ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र: बराह क्षेत्र, सुनसरी

प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र: बराह क्षेत्र, सुनसरी

 बराह् क्षेत्र:-

कोशी अञ्चल सुनसरी जिल्लाको कोका कौशिकी तटमा रहेको बराह् क्षेत्र धाम प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र हो । यो बराह् क्षेत्र गा.बि.स. अन्तर्गत वार्ड न. १ मा पर्दछ । यस् मन्दिरमा भगवान बिष्णुको दश अबतार मध्ये तेस्रो अबतार बराह् अबतारको भब्य मन्दिर रहेको छ । प्राचिन समयमा हिराण्यक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो अधिनमा राख्यो । त्यसै समयमा मानब बस्ती (प्राणी)को साझा भुमी पृथ्वीमा प्राणी शृष्टि गर्न ब्रम्हाले मनुलाई आज्ञा दिनु भयो तर पृथ्वी राक्षसको अधिनमा रहेको हुनाले फेरी मनुले पृथ्वी माग्नु भयो र उक्त पृथ्वीलाई प्राप्त गर्न ब्रम्हाले बिष्णुको आराधना गर्नु भयो । त्यस समय ब्रम्हालाई हाक्ष्यु आयो । ब्रम्हाको हाक्ष्यु सगै सानो रौ आकारको बराह् रुप बाहिर आयो र् बिशाल रुप लियो । त्यो सुन्दररुप बराह् प्रभु हामफाल्दै पृथ्वीलाई खोज्दै हिंड्नुभयो र पछी हिराण्याक्ष राक्षसको कब्जामा रहेको पृथ्वीलाई उक्त राक्षस सँगको बिशाल युद्ध पस्चात युद्ध सफल पारी उक्त पृथ्वीलाई ल्याएर जल माथि स्थापित गरी हिराण्याक्ष बध गर्नु भयो । पछी आफ्नो स्वरुपलाई समेटी यस् क्षेत्रमा आएर बस्नु भए पछी यस क्षेत्रको नाम बराह् क्षेत्र रहन गएको हो । यसको वरिपरि अन्य महत्वपूर्ण तिर्थस्थलहरु रहेका छन । यसका वरिपरि पंच भगवान, श्री लक्ष्मी, ईन्द्र, गुरु बराह्, नागेस्वर, सुर्य बराह, कोका बराह्, बद्रीमुत्येस्वर, गायात्री आश्रम जस्ता मन्दिर रहेका छन ।

यातायात:
यस् क्षेत्र आइपुग्नका लागि सुनसरी जिल्लाको इटहरीबाट उत्तरतर्फ हुँदै सुन्दर नगरी धरानबाट पश्चिम उत्तर चतारा हुँदै यस् धाम आउन सकिन्छ । साथै सुनसरी जिल्लाको झुम्काबाट उत्तरी सडक हुँदै चताराबाट पश्चिममा रहेको यस् धाम आउन सकिन्छ । साथै आफ्नु सवारी साधनबाट बिभिन्न द्रिस्यालोकन गर्दै यस् धाम सम्म आउन सकिन्छ ।

यात्रा समय:
यस् क्षेत्र आइपुग्नका लागि सुन्दर नगरी धरानबाट २५ कि. मि. पश्चिम उत्तरमा रहेको यस् धामसम्म आउन कच्ची सडक रहेको एबं धरान चतारा हुँदै यहाँ आउन यातायातका साधन प्रसस्त पाइनेछ । यस्तै झुम्काबाट ३० कि. मि. उत्तरमा रहेको यो प्रसिद्ध धाममा आउन सवारी साधन प्रसस्तै पाइनेछ् । साथै बिराटनगर बिमानस्थलबाट पनी सिधै इटहरी, धरान, चतारा हुँदै यस् धाममा आउने सुबिधा रहेको छ । आफ्नो मोटर् बाइक रहेको छ भने पनि सजिलै यस् धाम आउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु:
सात्विक बिचार, सात्विक आहारका साथ तिर्थ भ्रमण गरेमा तिर्थले दिने पुण्य प्राप्त गर्न सकिन्छ । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले मुल मन्दिर भित्रको फोटो खिच्न पाइदैन् । तिर्थ भ्रमण् गर्दा यसमा ध्यान दिनु जरुरी छ ।

