ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: धार्मिक तथा पर्यटकीय स्थल: कृष्णथुम्की

धार्मिक तथा पर्यटकीय स्थल: कृष्णथुम्की

P1040605मेची अञ्चल झापा जिल्ला बाहुनडागी गा बि स वार्ड नम्बर ७, मा रहेको यो धाम प्रमुख र प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा यो कृष्णथुम्की परीचित छ । द्वापर युगमा श्री कृष्ण भगवानले यस् क्षेत्रमा गाई चराएको हुनाले यस् स्थानको नाम कृष्णथुम्की रहन गएको हो भन्ने किम्बदन्ती छ । झापा जिल्लाको सुदुर पुर्बीमा अबस्थित बाहुनडागी गा बि स ७ मा मेची नदी र सिद्धी नदिको सँगममा रहेको कृष्णथुम्की धार्मिक एबम एैतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ । यस क्षेत्रका वरीपरी हरियाली चिया बगान एबम समथर् जमिन रहेको स्थान (भरेको पाथी चुलिएर बसेको) कृष्णथुम्कीलाई द्वापर युगमा श्री कृष्ण भगवानले गाई चराएको ठाउँ भएको विश्वाश गर्ने गरिन्छ । यस् कृष्णथुम्किमा एउटा चेप्टो ढुङ्गामा श्री कृष्ण भगवानको पद चिन्ह  र गाईको पद चिन्ह अन्कित छ । काकडभिट्टाबाट उत्तरमा अबस्थित कृष्णथुम्कीमा कृष्णथुम्की र अन्य ५ वटा थुम्किहरुलाई पाँच पान्डबहरुको प्रतिकका रुपमा लिने गरिएको पाईन्छ ।

यातायात:

नेपालका पश्चिमी क्षेत्रबाट यात्रा गर्दै हुनुहुन्छ भने पुर्वाञ्चलको सुन्दर नगर दमक, बिर्तामोड हुँदै पक्की सडकको यात्रा काकडभिट्टासम्म आउन प्रसस्त सवारीका साधन पाइनेछ । त्यहाबाट सवारी साधन रिजर्व गरी यो धाम आउन सकिन्छ ।

यात्रा समय:

यस् कृष्णथुम्किमा अाइपुग्न काकडभिट्टाबाट १७ किलोमिटर उत्तर कच्ची सडक रहेको छ् । साथै बिशेष गरी यहाँ आउने मानिसहरु पाँच पाण्डब अन्कित मन्दिरमा दर्शन गर्न, बिबाह, ब्रतबंध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक व्याबहारिक जीवनको अस्त ब्यस्तता, शहरी कोलाहलपूर्ण बाताबरणबाट मुक्ति पाउन घुम्नको लागी यहाँ आउने चलन भएकोले आफ्नु अनुकुल समय मिलाई यस धाममा आउन सकिन्छ ।

खाना र बस्नको ब्यबस्था:

धाम परिसरको नजिकै पश्चिमबाटको तपाईं को यात्रा रहेको छ भने  प्रशिद्ध नगरी सुरुङामा अबस्थित अती सुबिधा युक्त होटेल डिलाइट फेमिली A/C रेस्टुरेन्ट बार (Hotel Delight and Family Restaurant Bar) यि सुबिधा सम्पन्न अवस्थामा रहेका होटेल यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरन:

तराइको भु-भाग रहेको यस् धाममा त्यती चिसो मौसम नरहेको साथै तिर्थालु तथा पर्यटनका लागि कुनै निस्चित पहिरन निर्धारण गरिएको छैन ।

यस क्षेत्रको महत्व:

द्वापर युगमा श्री कृष्ण भगवानले यस् क्षेत्रमा गाई चराएको हुनाले यस् स्थानको नाम कृष्णथुम्की रहन गएको हो भन्ने किम्बदन्ती छ । रमणिय पहाडको द्रिस्यवलोकन, हरियाली चिया बगानले यहाँको थप मनमोहक बनाएको पाईन्छ ।

अन्य आकर्सण:

बिभिन्न रमणिय चुरेपहाडको द्रिस्यवलोकनले थप मनमोहक बनाएको पाईन्छ । यि थुम्किहरुबाट झापा जिल्लाहरुको अधिकाम्श क्षेत्रहरु र भारतको केही भागहरुको द्रिस्यावलोकन समेत् गर्न पाईन्छ । कृष्णथुम्कीले दर्शनार्थीका लागि एबम पर्यटनका लागि थप आकर्सण बनाएको छ ।

P1040576

P1040578

P1040575

P1040581

P1040582

P1040583

P1040584

P1040589

P1040600

bahundagi

elephant jhapa bahundagi

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*