ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस ।

बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस ।

काठमाण्डु, १५ भदौ-बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ । विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाण्डु–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । हालसम्म काठमाण्डु–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराई बताउँछन् । उनले भने, ‘निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ ।’ स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले जानकारी दिए । लामो दूरीको यात्राका लागि बस अत्यन्त प्रभावकारी हुने सञ्चालक भट्टराईले बताए । शौचालयको सुविधा भएको यो बसको काठमाण्डुदेखि पोखरासम्मको भाडादर एक हजार तोकिएको र सहुलियत कार्ड लिने यात्रुलाई केही सस्तो सेवा प्रदान गर्ने ट्राभल्सले जनाएको छ ।

आधुनिक समयको माग अनुसार आयात गरिएको सो पर्यटकीय बसको मूल्य ८० लाख देखि ९० लाख सम्म पर्ने सञ्चालक भट्टराई बताउँछन् ।

– See more at: http://kathmandutoday.com/2015/09/131132.html#sthash.PkIWccOA.pS7GlHgv.dpuf

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*