ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी: नेपालको पुर्बी भागमा अबस्थीय तेह्रथुम

धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी: नेपालको पुर्बी भागमा अबस्थीय तेह्रथुम

नेपालको पुर्बी भागमा अबस्थीय तेह्रथुम जिल्ला धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी रहेको छ ।
मुख्य पर्यटकिय आकर्षण ह‍रुमा तीनजुरे हिमाल, नेपालकै सबै भन्दा अग्लो “हृयातुङ झरना”, पट्टेक डाँडा, सोल्माको चिया बगान, बसन्तपुर (हिउँ परेको बेलामा) आदि पर्छन। नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। मुख्य पर्यटकिय गतिबिधिहरूमा पदयात्रा, कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्‍योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । त्यसबाहेक धार्मिक द्रिस्टिले महत्व राख्ने ठाउहरू पनि धेरै छन । तेह्रथुम जिल्लाका चर्चित धार्मीक तथा पर्यटकिय क्षेत्रहरुमा :-

  •     सिंहवाहिनी मन्दिर – म्याङ्लुङ
  •     सि मिना क्षीं – जिरीखिम्ती
  •     पाथीभरा मन्दिर – म्याङ्लुङ छातेढुङ्गा
  •     गौखुरी माता – मोराहाङ
  •     सिद्धदेवी – सोल्मा
  •     जलकन्यादेवी – सोल्मा
  •     रातपोखरी – तीनजुरे
  •     शिव मन्दिर – दांगपा
  •     पाचकन्या देवी – फाक्चामारा
  •     भगवती मन्दिर – सक्रान्ति बजार
  •     शिवालय मन्दिर – जलजले
  •     तमु बौध गुम्बा इवा-हवाकु-२
  •    शिवालय मन्दिर-सक्रान्ति बजार आदि ऐतिहासिक, धार्मीक तथा पर्यटकिय क्षेत्रहरुको धरोहरहरुले थप यस जिल्ल्लालाई बिकासमा अगाडी बढ्न मद्धत पुगेको छ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*