ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.5 सुनसरी जिल्ला (Sunsari District) :: बुढासुब्बा बाबाको मन्दिरः धरान-सुनसरी

बुढासुब्बा बाबाको मन्दिरः धरान-सुनसरी

सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने अर्को प्रशिद्ध मन्दिर हो बुढासुब्बा बाबाको धाम । यस मन्दिर भित्र रहेका माटोका दुईवटा ढिस्का माथि बुढासुब्बा र बुढी सब्बेनीका नाममा टाडाबाट दर्शनार्थिहरु आई पूजाआजा गर्ने गर्दछन । कति पय मानिसहरुती ढिस्कालाई बुद्धिकर्ण राईको र अन्य कतिपय चाहिँ मगर काजीको समाधि मान्दछन् । ति ढिस्कामा थुप्रै प्रकारका त्रिशुलहरु गाडिएका र घण्टीहरु झुन्डिएका देखिन्छन् । यहाँ आउने दर्शनार्थीहरुको भनाई अनुसार यिनको भाकल गरी पशुवली दिएमा सुख समृद्धि बढ्ने तथा मनोकान्क्षा पुरा हुने मान्यतामा यिनलाई कुखुराको भाले र सुँगुरको बलि दिने चलन छ । तसर्थ बुढासुब्बा भेगमा प्रत्येक शनिवारका दिनहरुमा पशुबली दिने मानिसहरुको भीडभाड लाग्ने गर्दछ । यिनलाई बिशेष गरी किराँतीहरुले आफ्ना प्रिय देवता मान्दछन् । यस बुढासुब्बा मन्दिर भेगमा माटाका मट्याङग्राहरु प्रशस्तै पाईन्छन, जसलाई बूढासुब्बाले निर्माण गरी प्रयोग गरेको मानिन्छ । तिनिहरुले रोगव्याधी निको पार्ने मान्यता छ भने यहाँ दर्शन गर्न आउने दर्शनार्थिहरुले प्रत्यक्ष देख्न पाईने अर्को आश्चार्य हो बूढासुब्बा बाबाले गुलेली र मट्याङग्राले हानेर बाँसका टुप्पा भाचिएर ठुटाहरु रहेका देख्न सकिन्छ । डाटा संकलनको क्रम पुरा हुन बाँकी…….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*