ताजा जानकारी

बेतना सिमसार क्षेत्र

मोरङ्ग जिल्लाका पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बेतना सिमसार क्षेत्र पनि प्रमुख भएको छ । यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगलनै रहेकाले यसलाई बेतना भनिएको हो । चारकोशे झाडी भित्र उम्रिएको पानीले बर्षै भरी त्यहाँका ठूलाठूला पोखरी भरी भराउ हुने हुँदा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रपमा राखिएको छ । हिउँदका समयमा यस क्षेत्रमा रुसको साईबेरिया देखिका चराहरु आई यहाँको पर्यटकीय थलोलाई थप अगाडि बढाउन सफल बनाएको छ । तिनिहरु चिसो यामभरी त्यसै सिमसार क्षेत्रमा बस्ने, त्यसको छेउछाउका रुखहरुमा बच्चा हुर्काउने तथा त्यहाँ गर्मीयाम शुरु हुनासाथ पुनः हुर्काएका बच्चाहरु लिएर आप्mनो पुरानो बासस्थान तिर नै फिर्ने गर्दछन् । यहाँ प्रत्येक साल मंसिर देखि बैशाख हुँदै जेठसम्म सुन्दर चराचुरुङ्गीहरु देख्न पाईन्छ । करिब पच्चिस प्रजातिका दुर्लभ चराहरु, विश्वकै दुर्लभ प्रजातिका कछुवा, बिभिन्न जातका माछा, जीवजन्तु र वनस्पतिहरु यस भेगमा पाईने जंगलको बिचमा रहेको सिमसारको पोखरीले यस स्थानलाई मनमोहक बनाएको छ । वातावरण, पर्यावरण र जैविक विविधताको अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरुका लागि समेत निकै महत्वपूर्ण रहेको छ । पुरा गर्न अझै बाकी………..

Betana Taal 2

Betana Taal 5

Betana Taal 4

Betana Taal

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*