन्दीरको पुजा गर्न कालिकोट दैलेख जुम्ला, जाजरकोट, अछाम, बाजुरका मानिसहरुको घुइचो लाग्ने गरेको छ । हालसम्म पनि यसको प्रचार प्रसार हुन सकेको छैन् । Copied:रमेश रावल @ http://www.ghumphir.com.np

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*