ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.2 महाकाली अञ्चल (Mahakali Zone) :: 5.2.1 दार्चुला जिल्ला (Darchula District) :: “पर्यटक भित्र्याउन” होमस्टे सञ्चालनको तयारी …दार्चुला ।

“पर्यटक भित्र्याउन” होमस्टे सञ्चालनको तयारी …दार्चुला ।

Home stayदार्चुलाको खार गाविसमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालनको तयारी गरिएको छ ।
अपी–नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने खार गाविसको दल्लेखमा होमस्टे सञ्चालनका लागि कैलाश भूपरिधि कार्यक्रमले आर्थिक सहयोग गर्ने भएको हो । पहिलो चरणमा खार गाविसका आठवटा घरबाट होमस्टेको योजना अघि बढाएको अपी–नाम्पा संरक्षण क्षेत्रका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।
प्रत्येक घरमा पाँच÷पाँच लाख रुपैयाँ खर्च गरी घर सजाउनुका साथै अन्य विभिन्न सामग्री खरिद र तालिम सञ्चालन गरिने रामको भनाइ छ । उनका अनुसार छनोटमा परेकालाई तालिम दिई भदौ असोजभित्रै होमस्टे सञ्चालन गरिने भएको छ । खार गाविसको दल्लेख, मार्मा क्षेत्रको प्रवेशद्वार तथा संरक्षण क्षेत्र दार्चुलाको पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । अपी–नाम्पा संरक्षण क्षेत्रले जिल्लाका २१ वटा गाविस समेटेको छ । सेतोपाटी खबर

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*