ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.1 ताप्लेजुङ जिल्ला (Taplejung District) :: दिकि छयोलिङ्ग गुम्बा र ओलाङचुङगोला क्षेत्रः

दिकि छयोलिङ्ग गुम्बा र ओलाङचुङगोला क्षेत्रः

Olanchungola (Walungchung Gola) village, Nepalदिकि छयोलिङ्ग गुम्बा र ओलाङचुङगोला क्षेत्रः
ताप्लेजुङ्ग जिल्लाको अस्तित्व बोकेको ओलाङचुङगोला गा.वि.स.मा रहेको करिब ४०० बर्ष भन्दा पुरानो दिकिछ्योलिङ्ग गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो । ताप्लेजुङ्गको फुङलिङ्गबाटको करिब ३ दिनको पैदल मार्गीः– छिरुवा – लेलेपको भु–भाग हुँदै – ओलाङचुङ गोला सम्मको यात्रा पश्चात पुगिने सुन्दर अनि अत्ति नै रमणिय र प्रशिद्ध यो धार्मिक स्थल अर्थात “दिकि छयोलिङ्ग गुम्बा” आज भन्दा ४०० बर्ष पहिला लामा एसेले बनाएका थिए । यो गुम्बामा ऐतिहासिक बुद्धका मुर्तिहरु, अखण्ड बत्ती, चेरेसी च्याउ, जसमा बुद्धको मन्त्र “ ॐ मने पेमे हम” तिबेतियन भाषमा कुँदिएकै अबस्थामा केहि बर्ष अगाडि नजिकैको जंगलको एक रुखको टुप्पोमा पाईएको थियो । यी यस्ता ऐतिहासिक तत्वको कारणले गर्दा यो गुम्बा ज्यादै महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित छ ।
यो गुम्बा ओलाङचुङगोला देखि केहि माथि पहाडमा रहेको छ । यो गुम्बा मात्र होईन ओलाङचुङ बस्ती नै पुरानो, प्राकृतिक सुन्दरता, वालुङ जातिको पृथक पहिचान, जीवन शैली, संस्कृति, भेषभुषा, चालचलन आदिको कारणले गर्दा पनि ओलाङचुङगोला पर्यटकीय तथा धार्मिक दृष्टिकोणले महत्वपूण र सुन्दर छ । यो ठाउँ चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा पर्ने भएकोले ब्यापारिक बजारको रुपमा पनि लिईन्छ । डाटा संकलनको क्रम पुरा हुन बाँकी…….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*