खाना र बस्नको ब्यबस्था:
धाम परिसरको नजिकै यात्री बासको लागि बराहक्षेत्र सेवाश्रम, बराहक्षेत्र धर्माश्रम, गायात्री आश्रम लगायत अन्य आश्रमहरु रहेका छन । धर्मशालामा बस्ता न्युन शुल्कमा सयनको लागि कपडा साथै खाना पकाउन भाडा बर्तन पाईन्छ । साथै साधु सन्त्/ फकिरहरुका लागि निशुल्क ३ छाक भोजनको ब्यबस्था गरिएको छ ।

पहिरन:
यो धाम आस्थाको केन्द्र भएकाले सभ्य र सु-संस्कृत पहिरन लगाएर मन्दिर प्रबेश गर्नु या तिर्थाटन गर्नु उत्तम मानिन्छ । भड्किलो र उत्ताउलो पहिरनले अन्य भक्तालु हरुमा नकरात्मक सोच जाने हुँदा यत्ता पट्टी भक्तालुहरुले ध्यान दिनु आबश्यक हुन्छ । भोजन र पहिरनले उसलाई परमात्मा सँगै सात्क्षात्कार गराउन मद्धत पुग्दछ ।

यस क्षेत्रको महत्व:
यस क्षेत्र प्राचिन धार्मिक स्थल भएकोले यसको महत्व धेरै रहेको छ । यस मन्दिरको उत्पती कहिले भयो स्पस्ट प्रमाण नभए पनि प्राचिन समयका बिभिन्न राजा महाराजाहरुले जिर्णोद्वार सम्रक्षण सम्बर्द्धन गर्दै आएका प्रमाण छन । बि.श. १९९० सालमा आएको भुकम्पमा परी मन्दिर भात्किए पछी तत्कालिन श्री ३ जुद्धसम्शेरले यस् मन्दिरको जिर्णोद्धार गरेका थिए । यहाँ बर्ष भरी नै टाढा टाढाबाट तिर्थालुहरु आउने भएता पनि कार्तिक एकादशी देखी पुर्णिमासम्म लाग्ने मेला जुन मेलामा भारतीय यात्रीहरु आउछन । पौष अमाबस्या मेला, मकर सग्रान्ति मेला, बाला चतुर्दशी मेला, आदी प्रमुख मेलाहरु छन । अहिले आएर यातायातका सुबिधाका कारण आजकाल शनिबार र महत्वपूर्ण तिथी पर्बहरुमा उल्येख्य दर्शनार्थिहरुको भिड लाग्ने गरेको छ । जसको कारण स्थानिय पर्यटन बिकासमा टेवा पुगेको छ ।

अन्य आकर्षण:
यहाँको प्रमुख भनेको कोकाकौशिकी सँगममा स्नान एबम बराह् क्षेत्रको दर्शन महत्वपूर्ण हो । तर पनि यहाँ कोशी नदिमा डुंगा यात्रा (Rafting) को मज्जा, बिभिन्न पहाडी द्रिस्यलोकन आदिको आनन्द लिना सकिन्छ । साथै अन्य नजिकै रहेका मन्दिरहरुको दर्शन गर्न सकिन्छ जस्तै: बिष्णुपादुका, छिन्ताङ देबी, मैनारानी, औलियामठ्, रामधुनी, पिन्डेश्वर, दन्तकाली, बुडासुब्बा मन्दिरहरु रहेका छन । ॐ नम शिवाय:

श्री बराह क्षेत्र धाम, तथा  अन्य आकर्षण तस्बिरहरु:

1

3

7

4

2

5

6

8

1

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*