ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News) :: पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा ८ जनाको टोली “खप्तड” प्रस्थान

पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा ८ जनाको टोली “खप्तड” प्रस्थान

२०७३, श्रावण ९ गते ,

पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा सुदुरपश्चिमको मुख्य पर्यटकीय गन्तब्य स्थल “खप्तड” तिर आज एक टोली प्रस्थान गरेको छ | टोली टुर गाईड सुमित शाहीको नेतृत्वमा ८ जनाको टिममा २ जना फ्रेन्च पर्यटक रहेका छन् | ५ रात ६ दिनको यो टुर धनगढी देखि बझांग, तमेल, लामातोला होमस्टे हुदै खप्तड पुग्ने छ भने खप्तडमा खप्तड बाबा आश्रम, नागढुंगा, त्रिबेणी धाम, सह्स्रलिंग दर्शन, खप्तड दह, खप्तड पाटनको मनोरम दृश्यावलोकन गरि डोटीको झिन्ग्राना, सिलगढी हुदै धनगढी फर्कने छ | खप्तड क्षेत्रको ट्रेकिंगमा आन्तरिक तथा बाह्य पर्यटक हरुको संख्यामा यस बर्ष उल्लेख्य मात्रामा रहेको छ | केहि समय अघि पुर्व युवराज पारश शाह, पुर्व मुख्य सचिव लिलामणि पौडेल लगायतले पनि ट्रेकिंग गरिसक्नु भएको थियो |

राष्ट्रहितको लागि लामो समय देखि पर्यटन प्रवर्द्धनमा लागि परेको यस पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा प्रत्येक शनिबार धनगढीमा साइकल यात्रा हुदै आएको छ । उक्त यात्रामा सबै वर्गका अर्थात साइकल चलाउन सक्ने व्यक्तिहरूले सहभागिता जनाउन सक्ने पीएस ट्राभल प्वाइन्ट टुर्सका सञ्चालक पदमविक्रम सिंहले “पुर्वान्चल पर्यटन विकास संस्था”को अनलाइन साइट “eastnepal.com”  लाई बताउनुभयो । उहाँका अनुसार  साइकल यात्रा गर्नुको मुख्य उद्धेश्य धनगढीमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु रहेको छ । साइकल यात्राले पर्यटकलाई फाइदा पुग्ने सिंहको विश्वास छ ।  आगामी दिनमा अन्य साइकलका टुर प्याकेज लिएर साइकल यात्रालाई अझै प्रभावकारी बनाउने योजना रहेको पनि सिंहले बताउनुभयो । साइकल यात्रामा सहभागी हुनका लागि केहि शुल्क तिर्नुपर्ने सिंहले जानकारी दिनुभयो जसमा साइकल सहित ५५५ रुपया र आफ्नै साइकल भएमा १५० रुपया सहभागी शुल्क लाग्ने जसमा खाजा सहित रहेने छ । त्यस्तै महिला, पुरुष र बालबालिका लागि छुटाछुटै यात्राको व्यवस्था मिलाइएको सिंहको भनाइ छ । साइकल यात्रा गर्नुको उद्धेश्य साइकल चढ्ने प्रवृत्तिको विकास गर्नु, धनगढी सहरलाई स्वच्छ,सफा राख्ने तथा साइकलको महत्व र मनोरञ्जन  प्रदान गर्ने रहेको उहाँको भनाइ छ । साइकल यात्रा प्रत्येक शनिबार बिहान ६–९ बजेसम्म हुँदै आएको छ । र यो साइकल टुरलाई प्रत्येक दिन फरक फरक रुट अनुसार संचालन गरिदै आएको छ  ।यो टुरको नाम  धनगढी साइकल टुर रहेको छ  । पि.एस. ट्राभल प्वाइन्ट टुर्सले लामो समय देखि नै “पुर्वान्चल पर्यटन विकास संस्था” संग सहकार्य गर्दै आफ्नो अभियानलाइ अगाडि बढाई रहेको छ । जसले गर्दा संस्था र ट्राभल्स टुर्स “नङ मासुको सम्बन्ध झैँ भएर यो देशको पर्यटन क्षेत्रको बिकासका लागि अगाडि बढ्न सहज हुनेछ भन्नेबारे पुर्वाञ्चल पर्यटन विकास संस्था का प्रबन्ध निर्देशक: यम प्रसाद चम्लागाँईको भनाई रहेको छ ।

Ps- point Travels 4

Ps point Travels
Ps- point Travels
Ps- point Travels 3
Ps- point Travels 1
Ps- point Travels 2

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*