ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: पूर्वाञ्चलको रमणीय स्थल: भेडेटार

पूर्वाञ्चलको रमणीय स्थल: भेडेटार

vedetar 1१५ भदौ : भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकैपटक हेर्नसकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो ।bhedetar 4 यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फगएको छ भने आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फगएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्यावलोकनकालागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।bhedetar 3

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्सप्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्यावलोकन टावर निर्माण भइरहेको छ । भेडेटारबाट नजीकै उत्तरपट्टी राजमार्गको “नमस्ते मोड” छेउमा रमणीय नमस्ते र्झना बगेको छ । भेडेटारबाट केही पश्चिममा ऐतिहासिक साँगुरीगढी (साँगुरी भञ्ज्याङ) रहेको छ। यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ । साभार श्रोत: पुर्बेली समाचार

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*