ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.6 मोरङ्ग जिल्ला (Morang District) :: पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” > गोबिन्दपुर, मोरङ

पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” > गोबिन्दपुर, मोरङ

सुनबर्षी_पोखरीपर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” नेपालको पूर्वाञ्चल विकासक्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा गोबिन्दपुरमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो । यो पोखरी उर्लाबारीबाट दक्षिण गोबिन्दपुर गाविसको वडा नम्बर ४ मा रहेको छ । करीब ३.५ बिगाहा क्षेत्रफलमा फैलिएको यो सुनबर्षी पोखरी सदरमुकाम विराटनगर देखिको करिब ४० किलोमिटर पूर्वमा अवस्थित छ । सुन्दर एवम् प्राकृतिक रूपमा रहेको पोखरी, चराचुरुड्डी जंगल यस स्थानका मुख्य आर्कषणहरू हुन ।
मोरंग कै गहनाको रुपमा रहेको यो पोखरी स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीलाई आफ्नो पवित्र तीर्थकास्थलका रूपमा लिने गरेका छन । यस स्थानमा प्रत्येक वर्ष बैसाख १ गते सिरुवा मेला लाग्ने गर्दछ । स्थानीय राजवंशीहरूमा सुनवर्षी पोखरीमा राजा सुनवर्षीले बास गर्ने धारणा रहेको छ । परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ति रहेको छ ।
पोखरीलाई संरक्षण गर्ने अभियानमा हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि बनाएका छन । उनीहरू त्यस मन्दिरमा आएर भाकल र पूजा गर्ने र भाकल पूरा भएको अवस्थामा हर्षोल्लास गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । उनीहरू यस पवित्रस्थानलाई प्रति आस्था राख्दछन् र सुनवर्षिलाई साक्षात् इश्वर मान्दछन । पवित्र पोखरीको आसपासका सबै जातजातिको साझा थलोका रूपमा सुनबर्षि पोखरी रहेको छ । यहाँ लाग्ने मेलामा राजवंशी, धिमाल र पहाडे मूलका मानिसहरूका साथसाथै प्राय सबै जसो जातजातिका मानिसहरू भेला हुने गरेका छन । केहि पुरा गर्न बाकि…..

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*