ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: ‘विश्वमै पर्यटनका १० उत्कृष्ट देशमध्ये नेपाल नम्बर एक’

‘विश्वमै पर्यटनका १० उत्कृष्ट देशमध्ये नेपाल नम्बर एक’


काठमाडौँ, २१ पुस । पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमध्ये नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो ।

१० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ ।

myagdi punhil tourism tourist himal

नेपालीको आतिथ्य स्वागत गर्ने व्यवहारले नेपाली पर्यटन क्षेत्रको राम्रो पक्ष रहेको जनाएको छ । प्राकृतिक हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त वन जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।Copied (Taja Khabar)

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*