ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: पर्यटकिय क्षेत्र : झापाको सुखानी

पर्यटकिय क्षेत्र : झापाको सुखानी

इतिहास बोकेको क्षेत्र हो सुखानी अनि विर्सन नसकिने स्थान हो सुखानी र आगामी दिनमा नयाँ पर्यटकीय गन्तब्यको स्थान वन्दै छ सुखानी जसले स्थानीय पहिचान, शहिदको सम्मान र दिगो पर्यटन विकासलाई परिचित गराऊँदैछ ।

ऐतिहासिक झापा विद्रोहको क्रममा फासिस्ट सरकारद्वारा पक्राउ गरेर जेलको कठोर यातनाबाटै ०२९ साल फागुन २१ गते सहादत प्राप्त गर्नुभएका अग्रणी योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईंकेलले सुखानीमा सहादत प्राप्त गर्नुभएको स्थान (५ रुख) अब शहिद स्थलसँगै पर्यटकीय स्थलमा पनि विकास तथा विस्तार गरीने भएको छ । जसमा पर्यटनका हरेक प्रकारहरु ५ सँग गाँसिने भएका छन् । यसका साथै इलाम जाने वैकल्पिक मार्ग राजदुवाली मार्ग पनि यहि भएकोले पर्यटनमा थप आकर्षण र पर्यटकको सँख्यामा वृद्धि हुने बलियो आधार बनेको छ ।

ढिलै भएपनि स्थानीय स्रोत साधनलाई भरपूर प्रयोग गर्दै सुखानी सामुदायिक वन उपभोक्ता समितिले यो कार्यको थालनी गरेको हो । यस सामुदायिक वनमा झापा जिल्लाको खुदुनाबारी गाविस बडा नं। ६ र इलाम जिल्लाको दानाबारी गाविस बडा नं। ३ का उपभोक्ताहरुको समायोजनमा स्थापीत संस्था हो । स्थानीय सामुदायिक वनको क्षेत्रभित्र पर्ने यो स्थानलाई अब केहि समयपछि व्यवस्थीत पर्यटकीय स्थलको रुपमा थपिन लागिएको हो ।

जुनसुकै समयमा सम्झन योग्य र ऐतिहासिक प्रभावमा वृद्धि होस भनेर स्थानीय सुखानी सामुदायिक वनले पर्यटन क्षेत्र वनाउन आफ्नो सक्रियता बढाएको हो । सामुदायिक वनले आफ्नो क्षेत्रमा रहेका बोटबिरुवा जडिबुटि र लोपोन्मूख जीवजन्तुहरुलाई संरक्षण गर्दै पर्यटन क्षेत्र विकास गर्न जुट्नु आफैमा बर्णन गर्न नसकिने कुरा हो । विश्वको बदलिँदो स्वरुप समायोजनका दृष्टिले राम्रो हुने तथा शहिदको बलिदानीबाट स्थापित ऐतिहासिक ठाउँ सुखानीको महत्व अझ बढेर जाने भएकोले पर्यटन क्षेत्र निर्माण गर्न शहिद रुख आसपासको करिब १३.९ हेक्टर क्षेत्रफलमा सुखानी सामुदायिक वन केन्द्रित भएको हो ।

मूख्य थपिने आकर्षणहरु

  • दुर्लभ वनयजन्तु चिडियाघर
  • जडिबुटि सँरक्षण तथा प्रदर्शनी
  • पोखरी निर्माण तथा डुँगा चलाउने
  • फुलबारी स्थापना सँगै व्यवस्थीत गर्ने
  • जँगललाई अकर्षक स्थल वनाइने
  • साना होटल तथा रेष्टुरेन्ट अस्थाई दिवा सेवा मात्र ।

अहिलेको अवस्थामा अधिकांश सामुदायिक वनको मूख्य आय स्रोत काठ मात्र हो भन्ने मान्यतालाई पछाडि छाड्दै राजनैतिक तथा समग्र पर्यटकिय क्षेत्र विकास गर्न सामुदायिक वन अग्रसर भएको हो । यसको निर्माण पश्चात पाँच शहिदको साहदतस्थल सुखानी भावि पिडीका लागि स्मरणयोग्य हुनेछ भने यसबाट समग्र झापा, इलाम र समग्र मूलुक लाभान्वित हुनेछ ।

सामुदायिक वनका अध्यक्ष धनबहादुर तामाङ्गले दिएको जानकारी अनुसार शहिद स्थलबाट उत्तरी भू—भाग ३ सय २६ मिटर लम्बाई १५ र चौडाई २५ सेन्टिमिटर भू—भागलाई समतल वनाउँदै पहिलो चरणको काम सकिएको छ भने पोखरी परिसरमा शहिदको सम्झनामा पाँच ओटा धारा, पाँच खम्बा भएको मन्दिर, पाँच बटा प्लाष्टिक डँुगा राख्ने योजना पनि रहेको छ । यो योजना पूरा गर्नको लागि सम्पूर्ण संघसंस्थाहरु, अन्तराष्ट्रिय सँस्थाहरु, सरकार, स्थानीय जनताको सहयोगको अपेक्षा राखेका छन् । हाल सुखानी सामुदायिक वनले आफ्नो क्षेत्रमा पाइने लोपोन्मुख जीवजन्तुलाई संरक्षणमा लिदैँ सामुदायिक वनको कार्यालय परिसरमा अलपत्र भएको एक अजिँगरलाई विशेष संरक्षणका साथ राखेको पनि छ ।
पर्यटकीय क्षेत्र वनाउन सुखानी सामुदायिक वन नमूना सावित हुँदै जानुपर्ने र यसमा स्थानीयबासी, राजनैतिक दलहरु, सम्पूर्ण नागरिकहरुले सहयोग गर्नु आवश्यक छ । यसले गर्दा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई अध्ययन, विश्लेषण, आनन्द र कौतुहलता मेट्न आउने पर्यटकका लागि गतिलो गन्तब्य हुन सक्दछ भने यसको प्रत्यक्ष फाइदा आन्तरिक पर्यटनमा टेवा पुग्ने र यस क्षेत्रको विकास तथा विस्तारमा राम्रो प्रभाव पर्ने देखिन्छ ।
सहयोगको हात फैलाउँदै गर्दा सामुदायिक वनले २० लाख र पर्यटन बोर्डबाट आउन सक्ने २० लाख रकमले यस कामको लागि ठुलो अढेश बन्न पुगेको छ । तसर्थ समयमै काम पुरा होस र चाँडो भन्दा चाँडो यो सामान्य योजना पूरा भएको सुन्न, देख्न र देखाउन पाइयोस ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*