ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: पूर्वाञ्चलको झापा दोमुखा रमणिय पर्यटकीय गन्तब्य

पूर्वाञ्चलको झापा दोमुखा रमणिय पर्यटकीय गन्तब्य

श्री दोमुखा धार्मिक तथा पर्यटकीय स्थल

 मेची अञ्चल झापा जिल्ला शिवसताक्षी नगर पालिका वार्ड नं. ९ को उत्तर ईलाम जिल्लाको महमाई गा.वि.स. वार्ड नं.९ को दक्षिण, कनकाई नदिको किनारमा अबस्थित मनोरम धार्मिक तथा पर्यटकीय क्षेत्रलाई दोमुखा क्षेत्र भनिन्छ । महाभारत पर्वत श्रृखलाबाट उत्पति भईचुरे पहाडलाई चिर्दै पूर्व मोहडा पारी निस्कने कनकाई नदीमा जापानी आर्थिक तथा प्राविधिक सहयोगमा कोरियाली विकास निगम K.D.C. ले पूर्व मोहडाको कनकाई नदीबाट दक्षिण तर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा बिभाजन गरेको हुँदा यो क्षेत्र दोमुखा भनि परिचित हुन गएको हो । यस क्षेत्र प्राकृतिक तथा वातावरणिय रुपले सुन्दर रहेको छ र पर्यटकीय क्षेत्र स्थापनाको लागि पूर्वाधार समेत रहेको र धार्मिक रुपमा पनि भक्तजनहरुको आवत–जावत भई रहने हुँदा र अव्यवस्थित रुपमा बार्षिक लाखौं संख्थामा यस क्षेत्रमा बनभोज खान आउने, बिभिन्न चलचित्र लगायत अन्य डकुमेन्ट्रिको लागि छायाङ्कन गर्न तथा मनोरञ्जन गर्न देश विदेशबाट पर्यटकहरु आउने हुँदा यस क्षेत्रमा पर्यटकीय विकास, धार्मिक स्थलको विकास साथै पर्यटकहरुलाई आकर्षित गर्न र सेवा सुविधा पुर्याउन व्यवस्थित तरिकाबाट पर्यटकीय क्षेत्रको विकास गरी शान्त तथा रमाईलो वातावरणमा वनभोज खाने, छायाङ्कन गर्ने, मनोरञ्जन गर्नेव्यवस्था मिलाउनको लागि श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्था नामाकरण गरी २०६२ मा स्थापना गरी जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नं. १२२७ मा दर्ता गराएका छौं र यस क्षेत्रको पर्यटकीय विकासमा सरिक हुँदै आईरहेका छौं ।

यातायातः
यातायातको लागि शिवसताक्षी–९, माईधाममा रहेको महेन्द्र राजमार्ग देखि ३ कि.मि. उत्तरमा रहेको पर्यटकीय स्थलसम्म आउनको लागि कच्ची सडक भएपनि माईधामबाट दोमुखा आउँन प्रशस्त रुपमा भाडाका सवारी साधन पाईने छ । साथै भद्रपुर विमान स्थलबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा, माईधाम हुँदै दोमुखा आउने सुबिधा छ ।

यात्रा समयः
विहान ६ बजेबाट ५ बजेसम्म यस क्षेत्रमा वनभोज खान, चलचित्र सुटिङ्ग गर्न पुजा गर्न, दृष्य अवलोकन गर्न आउने गर्दछन् । बिशेष गरी कार्तिक देखि वैशाखसम्म यहाँ पर्यटकहरुको घँुईचो लाग्ने गर्दछ । श्रावण महिना भरी श्रीमहादेव भगवानका लागि पानी चडाउन बोलबमका भक्तजनहरु उल्लेखनिय आउने गर्दछन् ।

ध्यान दिनुपर्ने कुराः
कानुनको मर्यादा विपरित कुनै पनि काम गर्न पाईदैन । वैश्वणव देवी माताको मन्दिर एरियामा बली भोग दिन पाईदैन । समितिले प्रतिबन्ध लगाएको क्षेत्रमा पौडी खेल्न पाईदैन । नदी किनारमा फोहोर मैला गर्न पाईदैन ।

खान र बस्नको व्यवस्थाः
धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै Hotel Delight (होटेल डिलाइट) Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस: दमक), Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।
पहिरनः
यस क्षेत्रमा आउने आगन्तुक पाहुनाले समय अनुकुल, मौसम अनुकुल पहिरन लगाई आए हुनेछ । यस क्षेत्रमा आउन पर्यटकलाई कुनै निश्चित पहिरन तोकिएको छैन ।

यस क्षेत्रको महत्वः
यस क्षेत्रमा रहेको कनकाई माई नदीमा पुजा आजा, दर्शन गरे मनकामना पुरा हुन्छ भन्ने धार्मिक महत्व धेरै छ । यस क्षेत्रमा वनभोज खान आउने, चलचित्र सुटिङ्ग गर्न आउने, फोटो खिच्न आउने, चिडिया घर हेर्न आउने, गर्मिको बेला कनकाई माईको चिसो जलमा स्नान गर्न, रमाउन आउने भएकाले यस क्षेत्रको ठूलो महत्व बढ्दै आएको छ ।

अन्य आकर्षणः
यस क्षेत्रमा पर्यटकहरुले चुरे पहाड भएकोले बिभिन्न बस्तुहरुको अन्वेशण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट ईलाम जिल्ला भित्रका बिभिन्न स्थानहरुको अवलोकन गर्न र झापाका तराईका फाँटहरुलाई दृष्य अवलोकन गर्न र कनकाई नहरको उत्पतिलाई अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा बिभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, रितिरीवाज, परम्परा, भेषभुषा र संस्कारको जगेर्ना गर्दै भाईचारा सम्बन्धलाई बलियो बनाई बिभिन्न जात–जातीहरुका मानिसहरुको बसोबास रहेको छ ।

श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अन्य आकर्षण तस्बिरहरु:

dokukha baisnob debi

वैश्वणव देवी माताको मन्दिर:

domukha d

श्री दोमुखा, कनकाई नदीको बहाव

domukha dd

दोमुखा, कनकाई नदीबाट सिचाइका लागि लगिएको नहर

domukha

दोमुखा, कनकाई नदीबाट सिचाइका लागि लगिएको नहर

4 P1040740

दोमुखाबाट सिचाइका लागि लगिएको नहरको , पानीमा नुहाउदै आगन्तुक आन्तरिक पर्यटक

J135

दोमुखा, कनकाई नहर, पानीमा नुहाउदै आगन्तुक आन्तरिक पर्यटक

5 P1040739

दोमुखा, कनकाई नहर, पानीमा नुहाउदै आगन्तुक आन्तरिक पर्यटक

15 P1040697

दोमुखामा चिडिया घर प्रवेश द्वार

14P1040699

दोमुखामा रमणिय फुल बगैचा

11 P1040703

दोमुखामा रमणिय फुल बगैचा

12 P1040702

दोमुखामा रमणिय फुल बगैचा

13 P1040701

दोमुखामा रमणिय फुल बगैचा

10 P1040706

दोमुखामा चिडिया घर

9 P1040721

दोमुखामा चिडिया घर

8 P1040722

दोमुखामा चिडिया घर

7 P1040726

दोमुखामा चिडिया घर

6 P1040734

दोमुखामा चिडिया घर

1 P1040762

वैश्वणव देवी माताको मन्दिर:

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*