ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.6 मोरङ्ग जिल्ला (Morang District) :: प्रख्यात एेतिहासिक स्थल विराट राजाको दरवार> मोरङ

प्रख्यात एेतिहासिक स्थल विराट राजाको दरवार> मोरङ

मोरङ जिल्लाको प्रख्यात एेतिहासिक स्थल विराट राजाको दरवार सम्बन्धी जन-विश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए । प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी (गुप्तचर) पठाएका थिए । जस आधारमा यसको नाम भेडियारी भएको हो भन्ने जनवश्विास छ ।
भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई इशापूर्व कालको अवशेष मानिएको छ । विराटराजको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन्, जसलाई स्थानीयवासीहरूले उक्त समयमा विभिन्न प्रयोजनका लागि बनाईएको बताउँदै आएका छन् । त्यहाँका पोखरीहरूलाई धरवा, किचकबध, भंसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा पोखरी नाम दिएका छन् । स्थानिय मानिसहरूले महाभारतका कथा कण्ठस्थ पारेका छन् भने त्यहाँ पुग्नासाथ जोकोहीलाई पनि उनीहरू त्यहाँका प्रत्येक स्थानलाई यहाँ फलानोले यसो गरेका थिए भनी बताउने गर्दछन । पुरागर्न बाँकी……

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*