ताजा जानकारी
Home :: पश्चिमाञ्चल :: 3.3 धौलागिरी अञ्चल (Dhawalagiri Zone) :: 3.3.1 मुस्ताङ (Mustang District) :: दामोदर कुण्डमा स्नान गर्न दर्शनार्थीको तछाड मछाड ।

दामोदर कुण्डमा स्नान गर्न दर्शनार्थीको तछाड मछाड ।

Damodar kundaमुस्ताङ, १५ भदौ । यहाँको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा स्नान गर्न भक्तजनको भीड लाग्न थालेको छ । असारदेखि असोज महिनासम्म दामोदरकुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । जनै पूर्णिमाका दिन कुण्डमा विशेष पूजापाठ हुने भएकाले उक्त दिन तुलनात्मक रुपमा बढी भक्तजन त्यहाँ पुग्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

यस वर्ष भदौ १२ गते जनै पूर्णिमाको दिन परेकाले त्यसको पूर्वसन्ध्यामा धमाधम भक्तजन स्नानका लागि त्यहाँ जान लागेका हुन् । कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।कुण्डमा स्नानका लागि जाने भक्तजन नेपाली भन्दा भारतको उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट बढी सङ्ख्यामा रहेको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम जोमसोमबाट कम्तिमा तीन दिनको यात्रा पछि दामोदर कुण्ड पुग्न सकिन्छ ।
जिल्ला विकास समितिले मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत रुपमा विकास गर्ने योजना अघि सारे पनि कार्यान्वयन हुन सकेको छैन । साभार श्राेतः पुर्बेली समाचार

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*