ताजा जानकारी
Home :: प्रमुख :: फोब्र्सले दियो पर्यटकलाई नेपाल घुम्न सल्लाह

फोब्र्सले दियो पर्यटकलाई नेपाल घुम्न सल्लाह

mustang-trek-topरमणीय अनि मनोरम गन्तब्यका लागि घुम्नुपर्ने ठाउँमध्ये नेपाललाई उत्कृट १० सहर (मुलुक) भित्र पारेको विश्वचर्चित पत्रिका फोब्र्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ । भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोब्र्समा प्रकाशित आलेखमा उल्लेख छ ।
आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने गतिलो अवसरका रुपमा अहिलेको समयलाई चित्रण गरिएको छ । फोब्र्समा बेन्ना विल्सनले लेखेको आलेखमा नेपाल घुम्न विदेशीलाई आह्वान गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*