ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: नेपालको दोस्रो प्रमुख धाम : झापाको सतासीधाम

नेपालको दोस्रो प्रमुख धाम : झापाको सतासीधाम

सतासी धाम:

मेची अञ्चल झापा जिल्ला सतासी धाम गा.बि.स.वार्ड नम्बर ९ मा रहेको यो सतासी धाम नेपालको जनकपुर धाम पछीको दोस्रो प्रमुख, प्रसिद्ध मानिन्छ । समुन्द्र सतहबाट करिब २०० देखी ३०० मिटर सम्मको उचाइ साथै लगभग ८० बर्ग कि.मि. क्षेत्रफल फैलिएको यो धार्मिक तिर्थस्थल पुर्व पश्चिम राजामार्गको झिलझिलेबाट लगभग ५ किलोमिटर उत्तरमा चुरे पहाडसँगै रहेको छ । सतासी धाम क्षेत्रमा सताक्षी देबी, दिगम्बेस्वर महादेव, हनुमान र गायत्री आदी मन्दिर रहेका छन । यस् धाममा कार्तिक पुर्णिमा, बाला चतुर्दशी, र माघे सग्रान्तिमा १ दिने मेला लाग्ने गर्दछ । पौराणिक् कालमा पाण्डबहरुले बनबासको समयमा यही स्थानमा हतियार लुकाएर गुप्तबास् बसेका थिए भन्ने किम्बदन्ती पाईन्छ ।

यातायात:

नेपालका पश्चिमी क्षेत्रबाट यात्रा गर्दै हुनुहुन्छ भने पुर्वाञ्चलको सुन्दर नगर दमक हुँदै पक्की सडकको यात्रा दमकबाट पूर्वमा रहेको झिलझिले बजारसम्म आउन प्रसस्त सवारीका साधन पाइनेछ । त्यहाबाट सवारी साधन रिजर्व गरी यो धाम आउन सकिन्छ । यसै गरी यातायातका लागि बिर्तामोड हुँदै प्रशिद्ध नगरी सुरुङाबाट पश्चिममा रहेको दुधे, झिलझिलेबाट यस् धामसम्म आउन सकिन्छ । झिलझिलेबाट उत्तरी सडक कच्ची सडक रहेकोले साथै यातायातका प्रसस्त नपाइने भएकाले सवारी साधन रिजर्ब गरी आउन सकिन्छ । साथै भद्रपुर बिमानस्थलबाट पनी सिधै बिर्तामोड, सुरुङा हुँदै सडकमा गूड्ने यातायातका साधनबाट यस् धाममा आउने सुबिधा रहेको छ ।

यात्रा समय:

बिशेष गरी यहाँ आउने मानिसहरु पूजा आजा गर्नका लागि साथै पाण्डब बगैचा, पाण्डब यज्ञकुण्ड, द्रौपती तलाउ, शहस्र धारा, शिवगूफा, र पार्वती गुफाको अवलोकन गर्न, सताक्षी देबी, दिगम्बेस्वर महादेव को दशर्न गर्न र बिबाह, ब्रतबंध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक व्याबहारिक जीवनको अस्त ब्यस्तता, शहरी कोलाहलपूर्ण बाताबरणबाट मुक्ति पाउन घुम्नको लागी यहाँ आउने चलन भएकोले आफ्नु अनुकुल समय मिलाई यस धाममा आउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु:

धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले मुल मन्दिर भित्रको फोटो खिच्न पाइदैन् । यसमा ध्यान दिनु पर्ने हुन्छ ।

खाना र बस्नको ब्यबस्था:

धाम परिसरको नजिकै दमकमा रहेको पाथिभरा होटेल लज एण्ड पार्टी प्यालेस (Pathibhara Hotel Ladge & Parti Pyales) त्यसै गरी प्रशिद्ध नगरी सुरुङामा अबस्थित अती सुबिधा युक्त होटेल डिलाइट फेमिली A/C रेस्टुरेन्ट बार यि सुबिधा सम्पन्न अवस्थामा रहेका होटेल यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरन:

बाहिर समय अनुकुलको मौसमको अनुमान गरेता पनि चुरेपहाडको भित्र रहेको यस् धाममा त्यती चिसो मौसम नरहेको साथै तिर्थालुका लागि कुनै निस्चित पहिरन निर्धारण गरिएको छैन ।

यस क्षेत्रको महत्व:

यहाँ १०० वटा आँखा भएकी सताक्षीदेबी उत्पती भएको, गुप्ताबासका बेला पाण्डबहरु यहाँ आएका र शिवजिले पार्वतीलाई काधमा बोकेर यो भेगमा घुमेका आदी तीन प्रकारका किम्बदन्ती रहेको पाईन्छ । मन्दिर नजिकै खोलामा बिरेनुनको श्रोत रहेको छ भने रमणिय पहाडको द्रिस्यवलोकन, झरनाले यहाँको थप मनमोहक बनाएको पाईन्छ । उत्त खोला छेउछाउमा पाण्डब बगैचा, पाण्डब यज्ञकुण्ड, द्रौपती तलाउ, शहस्र धारा, शिवगूफा, र पार्वती गुफाछन । प्रिथ्बीमा सुख्खा लागे पछी सतिदेबिले आफ्नो सय वटा आँखाबाट एकै चोटि अश्रुबर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुँदै सतासीधाम नाम रहेको भन्ने धार्मिक जन विश्वाश रहेको पाईन्छ ।

अन्य आकर्षण:

बिभिन्न रमणिय चुरेपहाडको द्रिस्यवलोकन, दुई पहाडको बिचमा रहेको झरनाले यहाँको थप मनमोहक बनाएको पाईन्छ । उत्त खोला छेउ छाउमा पाण्डब बगैचा, पाण्डब यज्ञकुण्ड, द्रौपती तलाउ, शहस्र धारा, शिवगूफा, र पार्वती गुफाले दर्शनार्थीका लागि एबम पर्यटनका लागि थप आकर्सण बनाएको छ । ॐ नम शिवाय:

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*