ताजा जानकारी
Home :: पश्चिमाञ्चल :: 3.2 लुम्बिनी अञ्चल (Lumbeni Zone) :: लुम्बिनी पर्यटकीय दृष्टिले संसारमै परिचित रहेको

लुम्बिनी पर्यटकीय दृष्टिले संसारमै परिचित रहेको

रुपन्देही, चैत २८ – अर्थमन्त्री डा रामशरण महतले पूर्वाधारको विकास र निर्माणमा सरकारले जोड दिएकोले अव स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने र युवाहरुले विदेशमा भन्दा स्वदेशमै बढी आम्दानी गर्नसक्ने बताएका छन् । पर्यटन र जलस्रोतको विकासका लागि सरकारले हालै केही साहसिक निर्णयहरु गरिसकेको छ । यसले गर्दा आगामी अढाई बर्षभित्रैमा लोडसेडिङ्गको अन्त्य हुनेछ । त्यतिमात्र होइन, ठूला ठूला विद्युत परियोजनाहरुमा लगानी आएको स्थितिलाई हेर्दा त्यसको केही बर्षपछि हामी बिजुली निर्यात गर्न सक्ने स्थितिमा पुग्नेछौं भन्न सकिन्छ ।

लुम्बिनी पर्यटकीय दृष्टिले संसारमै परिचित रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भैरहवास्थित अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माणपछि विशेषगरी बौद्धमार्गी पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले यो विमानस्थललाई छिटो बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेको छ । त्यसैगरी पोखराको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्यलाई पनि अगाडि बढाइसकेको छ । निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि छिटै अगाडि बढ्नेछ । यसपछि पर्यटन क्षेत्रले ठूलो आम्दानी दिलाउनेछ र मुलुकको उच्च आर्थिक वृद्धि हुनेछ । अर्थमन्त्री डा महतले भन्नुभयो ।
Copied: ratopati

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*