ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: पर्यटकलाई नेपालमा भित्राउने लक्षमा हिलेमा १० करोडको चारतारे रिसोर्ट खोलियो ।

पर्यटकलाई नेपालमा भित्राउने लक्षमा हिलेमा १० करोडको चारतारे रिसोर्ट खोलियो ।

Horaizan Resort
विराटनगर- विराटनगरस्थित रत्ना होटलका सञ्चालक रेवतबहादुर थापाले १० करोड रूपैयाँ लगानीमा धनकुटाको हिलेमा चारतारे रिसोर्ट खोलेका छन्। ५२ रोपनी जग्गामा खोलिएको होराइजन माउन्टेन रिसोर्टको निर्माण तीन वर्षअघि थालिएको थियो।
पूर्वी नेपालमा पर्यटक आकर्षित गर्न हिलेमा यतिठूलो लगानीमा सुविधासम्पन्न रिसोट खोलिएको हो। समुन्द्री स्तहबाट सातहजार पाँचसय उचाइँमा रहेको उक्त रिसोटको ‘लुक’ले नै जो–कोहीलाई आकर्षित गर्छन्। ४२ वटा सुविधासम्पन्न कोठा रहेको होराइजन रिसोटमा साइड सिन अवलोकनका लागि हेलिप्याड समेत बनाइएको छ। फागुनदेखि सञ्चालनमा आएको होराइजन रिसोट पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन्। रिसोटमा फेमली कटेजको निर्माण कार्य जारी छ। सञ्चालक थापाका अनुसार हनिमुन मनाउन आउनेहरूलाई लक्षित गरी फेमली कटेजको निर्माण भइरहेको छ।

रिसोटमा दुईसय ४० र एकसय २५ सिट क्षमताको दुईवटा मिटिङ हल छ। २५ जना अट्ने बोर्ड मिटिङ हल पनि आकर्षक र सुन्दर छन्। पाँचहजार देखि ११ हजार रूपैयाँसम्मको कोठा रिसोटमा उपलब्ध छ। ‘कोठा भाडामा बिहानको नास्ता हामीले निःशुल्क उपलब्ध गराइरहेका छौं,’ होराइजन रिसोटका प्रबन्ध निर्देशक थापाले भने, ‘निर्माणधिन छवटा फैमली कटेजमा त्यहीभित्र खाना पकाउने व्यवस्था समेत मिलाइएको छ।’ होराइजन रिसोटको एज्कुटिभ बार बेकरी थप आकर्षणको केन्द्र हो। रिसोट परिसरको पछाडि भागमा गोलघर आकारको उक्त बेकरीमा २४ सैं घण्टा आगो बल्ने व्यवस्था मिलाइएको छ। फेमली केटजको एक दिनको २० हजार र अरु समान्य कटेजको एक दिनको पाँचहजार रूपैयाँ भाडा तोकिएको छ।

१८ जना कर्मचारी कार्यरत रहेको होराइजन रिसोटमा इन्डियन, चाइनिज र कन्डीनेन्टल फुड उपलब्ध छ। ‘हिले क्षेत्रको साइट सिन अवलोकन गर्न चाहनेका लागि हेलिकोप्टर उपलब्ध गराइनेछ,’ थापाले भने, ‘त्यसका लागि रिसोटकै परिसरमा हेलिप्याडको समेत निर्माण गरिएको छ।’ ग्राहकको इच्छाअनुसारको भोजन उपलब्ध गराइने उनले बताए। थापा नेपाल पर्यटन बोर्डका सदस्य समेत हुन्।

पूर्ण क्षमतामा सञ्चालनमा नआइसकेको हिलेको होराइजन रिसोट अहिले नै आकर्षणको केन्द्र बनेको छ। ‘शुक्रवार र शनिवार विराटनगर, धरान, धनकुटा लगायतका ठाउँबाट मानिसहरू होटल हेर्नकै लागि यहाँसम्म आइपुग्छन,’ सञ्चालक थापाले भने, ‘पूर्वी नेपालमा स्तरीय पर्यटनको विकास होस भनेर रिसोट खोलेको हुँ।’ उनले भारतीय पर्यटकलाई लक्षित गरेर रिसोट सञ्चालन गरिएको बताउँदै नेपालको आन्तरिक पर्यटक पनि लोभिएको बताए।

इटहरीको कार्यक्रममा सहभागि हुन् शुक्रबार आएका राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल रात्री बास बस्न हिलेको होराइजन रिसोट पुगे।पहिलोपटक हिले पुगेका गर्भनरलाई यहाँको मौसम र होराइजन रिसोटले लोभ्यायो। ‘नेपालका थुप्रै होटल मैले हेरेको छु, तर होराइजनको लुकले निकै मन पर्योह,’ उनले भने, ‘पूर्वी नेपालमा पर्यटन व्यवसायको सम्भावना उच्च छ।’जैन धर्मालम्बीको विराटनगरमा जारी चातुर्मासमा सहभागि हुन भारतका बिभिन्न क्षेत्रबाट आएका पर्यटकहरुका लागि पनि हिले अहिले आकर्षणको केन्द्र बनेको छ। ‘रिसोट अहिले भरिभराउ छ,’ सञ्चालक थापाले भने।

चिसो मौसम, बाक्लो हुस्सु, तुङ्वा र सुकुटीको लागि काम कहलिएको धनकुटाको हिले बजार अहिले वाह्य र आन्तरिक पर्यटकका लागि आर्कषणको केन्द्र बनेको छ। तराईको चर्को गर्मीबाट बच्न धनकुटाको हिले र भेडेटार पुग्नेको संख्या समेत बढेको छ। nagarik news

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*