ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.5 सुनसरी जिल्ला (Sunsari District) :: नेपाल कै ठुलो नदीमा नयाँ पुलको उदघाटन संगै बिभिन्न धार्मीक क्षेत्रहरुमा दर्शनार्थिहरुको ओइरो !

नेपाल कै ठुलो नदीमा नयाँ पुलको उदघाटन संगै बिभिन्न धार्मीक क्षेत्रहरुमा दर्शनार्थिहरुको ओइरो !

Koshi Chataraaचतरा (सुनसरी) : पूर्वी नेपाल जोड्ने वैकल्पिक सडक मार्गमा रहेको कोशी चतरा पुल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। एसियाली विकास बैंकको सहयोगमा बनेको पुलको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका हुन् । उदघाटन सँग संगै पर्यटनहरुलाई आवत जावतमा सहज् हुन गई कोशी पश्चिमका मानिसहरुलाई समेत् आवत जावतमा सजिलो भएको छ । पुर्व कै मुख्य धार्मिक स्थलहरु रहेका कुम्भ नगरी चतारा, बराह क्षेत्र, औल्याह नाथ मठ्, पिण्डेस्वर, बुढासुब्बा, दन्तकाली लगायत थुप्रै धार्मीक तथा पर्यटकिय क्षेत्रहरुमा पर्यटकको थप बिकास हुने देखिन्छ । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो खुलेको छ। यो पुलले मध्यपहाडी राजमार्गलाई तराईसँग जोड्न सहयोग गर्छ भने हेटौंडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ। पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन्। एक अर्ब पाँच करोड लाग्ने अनुमान गरिएपनि पुल ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ। यो रकममध्ये एडिबीको ६० प्रतिशत अनुदान र बाँकी ४० प्रतिशत नेपाल सरकारको लगानी रहेको छ। २ सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिल्लर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरिरएको छ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*